sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » फेरी प्रहरीको छड्के अनुगमन

चैत्र–१७, होटलहरुमा हुने यौनजन्य बिकृति नियन्त्रणका लागि प्रहरीले खोटाङ सदरमुकाम दिक्तेलका होटलहरुमा दोश्रोपल्ट छड्के अनुगमन गरेको छ । सदरमुकाम दिक्तेलका होटलहरुमा यौनजन्य बिकृति बढ्न थालेको गुनासो आएपछि आईतबार रातीदेखि छड्के अनुगमन सुरु गरेको प्रहरीले सोमबार राती पनि छड्के अनुगमन गरेको छ । 

यातायातको बिस्तारसँगै होटलहरुमा बिभिन्न बिकृति फैलिन थालेको जनगुनासो आएपछि सदरमुकामका १५ होटलहरुमा आकस्मिक अनुगमन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक बिनोदराज खरेलले बताउनु भयो । बिकृति बिसंगती नियन्त्रणका लागि सचेतता स्वरुप होटलहरु अनुगमन गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीले होटलमा बस्न आउने सबै ग्राहकको नाम, ठेगाना, पेशा, नाता लगायको विबरण राख्न समेत होटल व्यवसायीलाई निर्देशन दिएको छ । अनुगमनकाक्रममा प्रहरीले होटलमा भेटिएका महिला पुरुष ग्राहकबीचको नाता सम्बन्धका विषयमा सोधपुछ सुरु गरेको छ । अनुगमनलाई आकस्मिकरुपमा निरन्तरता दिइने खरेलले बताउनु भयो । प्रहरीले अनुगमन गरिएका होटलहरुको नाम सार्वजनिक गरेका छैनन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post