sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » बलात्कार न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम

चैत्र–११, बलात्कारका घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले सचेतनामूलक कार्यक्रम गर्ने तयारी गरेको छ । दिनानुदिन बढ्दै गएको बलात्कारका घटनालाई न्यूनीकरण गर्नका लागि जिल्ला प्रहरी कार्यालयले जिल्लाको उत्तरी गाबिस बाक्सिलामा सचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरेको हो । 

बुधबार जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएको कार्यशाला गोष्ठीपछि महिला अधिकारका क्षेत्रमा कार्यरत संघसंगठनहरुको सहकार्यमा सचेतनामूलक कार्यक्रमको तयारी गरिएको प्रहरी नायब उपरिक्षक बिनोदराज खरेलले बताउनु भयो । उत्तरी क्षेत्र जिल्लाकै बढि बलात्कारका घटना घट्ने क्षेत्र भएका कारण बाक्सिलामा सचेतनामुलक कार्यक्रम गर्ने तयारी गरिएको प्रहरीले बताएको छ । 

‘बाक्सिलामा बलात्कारका बिरुद्धमा कार्यक्रम गर्ने निर्णय गरेका छौँ,’ खरेलले भन्नुभयो, ‘तर के गर्ने, कसरी गर्ने, कसलाई लक्ष्यीत समुह बनाउने, के मेसेज दिने भन्ने टुंगो लगाउन बाँकी छ ।’ प्रहरीले जबरजस्ती करणी अपराध नियन्त्रण अभियान जिल्ला स्तरिय कार्यशाला गोष्ठी गरेको छ । यस आर्थिक वर्ष बलात्कारका ८ वटा मुद्धा दर्ता भएको प्रनाउ खरेलले जानकारी दिनुभयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post