sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » किशोरी बलात्कार गर्न खोज्ने एक व्यक्ति कारागार चलान

चैत्र–२९ । स्थानीय एक किशोरीलाई जबरजस्ती बलात्कार गर्न खोजेको आरोपमा पक्राउ परेका खोटाङका एक व्यक्ति कारागार चलान भएका छन् । स्थानीय १३ वर्षीया किशोरीलाई जबरजस्ती बलात्कार गर्न खोजेको आरोपमा पक्राउ परेका दुर्छिम–५ का ५२ वर्षीय भर्तबहादुर राई कारागार चलान भएका हुन् ।

गत चैत्र–३ गते पक्राउ परेका राईलाई जिल्ला न्यायाधिस ईश्वरीप्रसाद गौतमको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङ मुद्दा शाखाका प्रहरी नायव निरीक्षक यादव गौतमले जानकारी दिनुभयो ।

फागुन–२९ गते राती आफ्नै कोठामा सुतिरहेकी किशोरीलाई जबरजस्ती करणी गर्न खोजेपछि पीडितले दिएको उजुरीको आधारमा उनलाई गत चैत्र–३ गते पक्राउ गरिएको गौतमको भनाइ छ । 

राईविरुद्ध जबरजस्ती करणी उद्योग अन्तरगत मुद्दा दर्ता गरेर कारबाही थालिएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post