sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » संस्मरण: बेलायतबाट बुईपासम्म

राम प्रसाद घिमिरे
सँधैको जस्तै यसपाली नेपाल जादा कुनै योजना बनाएर नेपाल गएको थिइन । उड्नु भन्दा दुई दिन अगाडी मेरो बोस साउथ अफ्रिकाबाट बेलायत आइपुगे र मेरो नेपाल जाने बिदाको स्विकृती दिए । यी विदेशीहरु कहिल्यै हाम्रो मार्का नबुझ्ने र चौबिसै घण्टा यिनीहरुलाई सिस्टम चाहिने ।

बिदा त दिए तर सारै अप्ठारोमा पारेर २० दिनको मात्र त्यसमा पनि आफैले मेरो सो सरहको कर्मचारी खोजी अफिसको कामको ब्यबस्था मिलाए बिदामा जानुपर्ने रे । रातारात मेरो कामको जिम्वेवारी लिनसक्ने कर्मचारी खोजे र रातको १२ बजे अनलाइनमा महगो नेपालको टिकट किनेपछि नेपाल जाने कुरा बल्ल पक्का भयो । टिकट त लिएँ तर यस रातमा टिकट लिएको कुरा कसैलाई त सुनाउनु प¥यो भनेर अनलाइनमा विश्वभरी हुने आफन्तहरु खोज्दा कोही भेटिएनन र फेरी ओछ्यानमै फर्किएँ ।  सोमबार ९ फेब्रुअरी २०१५ को मध्यरातको कुरा थियो यो र म बुधबारको बिहान ५.३० बजे घर छोड्नुपर्ने भयो । 

सुत्नुभन्दा पहिले के के समान लाने भनेर गम खादै म त निधाए छु । बिहान पाँच बजे श्रीमती मुन्ना घिमिरे योगामा ब्यस्त देखेर उनको ध्यानलाई भङ्ग पार्दै टिकट कनफर्म भयो मैया भनेर सुनाए । उनले जानेभए जानुनत भनेर सहमति दिएको बाह्रै घण्टापछि म नेपाल जान तम्सिएको थिए । मेरो कुरा सुनेर उनले उत्सुकता राख्दै सोदिन !साच्चै टिकट भयो त ? मैले भयो भन्दा भन्दै उनको योगालाई स्थगित गरेर मेरो कुरातिर ध्यान दिदै हिंडने चाजोबाजो मिलाउन सल्लाह दिइन । पहिले पहिले पनि बास्तबिक कुराहरुको सरसल्लाह लिनु पर्दा यिनीबाटै राम्ररी सुझाव पाउथे मैले ।श्रीमतीमात्र नभएर घर ब्यबहारको असल मित्र पनि हुन ।

दिनमा सानोतिनो किनमेलपछि बेलुकासम्म मेरो छरितो सुटकेस तयार भयो । छोरा दिक्षान्त युनिभर्सिटिमा नै बस्थे फोनबाट जाने समाचार जानकारी गराएँ र छोरी कलेजबाट घर फर्कने बितिकै सुनाएँ । उनी यक्साईटेड भइन र डेडी पनि नेपाल जाने भनेर मसँग ठट्टा गर्न सुरु गरिन् । छोरीले मलाई उल्लिबिल्ली पारेको मन पथ्र्यो किनकी उनको ठट्टेउलीमा केही खास सूचना र अर्थहरु मिसिएर केहीन केही पाठ सिकिन्थ्यो । उनले यसो गर्दा म मुस्कुराएर सुनिरहें । 

बेलुकाको खाना तिनै जनाले एउटै टेबुलमा बसेर खायौं । परिवार तथा आफन्त सँग बसेर खादा जे खाए पनि स्वादिलो हुने । भोलि बिहान छोरा दिक्षान्त मलाई पु¥याउन बिमानस्थल आउने भए । घरैको कारबाट श्रीमती र म बिमानस्थल जाने भैयो । राती केहीबेर समान र कागजपत्र मिलाएर राती नै तयार गरें । बिहान उठेर नुहाई ध्वाइ सकेर हामी दुइजना बिमान स्थलमा प्रस्थान ग¥यौं । छोरा दिक्षान्त आइपुगेका रहेछन र आधा घण्टामै चेकिङ्ग सकेर म टर्मिनलमा छिरे उनीहरु घरतिर लागे । 

यसपालीको नेपाल भ्रमण को उदेश्य माइलो दाजुको छोरा तथा भतिज संन्तोस घिमिरेको बिबाहमा उपस्थित हुनेबाहेक कुनै थिएन । संतोस बाबुलाई बाहेक कसैलाई म नेपालआउदैछु भनेर सुनाउननपाइकनै नेपालमा उत्रिने भएँ । आकासमा उडुनजेल कतिखेर नेपाल पुग्नेहो भनेर कौतुहल भयो । बास्तवमा आफ्नू जन्मभूमि भनेकै बाबुआमा र दाजुभाई, दिदी बहिनी,साथिहरु र आफन्तकै कारणले जन्म भूमि हुदो रहेछ ।

आकाशमाउड्दाको समय आफ्नो बसमा हुदैन त्यसैले प्लेन भित्र हुन्जेल कतिखेर जमिनमा उत्रिनेहो जस्तो हुन्थ्यो । अब जन्म भूमिमापाइला त टेकेँ तर जन्मभूमिनै भनेर के गर्ने त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा उत्रिने बितिकै रस चुसेको कागती जस्तै नेपालका रुखा कर्मचारीहरु र बेबकुफ नेताहरुले खोक्रो पारेको यो बिमानस्थल नीति नियम बिहिन व्यवस्थाको दुर्गन्धको राँगले ठ्वास्सै गनाउदा मन खिन्न भयो । किनकी यो अन्तराष्ट्रिय विमानस्थल जस्तो लाग्दैनथ्यो । बेलायत देखि हाम्रो देश यस्तो तेस्तो भन्दै गफ दिदै ल्याएका केही बिदेशी मित्रहरुसँग काठमाण्डौं सम्म जेनतेन आइपुगेको थिएँ देशको यो दुर्दसा देखेर यिनीहरुबाट बच्न मानिसको बिचबाट भागेको बिरालो झै लसक्कै म पनि भागे र बेपत्ता भएँ । 
अध्यागमन 
काठमाण्डूमा अध्यागमन क्लियर गर्न बेलायतको भन्दा झन्झटिलो र ढिलासुस्ति थियो । अध्यागमनका कर्मचारीहरुको अनुहार हसिलो खुसीलो थिएन । पर्खिदा पर्खिदै झण्डै एकघण्टा समय लाग्यो । भर्खरैका एक दुईवटा अध्यागमनका कर्मचारीका बदमासिका घटनाले केही कडा प्रशासनिक रोकावटले हिजो आज बिमानस्थलमा लुकिछिपि कमाउन र माग्न केही मुस्किल रहेछ त्यसैले नुनखाएको कुखुरा जस्तै कर्मचारीहरु देखिएका रहेछन, पछि थाहा भयो । 

