sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङबजारलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा


चैत्र–७, खोटाङको खोटाङबजार गाबिसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । गाबिसका ४१३ घर परिवारमा पक्की शौचालयको निर्माण तथा प्रयोग सुरुभएपछि खोटाङबजारलाई शनिबार जिल्लाको २९ खुल्ला दिशामुक्त क्षेत्रकारुपमा घोषणा गरिएको हो ।


सभाषद बिशाल भट्टराईको प्रमुख आतिथ्य तथा प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाको बिशेष आथित्यतामा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो । कार्यक्रममा नेपाली कांग्रेसका कुमार श्रेष्ठ, एमालेका जिल्ला सचिव राम दङगाल, एमओबादीका दिपबहादुर थापा, जिल्ला बिकास समितिका कार्यक्रम अधिकृत रविकरण आचार्य, नेपाल पत्रकार महासंघ शाखा खोटाङका सहसचिव तथा जेवाससिसिका सदस्य केदार मगर, गैर–सरकारी संस्था महासंघका अध्यक्ष दिपनारायण रिजाल लगायतको उपस्थितिमा खोटाङबजारलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको सामाजिक परिचालक पुरुशोत्तम गेलालले जानकारी दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post