sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङमा २०६ परिक्षार्थी अनुपस्थित, तीन जनाले दिए जेलबाटै परिक्षा

खोटाङ, चैत्र ५ । खोटाङमा ६ हजार ८४६ जना परिक्षार्थीमध्ये २०६ परिक्षार्थी परिक्षामा अनुपस्थित भएका छन् । नियमिततर्फ ४५ छात्र र ३९ छात्रा तथा एक्जाम्टेडतर्फ ३९ छात्र र ८३ छात्रा अनुपस्थित भएको जिशिअ भट्टराईले बताए । 

फर्म भरेपनि उनीहरु एलएलसि दिन नआएको भट्टराईको भनाई छ । परिक्षामा नियमिततर्फ ३ हजार ६९१ र एक्जाम्टेडतर्फ २ हजार ९४९ परिक्षार्थी सामेल भएका छन् । विद्यालयमा नियमित उपस्थित नहुने जिल्लाका १८१ विद्यार्थी एसएलसि परिक्षा दिनबाट बञ्चित भए । 

तीन जनाले दिए जेलबाटै परिक्षा
खोटाङका तीन परिक्षार्थीले जेलबाटै परिक्षा दिएका छन् । बिभिन्न मुद्धा लागेपछि हाल जिल्ला कारागार शाखा दिक्तेलमा राखिएका सरस्वती उच्च माबि पाथेकाका आशिष राई, साबित्रा माबि बाम्राङका युवक राई र जलेश्वरी माबि डम्बर्खुशिवालयका सुमित्रा राईले जेलबाट परिक्षा दिएका हुन् । 

अबिभाबकको आग्रहमा जेलमा राखिएका तीन छात्रछात्रालाई जेलबाटै परिक्षा दिने वाताबरण मिलाइएको जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद भट्टराईले बताए । उनीहरुलाई कारागार शाखाभित्रकै एक कोठाबाट परिक्षा दिने व्यवस्था मिलाइएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । आशिष र सुमित्रा कर्तव्य ज्यान तथा युवक डाँका र हातहतियार खरखजना मुद्धामा जेलमा राखिएका छन् ।

 यस्तै, दिक्तेलस्थित सरस्वती उच्च माबि परिक्षा केन्द्रबाट भारतीय सेनाका अवकाश प्राप्त एक परिक्षार्थीले एसएलसि परिक्षा दिएका छन् । भारतीय सेनाको पेन्सनर दिक्तेल नगरपालिका–५ का ५० वर्षीय बीरबहादुर तामाङले सरस्वती उच्च माबिबाट एसएलसि दिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post