लामो समयसम्म लाइनमा बसेको बेला सबै कर्मचारीहरुलाई हेरे पाहुनाहरु सँग डिलगर्दा कसैको हसिलो र मिठो बोली थिएन र कोही पनि औपचारिक पोषाकमा थिएनन ।यिनीहरु पनि अफीसर हुन रे । यिनीहरुलाई हेर्नु भन्दा त बरु भित्ताका केही सूचना पढौ भन्दा एउटा डेस्कको अगाडी देख्नेगरी पेपरमा नेपाली र अंग्रेजी भाषामा कम्प्युटरलेप्रीन्ट गरेर टासेको सूचनामा मेरो आँखा पुग्यो । लेखिएको थियो “भुईको रातो लाइन क्रस नगर्नु”। यसको अर्थ पछि बुझे, एकजना यात्रुलाई कर्मचारीले डिल गर्दै गरेको बेला पछिको यात्रुले लाइनमा पर्खदा रातो लाईन क्रस नगर्नु भनेको रहेछ तर महत्वपूर्ण कुराचै भुईमा रातो लाइननै थिएन कुन लाइन क्रस नगर्नु हो बुझिन । चौपट्टै गर्मि र अब्यबस्थित अध्यागमनको कामगर्ने शैलीले दिमाग चाटेको बेला मलाइत हास उठ्यो । 

ब्याग घिसार्दै टवाइलेट जाँदै थिएँ ट्वाइलेट नपुग्दै आधाबाटो देखिनै गन्हायो । नेपालको अन्तराष्ट्रिय बिमानस्थल सानो छ बिधुतीय सुबिधा छैन तैपनि ब्यबस्थापनका कुराहरु जस्तै भुईमा रातो लाइनको पेन्ट गर्न र एकजना मानिस अट्ने लाइनको लागि बारको ब्यबस्था गर्न प्रयाप्त ट्रलीहरु राखिदिन, ट्वाइलेट सफागर्न सम्म बजेट नभएको र ज्ञान सम्म नभएको । संसारमा के के भैसक्यो तर सतिले सरापेको हाम्रो देशलाई सारै पत्रु बनाएछन यहाका ब्यबस्थापकहरुले । नत यिनीहरुलाई लाजनै छ नत डरनै । हुनपनि लाज र डर कस्ले र कोसित मान्ने हो ?नेपालमा कोही बुद्धिजिबी र स्तरिय ब्यक्तित्व नै नभए जस्तो । भन्थे याहाको लाज र डर पैसामा किन बेच हुन्छ आज मलाई बिश्वास भयो ।

जसरी तसरी अध्यागमनबाट पारपाएँ । कम्प्युटरको ब्याग काधमा बोकेर लगेज बुझ्न तल झरें । लगेज लोडरले घुमाउदै थियो पर्खदा पर्खदै लोडर त किनहो किनहो ठप्पै रोकियो ? बिदेशीहरु समेत हामी छक्क प¥यौ। सोधेपछि थाहाभयो बिजुली गएछ । देश भित्र छिरेर गृह प्रबेश नगरिकनै लोडसेडिङ्गको मारमा परिहालेँ । देशभित्र पैसालिएर पर्यटक आउने ठाँउमा बिजुली नहुने र हामी देशका ठूलो हुँ भन्ने नलाएक को घरमा चै २४ घण्टै बिजुली हुने । दश मिनेटमा जेनेरेटर चलाएछन क्यार फेरी लोडरले काम सुरुग¥यो तर फेरी समान लोडरमा भित्रै अड्कियो। बुभ्mदै जादा लोडरको फित्ता चुडिएछ । एउटा नेपालीमा उखान थियो “कुन्ताकी गनाउने बुहारी त्योपनि भटमास खाएकी” ।

दुईटा लगेज हातमा र एउटा ब्याग काधमा भिरेर ट्रली खोज्न सारै गाह्रो भयो मलाई । एयटा कर्मचारी जस्तो कहाबाट आउनुभयो भनेर साध्दै थियो पसिनाले चुर्लुम्म भिजेके बेला मालकमाउने आएको होकी भनेर चाटन खोजेको उसले केही जवाफ फर्काइन उसलाई । याहा प्रसस्त ट्रली रहेनछन । म याहाको रैथाने मैलेत अन्तराष्ट्रिय बिमान स्थलमा ट्रली भेटिन भने बिचरा नयाँ आउने पाहुनाहरुले केगर्लान ? आफ्नू ब्यबस्था गरेर चक्का अड्किने ट्रलीमा समान घचेडेर खत्¥याक खत्¥याकपार्दै बाहिर निस्किदा सागर नै पार गरेजस्तो भयो । सडकमा आउने बितिकै उनीहरुकै सम्पति जस्तो गरेर ट्याक्सीका ड्राइभरहरु मेरो ट्रली खोस्न आईपुगे । कसलाई चै ट्रली बुझाउनुपर्नेहो म अलमल्ल परे र एकजनाको पछि लागे। भित्रपस्न नपाइकन ड्राइभरले सोधो कताजाने हो सर ? मैले भने नयाँ बानेश्वर ! उसले भन्यो एकहजार भाडा लाग्छ ! मलाई थाहा थिएन त्यसैले मैले हुन्छ भने । होइन सर त्यतिनै दिनुपर्छनी भनेर दोहो¥यायो । भाडाको दर भाउ केही रहेनछ भारतको बनारसमा श्राद्ध गराए जस्तो ।बाटोमा म चुपलागेर बिबाहको निम्तालु म बिहेघरमानै सरासर गएँ । जब बानेश्वर पुगेर टयाक्सीबाट उत्रिएर पछि केहीनबोली रु ७०० दिएँ खुसी भएन र रु १०० थपिदिएँ उसले नबोली समान बाहिर झारिदिए । मैले धन्यबाद भाई भने उसले जवाफ फर्काएन साएद भाडाले खुसी भएन होला । खास भाडाचै रु ५०० रहेछ । 

बिहानको समय ११ बजेछ । बिहेघरमा बिहेघर जस्तै चहलपहल थियो । दाजुकी जेठीबुहारी भर्खरै गत हप्तामा  अष्ट्रेलियाबाट आइपुगेकी, बहिनी ज्वाई अमेरिकाबाट गतरात ल्याण्ड गर्नु भएछ । म भर्खरै आइपुगेथेँ र माहिली बुहारीअष्ट्रेलियाबाट आजै दिनको तिनबजे आउनेरे तर नजिकको माइतिघर निस्किएर भरे आउछीन भन्दै थिए । दाजु भाउजु घरमै हुनुहुदोरहेछ दर्शन गरेँर घरको एक कोठामा आफ्ना समान थन्काएँ ।

