sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » हलेसीमा दर्शनार्थीको घुइँचो

चैत्र–१४, रामनवमीको अवशरमा खोटाङको हलेसी महादेवस्थानमा पुजाआजा गर्ने दर्शनार्थीको घुँईचो लागिरहेको छ । रामनवमीको अघि र पछि गरी हप्ता दिनसम्म लाग्ने मेला भर्न तथा दर्शन गर्न नेपालबाहेक, सिक्किम, दार्जिलीङ, बिहार, नयाँदिल्ली, चीन, तिव्वत, भुटान लगायतका देशबाट दर्शनार्थीहरु हलेसी आएका छन् । 

शनिबार बिहान झिसमिसदेखि महादेबस्थानमा दर्शन गर्ने र पूजापाठ गर्ने दर्शनार्थीको बाक्लो भीड लागेको हलेसी महादेबस्थान मन्दीर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताउनुभयो । खोटाङ र ओखलढुंगाको सिमामा पर्ने जयरामघाटस्थित दुधकोशीमा बेलिब्रिज तथा उदयपुर र ओखलढुंगाको हर्कपुरस्थित सुनकोशीमा स्थायी पुल बनेपछि काठमाडौ, बिराटनटर, धरान, जनकपुर, पोखरालगायतका दर्शनार्थीहरु गाडी रिजर्भ गरेर हलेसीमा आउने जानेक्रम बाक्लिएको हलेसी बिकास समितिका कार्यकारी निर्देशक तामन राईले जानकारी दिनुभयो । 

हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने र महादेब गुफा, बसासा गुफा, गर्दुङ गुफा, भैरब गुफा, दुंदेलो गुफा, धर्मद्धार, पापद्धार लगायतका प्राकृतिक स्थान अवलोकन गर्न पर्यटक तथा दर्शनार्थीहरु हलेसी आउने गरेका छन् । 

यसैबीच, रामनवमीको अवसरमा जिल्लाको पर्यटकीय स्थल बराहापोखरी र दिक्तेलको मझुवागढीस्थित कालिका देबिस्थान मन्दीरमा समेत दर्शनार्थीको बाक्लो घुइचो लागीरहको छ ।  

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post