sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » नयाँ वर्षमा आगलागीबाट बिस्थापित

बैसाख–१, आगलागीबाट घर तथा घरमा भएका नगद, अन्न, लत्ताकपडा नष्ट भएपछि खोटाङमा एक परिवारको बिचल्नी भएको छ । सोमबार भएको आगलागीमा नगद ७५ हजार, १२ तोला चाँदी, १० मुरी कोदो, ८० केजी चामल, ५० केजी नुन लगायतका सबै सामान जलेपछि सुंदेल–८ बयाङका टसबहादुर राईको परिवार बिचल्नीमा परेका हुन् । 

अगेनामा ननिभाइ राखिएको आगोबाट सल्किएर राईको घरमा आगलागी भएको गाबिस सचिव रमेश आचार्यले बताउनुभयो । आगलागीमा नानीको कपडा झिक्न जानेक्रममा राईकी श्रीमती मनिकाको हातखुट्टा डढ्नुका साथै घरको माथिल्लो तलाबाट खसेको ट्यांकाले लागेर टाउकोमा चोट समेत लागेको छ । 

आगलागीमा ३ लाख ५० हजार बराबरको क्षती भएको अनुमान गरिएको छ । आगलागीबाट बिस्थापित बनेका राईको ८ जनाको परिवार छिमेकीको आश्रयमा बसिरहेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post