बेलुका चार पाँच बजेको हुदो हो बिहेघरमा चहलपहल बढयो, ७–८ जाना आफन्तहरु आउनुभयो । कसैले सोधे कहिले आइपुग्यौ ?कसैले पुलुक्क हेरेमात्र। आस्चर्य लाग्यो म त्यति टाढाबाट आएको खासै कसैले महत्व दिएर हालखबरको केरकार गरेनन सायद बिदेशबाट आउने धेरै भैएछ क्यार । भेटघाट पछि उनीहरुको आफ्नै बिषयबस्तु जग्गाको किन बेचको बारेमा सबै ब्यस्त थिए । नेपालको सुन फलाउने उपत्यकाका जग्गाजमिनहरु लापरर्बाही बेचबिखान ले संसारकै अब्यबस्थित सहरिकरण भएको र भबिष्यमा यसको असरको बारे यिनीहरुलाई के थाहा र? नत उपत्यकामा जनसंख्याको चाँप अनुसारको प्रसस्त खाने पनी छ न बाटोघाटो नै । नचाहिने बेलामा बिजुली आउछ चाहीने बेलामा १८–१८ घण्टा बेपत्ता हुदोरहेछ । यसलाई लोडसेडिङ्ग भएको भन्दा रहेछन । सबैले इन्भर्टर चलाउदा रहेछन यो पनि बेलाबेलामा बिग्रदो रहेछ । शुद्ध बजारमा खाद्यपदार्थ कतै कही पाइदैन रहेछ । असलि चिन्न सक्नेलाइ खासै फरक पर्दोरहेनछ नयाँनौलोको लागि ठूलो जोखिम र ठगी रहेछ स्वदेशमा भारतको कटिहार जस्तै । यसको अनुगमन गर्ने को होलान, कस्को लागि गर्दा हुनर गर्दा हुनकी गर्दैनन होला ? यहा पनि धनकमाउने प्रशस्त ठाँउ हुदोरहेछ ।

केही समयपछि दोस्रो बिषय बस्तु तास खेल्न सुरुभयो । तर बिदेशमा चै यतिकोे फुर्सद कसैलाई हुदैन र यो अनउत्पादक कुरा हो भन्छन र मलाई पनि यस्तै लाग्छ ।नेपालमा समय बिताउन यो पनि राम्रै काइदाहो । फेरी साँझै नपरी खानपिन सुरुभयो ।हुनत पिउन साँझै किन पर्खनु प¥यो र ?यसो सरसर्ती सबैलाई हेरेँ । सबैका पेट बोरामा बालुवा हालेर झुण्ड्याए जस्ता झोलिएका रहेछन । बास्तवमा यो शरीरको ब्यतिmत्व नभएर रोगको भण्डारहो । आफ्नो स्वास्थको बारेमा अध्ययन त गर्छनहोलानी भन्ने ठाने । 

माहिलो दाजुको घर अगाडी फराकिलो बनाउदै गरेको सडक छ । सडकको छेउछाउमा बाक्ला र अग्ला ब्यतिगत घर तथा भवन छन । सडकमा दिनमा  १५००–१६०० वटा मोटर कुद्धछन र दुइ तिनहजार मानिसहरु पैदल हिड्छन । बाटो भर्खरै बन्दै गरेकोले घाम लाग्दा धुलो र पानी पर्दा हिलोले गरिखान दिदैन ।गत दुईबर्ष देखी यस्तै हरीबिजोग रहेछ । राती सुत्दापनि स्वस्थ सास फेर्न नपाइने रहेछ । आजै बिहान ट्याक्सीबाट म यहीउत्रिएर मेरा समानहरु उतारेको थिएँ ।

भोलिपल्टको कुराहो । बिबाहकोे भिडभाडमा लण्डनको डयुटिफ्री चक्लेट तथा केही कोशेलीहरुकोरङ्गिचङ्गी ब्याग घरैबाट मिसल्पेस भयो । हरायो भन्दा सबैलाई नराम्रो लाग्न सक्छ तैपनि सोधपुछ त गर्नै प¥यो भनेर सबै घरका मानिसलाई सोधें ।भाउजु देबी घिमिरेले घरबाट हराउननै सक्दैन यो के अनर्थ भयो भन्नुभयो । भाइ देवराजले ट्याक्सिमा त छोडीएन भनेर अटकलकाटे । मैले आफैले ट्याक्सिबाट निकालेको कसरी सम्भव छ छोडीन ? माइलोदाजुले टयाक्सिको नम्बर थाहा छ एयर्पोट भेटन जाउ भन्नुभयो । हरायो भन्दा सबैलाई चासो लाग्नुठिकै हो । मलाई भने बिश्वास लाग्दैनटयाक्सिमा छोडँे भनेर । आखिरीमा हराएरै छाड्यो । हराईसकेको बस्तु भेट्न सम्भव कमै हुन्छ । बिहेमा दाजुभाईको बिचमा मनोरञ्जन गरौं भन्ने बिचार थियो यो आफ्नो मातृभूमिमा यस्तैलफडा हुन्छभनेर आफूलाई चित्तबुझाएँ ।

दोस्रो दिन बेलुका जेठो दाजु मोहन घिमिरे, भाइ देवराज, दाजु राजेन्द्र घिमिरे, भाउजु बुहारीहरु एउटा बिबाह भोजमा जान सुटबुटमा सिंगारिएर घरको गेट अगाडी हिजोे टयाक्सीमा जाहा म उत्रिएको थिएँ त्यहीउभिएर हिजो हराएको झोलाको चर्चा गर्दै थियौं । हिजो घरबाट यस्तो घटना घट्यो भनेर दाजुमोहन घिमिरेलाई बताउदै थिए यो सुनेर दाजुले नमज्जा मान्नुभयो । म उभिएको ठाँउबाट केही छेउतीर सरे । बाटोमुनी थुप्रै मजदुर कामगर्दै थिए । छेउकै पसलबाट एकजना पसले हामी तिर हेर्दै थिए । मेरो जुत्ता केही चिजमा ठोक्कियो । भुँइमा हेरँे गेटको पिलरमा ठडिएको हिजोको प्लाष्टिकको ब्याग मेरो जुत्ता ठोकीएको रहेछ । बिश्वास भएन यो केहो भनेर झुकेर ब्याग भित्र हेरें हिजोको ब्याग जस्ताको तस्तै त्यही थियो ।ब्याग भेटीएको हल्ला खल्ला भयो । यो के अनर्थ भयो ?कसैले  नलगेको ? मजदुरहरु वरिपरी काम गर्दै थिए । तल्लो घरको दिदी र दाजुले भन्नुभयो त्यो ब्याग त हिजो बिहान देखि त्यही छ मैले देखेकोहँु। पसलेले भने हिजोदेखि केहो कुन्नी त्यो त त्यही छ । हजारौ मानिस योबाटो भएर हिड्थे कसैले देखेनछन, चलाएनछन र हेरेन छन । कष्टले त्यति टाढाबाट हातमा झुण्डयाएर ल्याएको समानजस्ताकोतस्तै भेटियो ।सबैजना चकित भए । यस झोलामा रु ३०–३५ हजारको फ्रेस बिदेशको समान थियो । थाहा पाएको भएबेबारीसे समान जोसुकैलग्नु सोभाबिकनै होे तर लगेनछन । फोहरमैला को प्लाष्टिकको ब्याग भनेर कसैले नउठाएका होलान भन्ने सबैले अनुमान लगायौं । अचम्मको कुराचै दुईदिनसम्म फोहरमैला उठाउन कोहीपनि त्यहासम्म नआएको । नेपालको यहीकुराचै सारैमनपरेन । हराएको समान घरमा थन्काएर सबैजना बिबाह भोजतिर लाग्यौं । रातमा भोज खुबैजम्यो र निकै रमाइलो भयो ।
बि.स.२०७१ साल फाल्गुण ४ गते भतिज सन्तोसको बिबाह धुमधामका साथ सम्पन्न भयो । धेरै बर्ष पछि परिवार भित्रको बिबाहमाम सामेलभएको थिए । घरबाट करिब ७०० निमन्त्रित पाहुना तथा इष्टमित्रसँग जमेर बरियात गयौँर खुब नाच्यांै, सबै संग भेटघाट भयो तर काठमाण्डौंमा बस्ने १३ दिने दाजुभाईको उपस्थिति भने भएन । के कुतल प¥यो तर्क बितर्क मै बिबाह सकिने भो । हुनत हामीलाई जस्तो सबैलाई फुर्सद कहा हुन्छर ? तैपनि मर्दा काधहाल्ने र पर्दा गर्धन थाप्ने काठमाण्डौका मात्रै ५०–६० जना भन्दा ज्यादा भाइबन्दुहरुउपस्थित नहुँदा यस बिषयमा सोच्नुनै पर्ने थियो ।

