sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » कोरियाबाट सचिनलाई १ लाख ८० हजार सहयोग

चैत्र । बिरामी खोटाङका सचिन राईलाई कोरियाबाट १ लाख ८० हजार सहयोग जुटेको छ । खोटाङ जिल्ला बुईपा गा.वि.स. वडा नम्बर ७ निवासी जितन वीर राईको छोरा १२ वर्षिय सचिन राई करेन्ट सर्ट  भई सक्त घाइते भएका थिए । 

उनलाई खोटाङ सेवा समाज दक्षिण कोरियाद्वारा उपचारका लागि सहयोग रकम संकलन गरि रु १ लाख ८० हजार, अध्यक्ष अमृत राईले खोटांग सेवा समाज काठमाडौँका अध्यक्ष राकेश राईलाई पठाएको दक्षिण कोरियामा रहनु भएका उमेश राईले हाम्रोखोटाङ डटकमलाई जानकारी दिनु भएको छ ।

उमेशका अनुसार गत २०७१ असोज २५ गते करेन्ट सर्ट भै सक्त घाइते भएका सचिन राईको दाँया हात उपचारका क्रममा गुमेको छ । टाउको, खुट्टा, शरीरको अन्य भागमा पनि गहिरो चोट परेको छ । सरकारबाट उपचारार्थ खर्च नजुटेसँगै परिवारको न्युन आयस्रोत भएका कारण उपचार खर्च जुटाउन नसकेकोले खोटांग समाज सेवा काठमाडौँले सहयोगको लागि खोटांग सेवा समाज दक्षिण कोरियासँग आग्रह गरेपछि कोरियामा गत डिसेम्बरबाट सहयोग संकलन अभियान सुरु गरिएको थियो ।

उक्त सहयोग रकम केहि दिनपछि खोटांग सेवा समाज काठमाडौँले पत्रकार सम्मेलन गरि निज विरामीलाई हस्तान्तरण गर्ने कुरा सचिव राम प्रसाद राईको भनाई उदृत गर्दै उमेशले जानकारी गराउनु भएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post