sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » भारी वर्षाले खोटाङमा यातायात अवरुद्ध

खोटाङ, फागुन १८ । भारी वर्षाका कारण खोटाङमा यातायात सेवा अवरुद्ध भएको छ । आईतबार दिउँसोदेखि लगातार परेको वर्षाका कारण दिक्तेल–हलेसी, दिक्तेल–फोक्सिङटार, दिक्तेल–जालपा, दिक्तेल–लामीडाँडा लगायतका सडक खण्डमा यातायात सेवा अवरुद्ध भएको छ ।

वर्षाको पानीले कच्ची सडक हिलाम्मे बनेपछि र सवारी साधन सडकमै भासिन थालेपछि यातायात सेवा अवरुद्ध भएको हो । सदरमुकाम दिक्तेलबाट मुढेसम्म गाडी उक्लिन नसकेपछि यातायातका सवारी साधन आवतजावत बन्द भएको खोटाङ यातायात व्यवसायी संघका काउन्टर कर्मचारी अमिर अधिकारीले बताउनुभयो । 

अधिकारीका अनुशार सोमबार बिहान छुट्ने कुनै पनि यात्रुबाहक सवारी साधन छुट्न सकेका छैनन् । यातायातका साधन सञ्चालन नहुँदा सदरमुकामबाट तराई बाहिरिने र तराईबाट सदरमुकाम भित्रिने यात्रुहरु मारमा परेका छन् । कालोपत्रे गरिसकिएको जिल्लाको हलेसी–जयराम सडक खण्डमा भने यातायात सेवा सुचारु रहेको संघले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post