बिबाह सकियोर बिदागर्ने काम सिद्धिएर परम्परा अनुसार बेलुका रमझमगर्दै घरमा दुलही भित्र्याई परिचय गर्दै करिब तिन घण्टाको टिकोटालो सकियो र खानपिन ११ः१० बजे सिद्धियो । एकैछिनमा घरको फोनमा घण्टी टवार्र टवार्र बज्नथाल्यो । फोन त उठ्यो तर फोनको समाचारले भर्खरैलोडसेडिङ्ग भएरबिजुलीबत्तीले घर झलमल्ल भएपनि फेरी मन अन्धकारले छोप्यो । समाचारले सबैजना स्तब्द भयौं । दाजुभाइको सानू मिटीङ्ग बस्यो र थाहा भयो जेठाबा नन्दलाल घिमिरेको माहिला छोराको जेठो छोरा भतिज ध्रुब बहादुर घिमिरे ४५ बर्षको उमेरमा परलोक भएछन। शोक त सबैलाई लाग्यो र हामी १३ दिने घिमिरेहरुलाई अब जुठोप¥यो।बिबाह सकिएतापनि बेहुला तर्फको बिहे भोज रोकीने भयो भनेर चासोको बिषय भयो । घरको मानिस भोजमा नगइ निमन्त्रणा गरिएका ६००–७०० पाहुनाहरुलाई भोज ख्वाउन १३ दिने दाजुभाई भित्रको जुठोमा यो सकसको बिषय हो। अबपार्टी स्थगितगर्ने भन्ने प्रसंग सबैथरिका दाजुभाईको सल्लाहर सुझावलाई मनोनयनगरेर भोजस्थगित गरियो । यो निर्णय सान्र्दभिक र ब्यबहारिक थियो। बिबाह पछिका परम्परागत सबै कार्यक्रमहरु १३ दिनकालागि परसारिए । टाढाबाट आउनेहरुलाई र भोज ख्वाउन नपाउदा घरका मुख्य अभिभाबकलाई बिस्मत भयो ।
रातारात पत्रकार घरमा बोलाइए बिबाहभोज स्थगन गरिएको समाचार सम्पादन गरि भोली छापिने दैनिक पत्रिकामा प्रकासन गर्ने तथ्य भयो । निमन्त्रित पाहुँनाहरुलाई मौखिक र फोनबाट पनि यस दुखद समाचारको जानकारी गर्ने यथाबत हुदैगयो । धोबीको कुकुर घरको न घाटको भने जस्तैबिदेशबाट बिबाहको लागि भनेर स्वदेश आएको ब्यतिm म नससुराल जान पाउनेभएँन घरमा मनोरञ्जन गर्ननै।

पूर्व योजन अनुसार हाम्रा पिता तथा माता बमप्रसाद घिमिरे र नन्दकुमारी घिमिरेका सन्तती हामी पुत्रहरु माता पिताको आत्माको चीर शान्ति एवं श्रद्धान्जली स्वरुप असहाय दीन दुःःखीमा सेवा पु¥याउन एवं प्रखर प्रतिभाहरुको कदर स्वरुप प्रोत्साहन पुरुस्कार वितरण गर्न “नन्द कुमारी पुरष्कार प्रतिष्ठान २०७०” नामको प्रतिष्ठान निर्माण हामी छोराहरुले गरेका थियौं। यसको लागि एउटा कोष खडा गरि स्थानीय बैंकमा खाता खोलेरअक्षयकोष स्थापना र संचालन गर्नुपर्ने थियो । उक्त कोषबाटहुन आएको बार्षिक ब्याज हाम्रा माता पिताले आफ्नो जीवन कालमा प्रमुख रुपमा निवास गर्नु भएको खोटाङ्ग, वुइपा खिरीको जगदम्वा मा.वि.मा बार्षिक रुपमा प्रवेशिका परीक्षामा उच्च अंक ल्याई सफलता हासिल गर्ने छात्र छात्रालाई आजिवन प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्ने योजना यथाबत थियो । उक्त योजना मुताबिक हाम्रो जन्मभूमि बुईपा, खिरीमा पाइला टेकेर यसपाली यो सानू कार्य पनि पुरा गर्नुथियो ।

यही कार्यको लागि दाजु श्यामप्रसाद घिमिरेको पहलमा २४ जना घर परिवारका सदस्य (छ भाई छोरा, एक बहिनी छोरी, छ बहिनी बुहारी, एकजना नाती, तिनजना नातिनी बुहारी र बाँकी सात जनाइष्टमित्र) को हाम्रो टोली काठमाण्डौबाट वुइपा खिरी, खोटाङ्गको लागि प्रस्थान गर्ने योजना बन्यो ।

केही दसक अगाडी ७–८ दिन हिडेर काठमाण्डौंबाट जन्मस्थलमा पुगिन्थ्यो हिजोआज बिहान ६.०० बजे हिंडेमा दिउसो ४.०० बजे नै पुगिन्छ रे । कोही भन्छन मुलुकमा बिकास भएको छैन तर एकैदिनमा जन्मस्थलबाट काठमाण्डौ आईपुगिने भएछ । हुनत यो युगमा एकैदिनमा संसार भ्रमण गर्न नसकिने होइन । त्यसोभए हामी हिंडडुल गर्न मिल्नेर सक्ने परिवारहरुलाई यो ऐतिहासिक जन्मस्थलको भ्रमणमा किन नसमेट्ने भनेर दाजु श्यामप्रसाद घिमिरे को नेतृत्वमा यतिठूलो जमात भ्रमण गर्नतयार भयो । आपूm असक भएर भ्रमण नगरेपनि दाजु मोहन घिमिरेले पारिबारिक सुझाव दिनुभै भ्रमणको चासो राख्नु भएको थियो र अन्य दाजु भाईहरुले पहल र सहयोग गरेका थिए ।

