sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » प्रहरीलाई झुक्याएर लट्ठी जुलुस

चैत्र–१५ तीस दलीय गठबन्धनमा आवद्ध खोटाङका राजनैतिक दलहरुले प्रहरीलाई झुक्याएर लट्ठी जुलुस निकालेका छन् । मोर्चामा आवद्ध एमाओबादी, संघीय समाजबादी, नेपाल कम्यूनिष्ट पार्टी, खम्बुवान राष्ट्रिय मोर्चाले आईतबार सदरमुकाम दिक्तेलको पुरानोबेसक्याम्पबाट त्रिबेणीचोक हुँदै भवनगैरासम्म लट्ठी जुलुस निकालेका हुन् । 


प्रहरीलाई भने रत्नपार्कबाट जुलुस सुरु गर्ने बताएर मोर्चा सम्बद्ध दलहरुले बेसक्याम्पबाट जुलुस निकालेका हुन् । प्रहरीसँग हुने सम्भाबित दंगाबाट जोगिन ढाँटेर जुलुस निकालिएको एमाओबादी नेतृ दुर्गाजयन्ती राईले बताउनु भयो । 

‘तोकिएकै ठाउँबाट जुलुस निकालेको भए प्रहरी हस्तक्षेप र मुठभेट हुन सक्थ्यो,’ जुलुसपछि पुर्वसभाषद रहेको राईले भन्नुभयो, ‘त्यही भएर प्रहरीलाई ढाँटेर जुलुस निकालिएको हो ।’ गठबन्धनमा आवद्ध दलहरुले पत्रकारहरुलाई समेत जुलुस सुरु हुने समय र स्थानको बिषयमा जानकारी दिएका थिएनन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post