sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » दहमा डुबीरहेको अवस्थामा किशोरको शव फेला

फागुन–२४, दहमा डुबीरहेको अवस्थामा खोटाङमा एक किशोर मृत फेला परेका छन् । दिक्तेल नगरपालिका–६ घर भइ हाल नेर्पा–६ स्थित किसुकुमारी गुरुङको घरमा बस्दै आएका ‘दाउत’ भनिने १७ वर्षीय सलमान दाहाल मृत फेला परेका हुन् ।

बिहीबार बेलुका घरबाट हिँडेका दाहाल शनिबार दिउसो मृत फेला परेको स्थानीय होमप्रसाद रिजालले जानकारी दिनुभयो । नेर्पा र दोर्पाको सिमानामा पर्ने मेवाखोलास्थित आर्से दहमा माछा मार्न गएका स्थानीयले उनको शव फेला पारेका हुन् । 

दहमा ठाडो परेर मृत फेला परेका दाहालको मोवाइल, कपडा र चप्पल दह बाहिर पाखामा भेटिएको प्रहरीले जनाएको छ । उनको मृत्युबारे अहिलेसम्म पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय खोटाङ मुद्दा शाखाका प्रहरी नायव निरीक्षक यादव गौतमले जानकारी दिनुभयो ।

उनको शव परीक्षणका लागि शनिबार राती नै जिल्ला अस्पताल खोटाङ ल्याइएको छ । उनले हाम फालेर आत्महत्या गरेको हुन सक्ने स्थानीयको आशंका छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post