प्रस्थान गर्नेक्रममा योजना अनुसार बिहान ५.०० बजे दुई वटा टाटासुमो जिपहरु१८ जना यात्रुको लागि घरमा आईपुगेका थिएर यही समयमा ६ जना बिराटनगरबाट बुइपा खिरी प्रसथान गर्दै थिए । जाने अरु परिवारहरु मोटरमा लोड हुँन श्यामदाजुको घर छेउमा छाडेर बिहान छ बजे म र जेठी बुहारी नीतु घिमिरे उनैको यम.आर.पि. पासपोर्टको निबेदन हाल्नटयाक्सीबाट परराष्ट्र मन्त्रालय लाग्यौं । 

खोटाङ्गबाट फर्केर आएपछि निबेदन हालेमा २० गते फाल्गुन उड्न ढिला भैसक्नेहुँदा आजै बिहान छ बजे निबेदन हाल्न बाध्यता भयो । नेपाल सरकारको जनघनत्व र जनसम्पर्क सेवाग्राही सरकारी कार्यालयहरुमा नयाँ सरकारी नियम अनुसार बिहान ६.० बजे खोलिने कार्यालयहरु मध्य परराष्ट्र मन्त्रालय पनि एक हो त्यसैले फष्टआवरमाकाम सिध्याउन हामी त्यहा पुगेका थियौं । हामीलाई लाग्थ्यो हामी पहिलो ब्यतिmहुनेछौं र आधा घण्टामानै फर्म बुझाउन सकिनेछ ।

 त्यहा पुगेपछि थाहाभयो हामी १२ सय निबेदकहरु को लाइनको पछाडी प¥यौं । मुख्य द्धारबाट छिरिसकेपछि भित्र ५०० जनाको अर्को लाइन थियो । बास्तवमा हामीले इमान्दार पुर्बक पहिलो र दास्रो लाइनमा बसेर मात्र फर्म बुजाएको भए बिहानको १०–११ बज्दथ्यो र हाम्रै कारणले खोटाङ्गको यात्रा ढिला हुने थियोे ।

परराष्ट्र मन्त्रालयको प्राङ्गणमा सुरक्षाकमिहर्रु, प्रशासनको कर्मचारीहरुर लाइनमा बसेका निबेदकहरुको सामुन्नेकुनै नराम्रो हर्कत नगरी पहिलो निबेदन दर्तागर्न हामी सफल भैयो । निबेदक नीतु घिमिरेले पनि समय आवस्कता अनुसारको चतु¥याई गरेर निबेदन दर्ता गराइन । निबेदन दर्तागराउन त्यस सिमित समयमा हामीले जे जे गरेपनि प्रमाणको लागि देखाउन हामी सँग केही थिएन तर सबै औजार प्रयोग गरेरपहिलो निबेदक बन्न सफल भयौं । काम सकियो र हाम्रो टार्गेटको समयलाई मिट गरेर गुड्नै लागेको टाटा सुमोलाई कोटेस्वरमा भेट्यौं । सबैजना हाम्रो प्रतिक्षामा हामी आउने बोटो तिर एकोहोरिएका रहेछन । जेजस्तो भए पनि कुनै बित्ने, जोखिममा पर्ने र नगरिनहुने खाल्का महत्वपूर्ण कामहरु सिमितसमयमाकहिलै गर्नु हुदैन। समयलेनत कसैलाई चिन्दछ नत मायानै गर्छ ।

धुलिखेल बर्दिबास, बिपी. राजमार्ग
यसपछिको हाम्रो यात्रा जापान सरकारको अनुदानद्धारा निर्मीत धुलिखेल बर्दिबास सडकमा जिवनका अनुभव र चुट्किलाहरु भन्दै रदिदी कमला देबी र बुहारी सरिता घिमिरे ले बनाएका परिकार र फलपूmलहरुको स्वाद लिदै बाटो काट्न थाल्यौं । बेलाबेलामा टाटासुमो रोकेर आउदै गरेका मोटरलाई बाटो छोड्नु पथ्र्यो । यस्तो बाटो छाड्नुपर्ने पिरले त्यति धेरै खर्च गरेपछि अलिक फराकिलो सडक बनाएको भएपनि हुन्थ्यो जस्तोभयो । लामो सफरमा रमाईला कुरागर्दै बाटो काट्दा सुनकोशी र तामाकोशीकोदोभानमा(बेनीघाट) पुगिए छ ।

 सुन्दर प्रकृतिको संगम भएको दोभान मोटरबाटै प्रष्ट देखिन्थ्यो । अलिक पर डाँडाकटेरी भन्ने ठाँउ कटने बितिकै खुकोर्ट मन्थली राजमार्ग बि.पी. राजमार्गमा जोडीदो रहेछ । यो राजमार्ग दोलखा जिरी जाने राजमार्ग हो । तर खुकोर्ट मन्थली राजमार्ग बी.पी. राजमार्ग जस्तो बिकसित थिएन । घरि दुधकोशी घरि सुनकोशी भएपनि अग्ला अग्ला पहाडको बिचमा निलो रङ्गमा बगेको यो कोशीले हामीलाई छोडेको थिएन एक्कासी दुधकोशीको बगरमा अबस्थित खुर्कोट बजारमा हाम्रो मोटर रोकियो । 

दुईवटा मोटरका हामी यात्रुभोकले आतुर भएका थियौं र हेर्दा इज्जतै नजाने रिसोर्ट खाल्को एउटा होटलमा पसि आफूलाई इच्छा लागेकोतयारी खानाले (कोशीको तारेको माछा, मासु, अचार तर्कारी) पेट भर्न थाख्यौं । 
घुर्मी बजार ।
दाजु श्याम घिमिरेले भोड्का खोल्न थाल्नुभयो र भाइ देबराज चिसो बियरले ल्गास भरे । यही त भ्रमणको रमाइलो । एकलट स्टार्टर सकिएपछि सबैले माछाको झोलसँग पेटभरी खाना खायौं । खानामा खासै कमेन्ट गर्नु पर्ने थिएन । हामी भित्रबाहिर गर्न थालेको देखेर हाम्रा मोटरका ड्राइभरले मोटर घार्र घुर्र पार्नथाले । पाँचै मिनटमा हाम्रो मोटरले खुकोर्टबजार छाडेर बि.पी. राजमार्ग पनि छोड्यो ।
घरि कच्चिसडक घरि पक्कि सडकमा मोटर भित्र हल्लिदा हल्लिदै कत्तिखेरबि.पी.राजमार्गले हामीलाई दुधकोशीकै किनारमा छोडे छ । हामी त घुर्मी मध्यपाहाडी राजमार्गको धुलो उडाउदै थियौं । यो कच्ची सडकमा मोटरले सारै उफारो । दाजु चन्द्र संजेलको त मोटरको भित्तामा टाउको धरै पटक ठोकियो । सडकमा कलकलाउदा हुर्कदै गरेका पहाडका बोका खसी र रहरलाग्दा पाठापाठीहरुले घरिघरि बाटोकाट्थे ।यसको गोठालाहरुलाई कुनै असर थिएन तरहामी मोटरभित्रै झस्किन्थ्यौं । गाईबस्तुहरुले पनि बाटो छेकेर यस्तै पिरलो गर्दा रहेछन । यस्तै पशुपंछीहरु सँग सडकमा जम्काभेट हुँदा हुँदा थुप्रै घुम्ति भएको कच्चि सडक बगर र पाखा हुदै हर्कपुर छिचोलेर दिनको दुइबजे घुर्मी पुगेका थियौं । भबिष्य बोकेको प्रकृतिको भण्डार घुर्मी बजारमा बिकासका पुर्बधारहरु धमाधम प्रारम्भ हुदै रहेछन । नागबेली आकारमा बनेको कटारी सगरमाथा राजमार्गको संगम यसै ठाँउमा जोडिनाले यो ठाँउको भबिष्य राम्रोरहेछ । बजारबिस्तार हुँदैगरेपनि अब्यबस्थित खोला किनारको सानू यो सहरमा एउटा सार्बजनिक पाइखाना पिन थिएन । अघि पछि गर्दै बाटो काटेपनि हाम्रा दुबै टाटासुमो यहा आइपुगेका थिए । अघाउन्जेल मोटरका मालिकले मोटरमा इन्धन भरे र पानीले हामीले पेटभ¥यौं । 

