sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » पहिचान सहितको संघियता अनिवार्यः महासचिव कुमार ब्लोन

फागुन–२३, नेपाल तामाङ घेदुङ केन्द्रीय समितिका महासचिव कुमार ब्लोनले आफुहरु पहिचान सहितको संघीयताको पक्षमा स्पष्ट रहेको बताउनुभएको छ । शनिबार नेपाल तामाङ घेदुङ खोटाङको तेश्रो जिल्ला सम्मेलनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै महासचिव ब्लोनले यस्तो बताउनुभएको हो । 
नेपाल तामाङ घेदुङ खोटाङको तेश्रो जिल्ला अधिवेशन उद्घाटन
 कार्यक्रममा स्वागत गीत गाउँनुहुँदै गायक तथा सँगीतकार पृथी जिम्बा । 

महासचिव व्लोनले समानुपातिक र सहअस्तित्वकालागि संघियता अनिवार्य भएकाले घेदुङ पहिचान सहितको संघीयताको पक्षमा अडिग रहेको बताउनुभएको छ । घेदुङले संघीयताको नाममा एकल जातीय राज्य नमागेको स्पष्ट पार्दै उहाँले ‘संघीयताको बिपक्षीहरुले संघीयताका कारण देश टुक्रिन्छ’ भन्दै आक्षेप लगाइरहेको बताउनुभयो । 

कार्यक्रममा घेदुङका क्षेत्रीय प्रमुख मोहन गोले, राजनैतिक दल, जातीय संघसंगठनका प्रमुख तथा प्रतिनिधि लगायतले बोलेका छन् । सर्वसहमतीमा नेपाल तामाङ घेदुङ खोटाङको नयाँ कार्यसमिति गठन गर्ने जनाइएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post