sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » बालिकालाई जबरजस्ती करणी गराउने तीन महिला पक्राउ

चैत्र–९, जिल्लामा एक बालिकालाई जबरजस्ती करणी गराउने खोटाङका तीन महिला पक्राउ परेका छन् । भोजपुरको बैकुन्ठे–४  घर भई खोटाङको जालपास्थित दिदीकामा आएकी १५ वर्षीया बालिकालाई विवाहको नाटक गराएर जबरजस्ती करणी गराउने जालपा गाविसकी तीन महिला पक्राउ परेका हुन् ।

जिल्लाको उत्तरी गाविस जालपास्थित दिदीका घर आएकी राई थरकी बालिकालाई विवाहको नाटकमा जालपा–९ का ५० वर्षीय भूमिराज राईसँग जबरजस्ती करणी गराइदिने जालपा–९ का चिजा राई, गायत्री राई र दुर्गासरी राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

बालिकाको ईच्छा बिपरीत जबरजस्ती पक्रेर भूमिराजको घरको कोठामा लगेर फुलमाला तथा सिन्दुरपोते लगाउन लगाएर विवाहको नाटक गर्दै जबरजस्ती करणी गराएको पीडित बालिकाले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “विवाहको नाटकपछि बालिकालाई जबरजस्ती करणी गरिएकाले उनीहरुविरुद्ध समेत जबरजस्ती करणी महल अन्तरगत मुद्दा दर्ता गरेर कारबाही थालिएको छ । जबरजस्ती करणी गर्ने भूमिराज फरार रहेकाले उनीविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ ।”

फरार भूमिराजको खोजीका लागि मातहतका प्रहरी परिचालन गरिएको प्रहरी नायव उपरीक्षक खरेलले बताउनुभयो । उनी श्रीमतीले अर्कैसँग विवाह गरेर गएपछि एक्लै बस्तै आएका थिए । गत चैत्र–१ गते राती बालिकालाई फकाएर भूमिराजको घरमा लगेको र जबरजस्ती सिन्दुरपोते गर्न लगाएर ती महिलाहरुले ढोका थुनीदिएको अनसुन्धानबाट खुल्न आएको मुद्दा शाखाका प्रहरी नायव निरीक्षक यादव गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “सहमतीमै भए पनि १६ वर्षभन्दा मुनिकासँग यौन सम्पर्क गर्दा जबरजस्ती ठहरिन्छ, उनी त १५ वर्षको मात्रै भएकाले ती महिला र भूमिराजमाथि कडा कारबाही हुन्छ ।”

भूमिराज धेरै धनी छ, तिमीलाई धेरै माया गर्छ, जति पैसा चाहियो त्यति नै दिन्छ भन्दै आफूलाई महिलाहरुले फकाएको र आफू नमानेपछि पक्रेर भूमिराजको कोठामा लगेर ढोका थुनी विवाह गराई बलात्कार गराएको पीडित बालिकाले दिएको उजुरीमा उल्लेख छ । बलात्कृत बालिकाको स्वास्थ्य परीक्षणपछि आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post