भाई देबराज ले टवार्र टवार्र बजेको मोबाइल उठाए । भाई पुस्प र उनी श्रीमती, भाई रमेश र उनकी श्रीमती र  पुष्पका भाइका मित्र र उनकी पत्नी बिराटनगर र इटहरीबाट गाईघाट कटाहारी हुदै मोटरब्याकमा आउदै थिए । यिनीहरुले सारै जोखिम उठाएका थिए मोटरब्याकमा यती लामो बाटोको सफर गर्न । उनीहरु पनि हाम्रै भ्रमणका सदस्य हुन । यिनीहरु यात्रागर्दा निकै रमाइलो गर्थे रयात्राका सहयोगी थिए । यिनीहरु पनि हाम्रो मिस्सनका प्राथमिकमा परेका सहभागी हुन।फोनको समाचार अनुसार घुर्मीभन्दा १५–२० कि.मि. टाढा तिनवटा ब्याक मध्य एउटाले धोका दिएछ र सारै मन छुने दुःख यिनीहरुले पाएछन । मोटरब्याक बन्नेत पहाडको बिचमा कुनै सम्भवनै थिएन । एउटा बिकल्प थियो बिग्रिएको मोटरब्याक त्यहिछोडेर कुनै मोटरबाट आई हामीलाई भेटेर खादखुद गरेर जाने । तर समयको कारणले उनीहरु हामीभन्दा टाढा थिए । हामी एउटा मोटरका नौ जना अघाडी बढ्यौ र अर्को मोटरले पर्खने भयो । दुधकोशीमा पुल बन्दै रहेछ मोटरअस्थायी पुल पानीबाटै तर्नुपर्ने थियो । हेर्दाहेर्दै हाम्रो मोटर अस्थायी पुलबाट खतरा मोलेर पारभयो सबैले ताली बजाए मनमा लाग्यो नेपालमा जताततै जोखिम लिनुपर्ने रहेछ । बिदेशमा सरकारले नागरिकको जोखिम लिइदिन्छन तर हामीले आफैले पनि लिन नसकिने । कोशी तर्दा पानीमा माछा बाहिरबाट प्रष्ट देखिन्थे ।

कोशीतर्ने बितिकै ४–५ कि.मि. सम्म मोटरको टायर धुलोमा एकफीट धसिदै उकालो पार भएपछि यस्तो खराब सडक सकिएर एक्कासी मनैलोभ्याउने सडक सुरुभयो । मन थामिएन र चालकलाई सोधे “यो सडक अचानक कहाबाट आइलाग्यो गुरुजी” ? शान्त मुद्रामा उनले भने सर ! यो हर्कपुर ओखलढुंगा सडक हो । यो सडक सोलु सल्लेरी सम्म यस्तै छ तर दिक्तेल सडक यस्तो छैन भनेर उनी रोडको आफ्नो काममा केन्द्रित भए । त्यसोभए ओखलढुङ्गाका जनताहरु, मानव अधिकारबादीहरु, नागरिक समाजहरु, साभासदहरु र संघसंस्थाहरु खोटाङ्ग दित्तेलका  भन्दा सक्रिय रहेछन भन्ने मनमा प¥यो ।

अब हामी ओखलढुंगा जिल्लाको जमीनमा दगुर्दै थियौं । चालकले मोटरको गियर बद्लिए । एकै छिनमामोटर त हर्कपुर ओखलढुंगा रोड छोडेर हिले पानीमा रोकीयो । हामी खुट्टा तन्काउन मोटरबाट बाहिर निस्कियौं । सानु ढिस्को, चारैपट्टि हेरेर मन दङ्गभयो।यो फाल्गुण पहिनाको सुख्खा समयमा पनि हाम्रो देश कतिराम्रो नेपालका घुस्याहा कर्मचारीहरु र बेबकुफ राजनीतिज्ञहरुको आँखा नपरे जस्तो ।घुमि घुमि चारै पट्टि हेरे दुई तिन वटा दोकान समेत भएका७–८ वटा झुप्रा भएको यो टाकुरोमा बिजुली झलमल भएपनि खाने पानी को सारै दुःख रहे छ । भाई देबराज र मैले पानीको सट्टा बियर मागेर पियौं ।आखिरीमा मोटरका सबै छजना बाहिर निस्कनु भयो र बाँकी सबैजनाले चिसो पु्रmटी पिईदिनाले हामीलाई सजिलो भयो । तल नदी, पहाड, कहि न कहि प्राकृतिको मनमोहक दृष्यमा हामी ब्यस्त भयौंतिनवटा बीयर पिउन्जेल हामीलाईअल्छि लागेन। 

दोस्रो मोटर पनि आइपुग्यो तर हामी भने हिड्न लागेका थियौं। मोटर ओह्रालो लागेको केहीबेरमा भर्खरै उद्धघाटन गरेको दुधकोशीको जयरामघाट पुलतर्न तरखर ग¥यो । एकैछिनमा एउटैकोशी दुइपटक तर्नुपर्ने । गौंडा ढुके हात्तीको पिठ्युमा ढ्यापमार्न पाइन्छ भने झै जयरामघाटको सानै पुल भए पनि यस भेगका जनताहरुले पुलबाट वारिपारि गर्न धेरै बर्ष कुर्नु प¥यो र आखिरीमा सफल भए । हामी पनि पहिलो पटक पारी त¥यौं । पहाडको बजार भनौं या गाउँघर। सिन्धुली, ओखलढुङ्गा र खोटाङ्ग जिल्लाको संगम यस ठाउँले पनि उज्जल भबिष्य पर्खेर बसिरहेको रहेछ तर हामीले भने यहा नपर्खि उकालो लाग्यौं । 

