sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » » ‘भ्वइस अफ खोटाङ’को पहिलो उपाधि जीवन्तरागलाई(फोटो फिचर)

चैत्र–८, गायन प्रतियोगीता ‘भ्वइस अफ खोटाङ’को पहिलो उपाधि जीवन्तराग राईले हात पारेका छन् । ७ सय सहभागीमध्ये छैटौं अडिसनसम्म आइपुगेका उत्कृष्ट दश प्रतियोगी स्वरलाई उछिन्दै बुईपाका जीवन्तरागले ‘भ्वइस अफ खोटाङ’को उपाधि हात पारेका हुन् । सदरमुकाम दिक्तेलको माटिकोरे खेलमैदानमा शनिबार राती सम्पन्न फाइनल अडिसनबाट उनी ‘भ्वइस अफ खोटाङ’को पहिलो प्रतिभा घोषित भएका हुन् । यस्तै, लफ्याङका यसकुमार राई दोश्रो र दुर्छिमकी सुस्मिता राईले ‘भ्वइस अफ खोटाङ’मा तेश्रो स्थान प्राप्त गरेका छन् । 

‘भ्वइस अफ खोटाङ’को प्रतिष्पर्धामा पहिलो, दोश्रो र तेश्रो स्थान प्राप्त गर्न सफल प्रतिभालाई क्रमशः ५१ हजार १ सय ७१, २६ हजार १ सय ७१ र ११ हजार १ सय ७१ रुपैयाँ नगद पुरस्कारकासाथमा ट्रफि र प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरुलाई साहित्यकार जसराज किराती र शिलाबहादुर मोक्तानले पुरस्कार प्रदान गर्नुभएको हो । तीनै जना प्रतिभालाई संगीत विद्यालयमा अध्यायन गर्ने र चलचित्रमा गीत गाउने अवशर समेत दिइने ‘भ्वइस अफ खोटाङ’ आयोजक समितिका संयोजक दिपक ठटालले जानकारी दिनुभयो । 

गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभाहरुको पहिचान, संबद्र्धन र बिकास गर्ने उद्धेश्यकासाथ गत मंसिर–२४ गते बाक्सिलाबाट सुरु गरिएको ‘भ्वइस अफ खोटाङ–२०७१’लाई तीन महिनापछि समापन गरिएको हो । बाक्सिला, ऐसेलुखर्क, लामीडाँडा, हलेसी, बुइपा, खोटाङबजार, दिक्तेल लगायत जिल्लाका ९ वटा केन्द्रमा सञ्चालन गरिएको अडिसनबाट ‘भ्वइस अफ खोटाङ’का प्रतिष्पर्धीहरु छानिएका थिए । 

‘समतामुलक समाज निर्माणका लागि सांगीतिक अभियान’ भन्ने नाराका साथ नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ खोटाङको आयोजनामा ‘भ्वइस अफ खोटाङ’को आयोजना गरिएको हो । ‘गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभालाई उजागर गर्दै अवशर दिनका लागि कार्यक्रम गरिएको हो,’ संयोजक ठटालले भन्नुभयो, ‘अवशर नपाइरहेका प्रतिभाको सफलताका लागि सही तरिका र सही समय सिर्जना गर्नु नै हाम्रो मूख्य लक्ष्य हो ।’ ‘भ्वइस अफ खोटाङ’लाई हरेक वर्ष निरन्तरता दिइने आयोजकले जनाएको छ । 
‘भ्वइस अफ खोटाङ’को फाइनल अडिसनमा नायक शितल केसी, चलचित्रकर्मी अर्जुन गुरुङ, नायिका जस्मिन राई, गायिका कला राई, मेनुका राई, गायक बिश्व तामाङ लगायतको उपस्थिति रहेको थियो । 


अतिथिहरुकासाथमा ‘भ्वइस अफ खोटाङ’का बिजेताहरु । तस्बिरः हाम्रो खोटाङ डटकम











यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post