sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » “कसैको सहयोग पाए राम्रो अस्पताल गएर उपचार गराउँथे !”

चैत्र–१८, अनुहार हेर्दा सपाङ्ग जस्तो देखिने एक युवा भन्छन्, “कसैको सहयोग पाए अलि राम्रो अस्पताल गएर उपचार गराउँथे !, ओछ्यानमा थलिएको दश वर्ष भयो । घर बाहिरभित्र गर्न अरुको सहारा लिनुपर्छ । मेरो कम्मरदेखि मुनीको भाग चल्दैन ।”

यो दर्दनाक कथा सुनाउँदै थिए, खोटाङ जिल्लाको दक्षिणी गाविस *सिम्पानी–३ का २८ वर्षीय शम्भू तामाङले । सिम्पानी गाविसमा आयोजना गरिएको खुला दिसामुक्त गाविस घोषणा कार्यक्रममा सम्मानका लागि स्ट्रेचरमा बोकेर ल्याइएका उनी २०६१ साल साउनदेखि ओछ्यानमा थलिएका रहेछन् । 

कक्षा–१० मा अध्ययन गर्दै गरेका तामाङ राती सुतेर उठ्दा बिरामी अवस्थामा फेला परेको आफन्तले जनाएका छन् । सञ्चै सुतेका उनी बिहान ओछ्यानबाट उठ्दा बिरामी अवस्थामा रहेका उनका श्रीमती बबिता तामाङले बताउनुभयो । विवाह गरेको वर्ष दिन नबित्दै अपाङ्ग बनेका श्रीमानको हेरचाह गर्दै आउनुभएकी बबिताले भन्नुभयो, “अहिले त बुबाआमा साथैमा हुनुहुन्छ, सबै काम उहाँहरुले नै गर्नुहुन्छ, उहाँहरु बितेपछि मैले के गर्ने होला ?”
दश वर्षदेखि ओछ्यानमा थलिएका खोटाङ ईन्द्राणीपोखरी–३ का २८ वर्षीय शम्भू तामाङ । उनको कम्मरदेखि मुनीको भाग नचल्ने अवस्थामा छ । उनलाई सिम्पानीमा आयोजना गरिएको खुला दिसामुक्त गाविस घोषणा कार्यक्रममा सम्मानका लागि स्टे«चरमा बोकेर ल्याइएको थियो । तस्बिरः हाम्रो खोटाङ डटकम

अचानक बिरामी परेका उनलाई काठमाडौंको शिक्षण अस्पताल, धरानको पुर्नस्थापना केन्द्र र देशका विभिन्न ठाउँमा उपचारमा लगिएको आमा लक्ष्मी तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “आफूसँग भएको सबै सम्पती उसैको उपचारमा सकियो, अहिले सम्पती पनि सकियो, छोराको अवस्था पनि उस्तै छ ।”

उपचारका लागि आमाको साथमा विभिन्न ठाउँमा पुगेका उनी खर्च अभावका कारण ओछ्यान लागेको सिम्पानी क्याम्पस सिम्पानीका प्रमुख राजनप्रसाद ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “उनी मेरै विाद्यार्थी हुन्, उसँग धेरै क्षमता थियो, तर उसैमाथि दैव लाग्यो, यसमा हामी कसैको केही लागेन !”

तामाङको उपचारका क्रममा लाखौं खर्च भइसकेको उनका परिवारको भनाइ छ । तीन दाजुभाइ र एक दिदी मात्र रहेको तामाङको आर्थिक आयस्रोत केही नरहेको स्थानीयले जनाएका छन् । 

आमा लक्ष्मी र बुबा शेरबहादुर तामाङको ठाईला छोरा शम्भूको एक श्रीमती र सात वर्षकी छोरी छन् । शम्भू भन्छन्, “घरमा भएका सबै सम्पती खर्च गर्दा समेत बीसको उन्नाईस भएन, अझै उपचार गराउन पाए ठीक हुन्छु जस्तो लाग्छ ।”

चौबीसै घण्टा ओछ्यानमा सुतेर बिताउने शम्भू विभिन्न सीपका काम भने, गर्दै आएका छन् । उनले बाँसका चोयाबाट विभिन्न प्रकारका फूल, मन्दिर, खेलौना लगायतका हस्तकलाका सामाग्री तयार गर्ने गरेका छन् । 

हिँडडुल गर्न नसक्ने तामाङलाई उनका श्रीमती बबिताले बाँसका चोया तयार पारी दिने गरेका छन् । ओछ्यानमा पल्टिएर बस्ने उनले सबै काम धातीमा राखेर गर्ने गरेको स्थानीय दीपबहादुर थापाले बताउनुभयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post