सारै बिकटीलो फर्केर कहिल्यै नआउँजस्तो नागबेली परेको ग्राभेल सडकमा मोटरले हामीलाई माथि तान्दै थियो भने बिहान देखी हाम्रो पिछालागेको दुधकोशी तल तल छोडीदै थियो । दिक्तेल सडकमादौडदा भित्रै धुलो छिरेछ दिनभरी नदुखेको टाउको बल्ल दुख्न सुरुग¥यो । एकैघण्टामा हलेसी भन्दा केही तल च्यास्मेटार आइपुगे पछिएउटा पुष्ट समाचार फेरी आयो भाइहरु एउटा मोटरबाट आउदै छनरे र दुईटा मोटरब्याकमाबाँकी चार जना पनि । आज हलेसीमा नै बासबस्नु र हलेसीमा मोटरब्याक राखि पब्लिक मोटर चढेर बिजुले सम्म आउनु भनेर समाचार पठायौं । आखिरीमा उनीहरु राती हलेसी आइपुगेछन खाईपियई राम्रो चलेछ । मोटरब्याक त्यहि राखेर भोलिपल्ट बिहान १२ बजे खिरीमा खानाखान आईपुगेका थिए । 

धोजापत्ताले सिँगारिएको हलेसी महादेवस्थान ।
अपह्रान्नको चार बज्न लागेको थियो हामी हलेसी महादेबथान को पश्चिमपट्टि हलेसी बजारमा मोटर रोकेर आँखा पबित्र पार्दै थियौं । झण्डै ४० बर्ष पछि फेरी मैले हलेसी महादेब थान को परिसरमा खुट्टा टेकेको थिएँ । यसो हेर्दा शहर जस्तो देखिने यो तिर्थस्थल अब पहिलेको जस्तो हलेसी रहेनछ ।महादेबकोदर्शन नै नगरी हामी उकालो लाग्यौं । हलेसी सम्म चै केही कच्चि र केही पक्कि सडकहुँदै आइपुगेका थियौ अब यहाबाट हाम्रो आजको मोटर चढ्ने अन्तिम ठाउँ बिजुलेभञ्ज्याङ्ग सम्मपातैमा जिउराखेर जानुपर्छरे । हामी देश खाएर सेस भएकाहरुलाई त खासै फरक पर्ने थिएन तर कहिलै पहाड नदेखेका र हाम्रै भरोसामा सहयात्री भएका हाम्रा नयाँनबेली बिदेशी बुहारीहरुभन्थे हामी हलेसीमै बस्छौं । तर मुखले भनेपनि ब्यबहारले साथ छोडेनन । केही कि.मि. माथि पुगेपछि आधा घण्टा सम्म कुहिरोमा हामी हरायौं । यो कुहीरो पानीको कणले बनको नभएर धुलाको कणको बनेको थियो । हलेसी देखी बिजुले सम्मको करिब दुईघण्टाको आजको यस अन्तिम यात्रायस्तै यस्तै भएर दुखदाई बन्यो । छ बजे साँझमा बिजुले भञ्ज्याङ्गआईपुग्दा बक्सिङ्ग खेलेको जस्तै शरीरजता छुयो त्यतै दुख्ने भएछ । मलाई त योगा गरे जस्तै भयो तर पेटभने खाली थियो ।

बिजुले भञ्ज्याङ्गको साँझको चिसो हावाले रुखपात सँगै मुटु हल्लिरहेको बेला हामीले अब हिँडेर पुग्नुपर्ने ठाँउ त्यहीहो भनेर डाँडाबाट देखाउँदा (हाम्रो खिरी गाउँलाई देखाउदै) कसैकसैको त सातोपुत्लो उड्यो । साईली भाउजु सीता घिमिरे र उमा संजेल, दाजु चन्द्र संजेलकी पत्नी(हिड्न शारीरीक कमजोर हुनेहरु) लाई यो हिंडाईले मर्का पर्ने थियो । बास्तवमा,हामी सबैको आज त्यहा पुग्ने भन्दा पनि भोलि फर्केर कसरीआउने भन्ने चिन्ता चै ज्यादा भयो । 

साझ ६.३० बजेखिरीबाट लिन आएका तिनजना भाईहरुले कमजोर देखिनेहरुको ब्याग काधमा हालेर बाटो देखाउने नेतृत्वको जिम्मा लिए । गाई भए गोरस भाई भए भोरस भनेझै चाडै खिरी पुग्ने आस्वशन देखाएर  एकजना सानू भाईले साइलाबाको घरजग्गाको खायल बिजुले हुदैहामीलाई ठाडै ओरालोकुदाए । आरालो त लागियो अब आधै घण्टामा अध्यारोले हामीलाई छोप्नलागेको के थियो केही तल झरे पछि अन्धकारले कसैलाई नचिन्ने भयौं । हिड्दाहिड्दै उतीसको जंगल, सल्ला घारी, भिरपहिरो र नाम मात्रको गोरेटोको ओह्रालोमाहामीले हिड्नुपर्ने भयो । राजनभाई सँग चन्द्रदाई र बिष्णुदाई ले नेतृत्व गरेको दश बाह्र जनाको टोली अगाडी बढिसकेको थियो र मैले नेतृत्व गरेको समुहमा पहाड नटेकेका तिनजना बुहारीहरुर दुइजना खिरीका रैथाने भाईहरुसँग हातमा टर्च र मोबाईल बाल्दै  सकिनसकी हात र खुट्टा दुबै टेकेर बाटो काट्दै थियौं । आधा बाटो काटेपछि कतिबाटो बाँकी छ भनेर सोद्धा आधापनि भएको छैन भनेर जबाफ पाएरनितु घिमिरेले हरेस खाई डाकोछोडेर रुन थालिन ।मलाई सारै चित्तफाटेर आयो । बास्तवमा सबैले यो अप्ठारो बाटोहिड्नसकेका थिएनन र यिनीहरुलाई सञ्चोपनि थिएन । म पहाडमा हिड्डुल गरेकोलाई पनि कताकता आत्तिएको थिए अब केहुन्छहोला भनेर । 
अगाडी गएको समुह तल लैकुखोलामा पुगेका मध्य एकजनाले कहा आइपुग्यौ भनेर तलैबाट कराउदा स्वर वारिपाखा पारिपाखा ठोकिदै थर्किएको स्वर भरे हामी भएको ठाउँमा आइपुगो । मन आत्तिएको बेला परिचित स्वरहरु पनि अनौठा हुँदारहेछन । हामी भएको ठाउँबाट जबाफ फर्काउने हाम्रो तागत थिएन । हामीलाई लिन आएका पहाडमै हुर्किएका भाईहरुलाई त खासै हाम्रो समस्याको असर परेन तर दुर्दसा देखेर कुनै तरह सहयोग पु¥याउनतम्सिएका थिए ।यो निस्चित थियो यदि केहिकथङ्काल छेउबाट खस्यौं भने पत्ताल भासिने थियौं । यसकुराको बेलाबेलामा भाइहरुले हामीलाई सचेत गराउदै थिए ।

