sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » माटिकोरे–सिँचाई गेट सडक ग्राभेलिङ सुरु

चैत्र–१५, बैसाखमा हुने ‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता–२०७२’लाई मध्यनजर गर्दै खोटाङको माटिकोरे खेलमैदान–सिँचाई गेट सडक ग्राभेलिङका काम थालिएको छ । 

नगरपालिका र शहरी बिकासको अनुदान सहयोगमा सदरमुकाम दिक्तेलबजारबाट माटिकोरे खेलमैदान जाने सडक ग्राभेलिङका काम थालिएको हो । दिक्तेल नगरपालिका र शहरी बिकासको ६० प्रतिशत तथा उपभोक्ताको ४० प्रतिशत लागत सहभागीतामा ३५० मिटर सडक खण्डमा ढुंगा ओछ्याउने काम थालिएको निर्माण उपभोक्ता समितिका सचिव हरिबहादुर कार्कीले बताउनु भयो । २३ लाखको लागत स्टिमेट अनुशार अहिले सडक सम्याउँदै र जग हाल्दै ढुंगा बिछ्याउने काम भइरहेको छ । सडक ग्राभेलिङलाई नगरपालिकामा लागत सहभागीताको नमूना कामकारुपमा बिकास गर्ने लक्ष्यकासाथ काम थालिएको नगरअधिकृत नारायण ढकालले बताउनु भयो ।

अनुदान र श्रमदानबाट ग्राभेलिङ सुरु गरिएको माटिकोरे खेलमैदान–सिँचाई गेट सडक । तस्बिरः हाम्रो खोटाङ डटकम 
खेल सँस्कृतिको बिकास गर्दै जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले आगामी बैसाख–१ देखि ३ गतेसम्म खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सञ्चालन हुँदैछ । बजारको बीचबाट सोही प्रतियोगीता स्थल जाने सडकलाई ग्राभेलिङ सुरु गरिएको हो । 

सडक ग्राभेलिङका काममा नेपाल सितोरियो कराते संघका जिल्ला अध्यक्ष सञ्जयकुमार राई नेतृत्वको खेलाडीहरुले श्रमदान गरिरहेका छन् । यस्तै, नगर अधिकृत नारायण ढकाल, पत्रकार सहितको टोलीले शनिबार श्रमदान गरेका छन् । खेलमैदानसम्म जाने सडक ग्राभेलिङका काममा स्थानीय माटिकोरे सामाजिक सेवा क्लब, रुपाकोट फुटबल क्लव, भ्वइसअफ खोटाङका आयोजक समिति लगायतले श्रमदान गर्ने तयारी गरेको उपभोक्ता समितिका सचिव कार्कीले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका लागि प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाको संयोजकत्वमा प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता मुल आयोजक समिति गठन गरिएको छ । चन्दा संकलनबाट आयोजना गरिने प्रतियोगितामा नेपालका पाँचै विकास क्षेत्र, विभागीय टिम नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल विश्व विद्यालय तथा भारत, भुटान, बंलगलादेश र श्रीलङ्काको सहभागिता रहने आयोजकले जनाएको छ । 

१८ समूहको सहभागिता रहने प्रतियोगितामा चार सय ५० जना खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ । प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र चौथो हुने समूहले क्रमशः एक लाख, ७० हजार, ४० हजार, २० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा अनुशासित समूह, उत्कृष्ट मार्चपास गर्ने समूह, उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट टिम कोच, उत्कृष्ट टिक व्यवस्थापक, अनुशासित पुरुष तथा महिला खेलाडीलाई दश÷दश हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संघका अध्यक्ष राईले बताउनु भयो ।

७६ पदक संख्याका लागि प्रतिस्पर्धा गराइने प्रतियोगितामा १९ स्वर्ण, १९ रजत र ३८ कास्य पदक रहेको छ । प्रतियोगितामा पुरुष एकल काता र महिला एकल काता तथा पुरुष टिम काता र महिला टिम कातामा तीन÷तीन जनाको समूह रहने राईले जनाउनु भयो । प्रतियोगीताका लागि आर्थिक श्रोत जुटाउन चलचित्र निर्देशक तथा नायक नवल खड्काले चलचित्र ‘भिमदत्त’को च्यारिटि शो दिने भएको संघका उपाध्यक्ष मिलन कसजुले जानकारी दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post