sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » परस्त्रीसँग यौन सम्पर्क गर्ने एक व्यक्ति पक्राउ

चैत्र–२८, परस्त्रीसँग यौन सम्पर्क गर्ने खोटाङका एक व्यक्ति पक्राउ परेका छन् । घरमा श्रीमती हुँदाहुँदै अर्काकी श्रीमतीसँग यौन सम्पर्क गर्ने दिक्तेल नगरपालिका–२ का ४८ वर्षीय तुलसीराम आचार्य पक्राउ परेका हुन् ।

आचार्यले परस्त्रीसँग यौन सम्पर्क गर्दै गरेको अवस्थामा स्थानीयले फेला पारेर प्रहरीलाई खबर गरेपछि शुक्रबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “उनीहरुबीच लामो समयअघिदेखि यौन सम्बन्ध हुँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ, त्यसैले अब के गर्ने भन्नेबारेमा कानुनी परामर्श लिने काम हुँदैछ ।”

पक्राउ परेका आचार्यलाई हिरासतमा राखेर कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङ मुद्दा शाखाका प्रहरी नायव निरीक्षक यादव गौतमले बताउनुभयो । गौतमका अनुसार परपुरुषसँग यौन सम्पर्क गर्ने महिलाको जिल्ला अस्पताल खोटाङमा स्वास्थ्य परीक्षण गरिएको छ ।

महिलाको श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् । उनको एक छोरी छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post