sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » कोट्रिम ट्याबलेट लैजादैनन् सेवाग्राही

चैत्र–१७, खोटाङमा बालबालिकालाई निमोनिया भएको बेला खुवाइने कोट्रिम ट्याबलेटको सट्टा झोल प्रयोग गर्ने गरिएको पाइएको छ । राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङले गरेको ईलाका स्वास्थ्य कार्यालय खोटाङ वजार र स्वास्थ्य चौकी सिमपानीको अनुगमनका क्रममा बालबालिकालाई कोट्रिम ट्याबलेटको सट्टा त्यसको झोल खुवाउने गरेको पाइएको हो । 


स्वास्थ्य संस्थाबाट निशुल्क वितरण हुँदैआएको कोट्रिम ट्याबलेट निमोनिया भएका बालबालिकालाई निल्न गा¥हो हुने र खुवाउन गा¥हो हुनेभएका कारण कोट्रिमको झोल खुवाउने गरिएको पाइएको राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङका निमित्त प्रमुख लोकनाथ घिमिरेले बताउनु भयो । कोट्रिम औषधि स्वास्थ्य संस्थामा ट्यावलेट र झोल दुबै किसिममा पाइन्छ । 

खुवाउन गा¥हो हुनेभएका कारण सेवाग्राहीले स्वास्थ्य संस्थाबाट निशुल्क पाइने कोट्रिम ट्यावलेट नलैजाने गरेको पाइएको घिमिरेले जनाउनु भयो । ‘कोट्रिम ट्यावलेट बालबच्चालाई खुवाउन गा¥हो हुँदो रहेछ,’ घिमिरेले भन्नुभयो, ‘त्यही भएर निशुल्क पाइने भएपनि सेवाग्राहीले त्यो नलगी क्लिनिकबाट झोल किनेर खुवाउने गर्दारहेछन् ।’ अनुगमनका क्रममा सिमपानी स्वास्थ्यचौकीमा २९ प्रकारको औषधिको व्यवस्था हुनुपर्नेमा २२ प्रकारको मात्र रहेको, एचएको दरबन्दीमा अहेव कार्यरत रहेको पाइएको घिमिरेले बताउनु भयो । 

यस्तै खोटाङबजारमा बिनातालिमका अनमिले बर्थिङ सेन्टर सञ्चालन गरिरहेको भेटिएको छ । तालिमको व्यवस्थापछि मात्र इलाका स्वास्थ्य कार्यालय खोटाङवजारको बर्थिङ सेन्टर सञ्चालन गर्न निर्देशन दिइएको घिमिरेले बताउनु भयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post