sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » चुल्होबाट सल्किएको आगोले दुई घर जलेर नष्ट

चैत्र–९, चुल्होबाट सल्किएको आगोले खोटाङमा दुई घर जलेर नष्ट भएको छ । आफ्नै घरको चुल्होबाट सल्किएको आगोले बाराहापोखरी–९ का छुइबहादुर मगरको दुई घर जलेर नष्ट भएको हो । 

सोमबार दिउँसो भएको आगलागीबाट मगरको सात लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक बिनोदराज खरेलले जानकारी दिनुभयो । मगरको घरमा रहेका अन्नपात लत्ताकपडा, भाँडाकुडाँ, काठपात लगायत घरमा रहेका सम्पुर्ण सामान जलेर नष्ट भएको खरेलको भनाइ छ । 

आगलागी हुँदा बच्चा मात्रै घरमा रहेको र अभिभावक काम गर्न गएकाले आगलागीबाट केही पनि जोगाउन नसकिएको बताइएको छ । घर आगलागी भएपछि मगर परिवार अहिले बिचल्लीमा परेका छन् । 

आगो स्थानीयबासी र प्रहरी चौकी बाराहापोखरीले नियन्त्रणमा लिएका जनाइएको छ ।




यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post