sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » धनको सट्टा लास आएपछि ‘ललु’ र बुबाआमा मुर्छित

चैत्र–१७, धनको साटो विदेशबाट दीपकको लास आएको खबर सुन्नासाथ रमाईलो गर्दै रोपाईं गरिरहेका गाउँलेहरु स्तब्ध बन्छन् । प्रेम गर्दागर्दै सँगै मर्ने सँगै बाँच्ने कसम खाएर वैवाहिक बन्धनमा बाँधिएकी जीवन संगीनी ‘ललु’ र बुबाआमा मुर्छित हुन्छन् । यो दृश्यसँगै घरी रुँदै त घरी हाँस्दै ध्यान दिएर नाटक हेरिरहेका दर्शकहरु मन थाम्न सक्दैनन् र लुकाउने प्रयत्न गरिरहेको आँशु गलै रुझ्ने गरी खुलेरै झार्छन् ।

‘दीपक’ कसैको कुरा नसुनी बिना सीप, तालिम विदेश गएर हण्डर खाएपछि विदेशमै ज्यान गुमाएपछि ‘कफन’मा प्याक भएर फर्कने नाटकका एक पात्र हुन् । ‘ललु’सँगको प्रेमलाई विवाहमा परिणत गरेर छिटै धन कमाउने मीठो सपना बोकेर आफन्तलाई पैसा बुझाएर विदेश गएका दीपक अन्ततः नराम्रोसँग फसिन्छन् । 

वैदेशिक रोजगार सम्बन्धी सडक नाटक ‘कथा विदेशको’ प्रस्तुत गर्दै कलाकार । तस्बिरः हाम्रो खोटाङ डटकम
कम्पनीले भने जति तलब र सेवा सुविधा नपाएपछि भागेर अर्कै कम्पनीमा काम गर्दा गर्दै एक्कासी ‘दीपक’को मृत्यु हुन्छ । मृत्यु भएको एक महिनापछि बल्ल उनको शव नेपाल फर्काइन्छ । सायद अधिकांश जिल्लाबासीको परिवार र परिवारको सदस्यसँग मिल्दोजुल्दो कथा छ सडक नाटक ‘कथा विदेशको’मा । 

प्रशंग, सुरक्षित आप्रवासन परियोजना (सामी)ले ‘जिल्लाका विभिन्न ठाउँमा प्रदर्शन गरेको सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सचेतनामुलक सडक नाटक ‘कथा विदेशको’ हो । जिल्लाको १५ गाविसमा प्रदर्शन गरिएको सडक नाटक ‘कथा विदेशको’ ले जिल्लाबासीलाई प्रभावित बनाएको छ । 

स्वदेशमै रोजगारी गर्न सन्देश दिने नाटकले विदेश जाने नै निर्णय गरिसकेका युवाहरुलाई सीप, तालिम लिएर मात्र जान सचेत गराउने सुरक्षित आप्रवासन परियोजना (सामी) जनसेवा समाज नेपाल जालपाका कार्यक्रम अधिकृत रमेश राईले जानकारी दिनुभयो । गाउँले परिवेशको बरको रुख भएको चौतारीबाट उठान भएको नाटक खाडी मुलुकको दुःख हुँदै गाउँमै लास फर्केपछि वियोगान्तको दृश्यबाट सजक गराई अन्त्य हुन्छ । 
गाउँको कवि नाम गरेका एक युवा मलेसिया जान लागेपछि गाउँले काकाले सीप, तालिम लगायत सम्पूर्ण प्रक्रियाको जानकारी लिएर जान सुझाव दिन्छन् । तर,  पनि ‘कवि’ले उल्टै काकाको कुरालाई खिल्ली उडाइ दिन्छन् । केही सीप नलागेपछि काकाले अगाडि भएको दुखद् घटनाको बेलिबिस्तार लगाउँछन् । 

काकाले सुनाएको कथामा एकातिर सीप, तालिम लिएर जाने एक गाउँलेको श्रीमतीले गरेको आर्थिक तथा पारिवारिक सफल्ताको कथा र अर्कातिर अनेक गरी सम्झाउँदा पनि नमानी बिना सीप, तालिम बिदेश जाने दिपकले विदेशमा भोगेका दर्दनाक भोगाइ र विदेशमै मृत्यु भएपछि परिवारमा भएको बिचल्लीको कहानी हुन्छ । यो कहानी सुनिसकेपछि ‘कवि’ झस्किँन्छ र  सीप, तालिम लिएर मात्र विदेश जाने निर्णय गर्छन् ।
वैदेशिक रोजगार सम्बन्धी सडक नाटक ‘कथा विदेशको’ प्रस्तुत गर्दै कलाकार ।  तस्बिरः हाम्रो खोटाङ डटकम

प्रेम, विछोड, ख्यालठट्टा, सामाजिक चलनचल्ती, संस्कार–संस्कृति, खेतीपाती, बिबाह जस्ता दृश्य देखिने नाटकले शिक्षा, स्वास्थ्यको कुरा समेत समेटेर वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो तथा उपलब्धीमुलक बनाउन सन्देश दिन्छ । प्राविधिक रुपमा अब्बल करिब ४५ मिनेटमा सकिने सडक नाटकले भरपुर मनोरञ्जन र चेतना दिएको दर्शकहरुको भनाइ छ । सडक नाटकको कथा तथा प्रस्तुति कुनै सुपरहिट चलचित्रभन्दा कम नभएको खार्मीका शिक्षक जयप्रसाद राईले प्रतिक्रिया दिनुभयो । 

विशेषगरी विदेश जानेको परिवार तथा आफन्तहरु नाटक हेरेर चुक्चुकाएका थिए । नाटक अवधिभर वृद्धवृद्धाहरुको आँखामा आशु बगिरहेको देखिन्थे । गत, चैत्र १ गतेदेखि जिल्लाको हौंचुर, जालपा, माक्पा, ऐसेलुखर्क, ज्यामिरे, महेश्वरी, जलेश्वरी, राखावाङ्देल, बाक्सिला, सप्तेश्वर, खार्मी लगायतका गाविसमा नाटक प्रदर्शन गरिएको हो । 

सडक नाटकमा वैदेसिक रोजगारमा जानुअघि सिक्नु पर्ने सीप, पैसा दिएपछि भर्पाई लिन नभुल्न, भाषा सिकेर मात्र विदेश जान, विदेश जानुअघि आवश्यक कागजातको प्रतिलिपी घरमा छाड्न र एकप्रति साथमा सुरक्षित राख्नुपर्ने लगायतका सन्देशहरु समेटिएको छ ।

शिल्पी थ्रियटर काठमाडौंका प्रशिक्षकद्धय जीवन बराल र किरण चाम्लिङको प्रशिक्षणमा तयार पारिएको नाटकमा बाम्राङका योगिन राई, खार्मीका सन्जिब राई, खाल्लेका राजेन्द्र ढुङ्गाना, रतन्छाका लक्ष्मण राई, बुइपाका यसोधा राई, अंकित राई र जमुना राई, नेर्पाका प्रकाश रिजाल, सल्लेका ममता राई र लफ्याङका कवि राईले निख्खारिएका अभिनय गरेको परियोजनाका नागेन्द्र यादवले जानकारी दिनुभयो ।

नाटक १६ दिनसम्म फरक–फरक गाविस तथा सदरमुकाम दिक्तेलमा प्रदर्शन गरिएको थियो । चाहेको सन्देश दिन सडक नाटक प्रभावकारी हुने देखिएकाले वर्षैपिच्छे यस्तो अभियान सञ्चालन गर्दै आएको जनसेवा समाजका अध्यक्ष दानबहादुर राईले बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post