मसँगभएको दुखाई कमगर्ने औषधी र सितामोल यिनीहरुलाई खान दिएँर मलमपट्टी पनि गरिदिएँ। हामीसँग भएको टर्चलाइटकोब्याट्री सकिएर मधुरो बल्न थाल्यो तर पारी पट्टी गाउँ बस्तिमाचै फाट्ट फुट्ट बिजुली र बत्तीहरु बलेका भएपनि हाम्रो लागि अर्थहिनथिए ती प्रकाशहरु । हाम्रो ओरिपरी जुनकिरी नघुमेका भने होइनन र आकासमा खिइसकेको जुन र चम्किन बिर्सिएका ताराहरु भने हामीतिर घोप्टीए जस्ता देखिन्थे ।

जंगल र झाडीको च्यापबाट तलदेखी छिरेको प्रकाश सँगै के भयो हो हो भन्ने आवाज हामी भएको ठाँउमा पाखा छुदै आइपुग्यो ।हामी पाँच जना भीरपाखाको गोरेटोमा बसेका थियौं । आवाज सुनेर हाम्रो केही तरान आयो । अन्तरे काकाका छोरा राजन घिमिरे चलाख र सहयोगी रहेछन । उनी हाम्रो बिपतीलाई बुझेर हामीलाई लिन तलबाट माथी आएका थिए । यिनले भतिजी नितुकोहात समाएर तँगार्दै तल लैकुखोलासम्म ल्याए । बुहारी नीरु र ममता आफ्नै सुरमा पाइला घिसार्दै थिए । अगाडिको टोली लैकुखोलामा पाती चढाई सकेर खोलाको चिसो पानी पिइपाखामा लम्पसार परेका रहेछन । हामीले पनि पानी अँचायौं, पाती चढायांै र खोलाको चिसो पानी पियौं । यो हाम्रो परम्परा बोकेको खोला हो । यहीको खुल्ला चिसो पानीले मलाई रुघा खोकी सुरुभयो । यही खोलाको पानी पिएर पाखामा पातीको बुटा समाएर दिसा पिसाब गरेर हुर्किएको हामी अब उमेरले डाँडा काटे छ । अन्नको परान पानीको तरान भनेझै पाहाडको कन्दराबाट बगेको पानीले जिउमा उर्जा दियो र बुहारी सरीता र देबी भाउजुले घरबाट बनाएर ल्याएको खाजालेहामीलाई साहास थपिदियो । 

माथि डाँडामा ठूलो आवाजलेकराउदै केहीब्यक्तिहरु हातमा राँकोबालेर बनजंगल थर्काउदै हामीले भर्खरै हिडेको बाटोबाट आउदै थिए । अब यिनीहरुको सहयोग लिनुपर्ला भनेर सोच्दासोच्दै आखिरीमा यिनीहरुत श्यामदाई, श्यामदाईका मित श्याम खड्का, भाई देबराज घिमिरे र गाउँका भाई भोला घिमिरेहरु रहेछन । यिनीहरुले बिजुले भञ्जयाङ्गमा केही इन्धन भरेर आह्रालो लागेका रहेछन त्यसैले हामीभन्दा आँटिला र जोसिला देखिन्थे । 
लैकुको बगरमा ढलेका सबैजनालेअब एकपाइलो अगाडी सार्न नसक्ने अभिब्यति दिएर लम्पसार परेकाहरुश्यामदाईको उपस्थिति पछि सबै ज¥याकजुरुक उठे । कमला दिदीले सबैलाई फकाउदै बाटो लगाउनु भयो । बाँसको राकोको भरमा उत्तीसघारीको पाखो, कुलो, गल्ली, खेत र गाउँ हुँदै छापागाउँ राईको घरमा पुगेछौं । फेरी अर्को राँको थपेपछिश्रीजगदम्बा माध्यामिक बिद्यालयमा पाइला टेक्न पुग्यौं  । स्कूल डाँडामा थुप्रै गाउँलेहरु हातमा टर्च बालेरहाम्रो स्वागतको लागि लामलागेर बसेका थिए । सबैसँग केही चिनजान गरी केही भोलीलाई बाँकी राखेर आपूmले पाँच दशक अगाडी “क, ख” छिचोलेको पाठशाला हेर्न गयौंं । 

रातीनैहिँडेर पाठशालामा ओहोरदोहोर गरौं। हाम्रो समुहका नयाँ यात्रुहरुलाई हिँडेर बल्ल बैतर्नी पार गरियो भन्ने लागेको अबस्थामा हामीले बिद्यालय बाटै पारिपट्टि हाम्रो आजको गनतब्य स्थलदेखाउदा छाँगाबाट खसेकोझै भै कसैले उज्यालो मुखलगाएनन । दाजु चन्द्र संजेल र उमादेबी संजेलको १४ गते फल्गुणको दिन घरैमा बिबाह थियो । बिबाहमा एकदिन अगाडीउपस्थितिअनिबार्य भएकोले वाहाहरुको भनाई अनुसार भोलीनै कुनै एउटा यातायातको साधन खोजेरफर्कने थियो । यसबेला बल्ल मलाई लाग्यो हाम्रो गाउँमा मोटर आइपुगेछ । बेला बेलामा मलाई कोट्याउदै भन्दैहुन्थ्यो बाबुहामी पर्सिको कार्याक्रममा बस्दैनौं। सायद मेरो भरोसा लागेर होला तर म सँग साधन थिएन । यस्तो प्रतिकृयाले अरुकोपनि आँतले हारेको भावनाहरु रातीभएपनि अनुहारमा देखिन्थ्यो। यस निरासालाई बुहारीहरु र साइली भाउजु सीता घिमिरेले साथ दिनुभएको थियो । दाजु श्याम घिमिरेको सामुन्ने आफ्नो मार्का प्रस्तुत गर्न कसैको सामर्थ थिएन । सबैलाई फकाई फुल्याई गरेर आधाघण्टा सूर्यकोबारी सिरानबाट कान्छीआमाको खायल हुँदै बरको चौतारो भएर चुचेढुंगा माथिबाट भएर कान्छीआमाको धारोहुदै खोला तरी पधेरेखेतलाई फट्को मार्दैखेतैखेत सार्कीडाँडा माथि काका जनकप्रसादको घरमा राती १०.३० बजे पुगेका थियौं । यसबेला सबैको खुट्टा दुखेपनि खुसीले मेराखुट्टा चै भुईमा थिएनन ।

जिम्मुवाल अन्तरेको घरमा टेकेरमन शान्त भयो । सिरमा ढाकाको टोपी र सुकिलो पोषाकमा खाइलाग्दो पातलो अन्दाज ७७–७८ बर्षको गोरो अनुहार भएको एकजना मानिस हाम्रो प्रतिक्षामा एक्लै बाहिर खाटमा बस्नुभएको रहेछ । यी ब्यक्ति अरुकोही नभएर हाम्रा पिताजीका साख्खे भाई अथवा हाम्रा समकालिन पिता वा पिताकै स्वरुप बोकेका अन्तरे काकाबाबु थिए । नजिकै गएर हेरँे काटिकुटी स्व. पिता बमप्रसाद घिमिरे जस्तै लाग्यो । यसबेला सबै चालढाल स्वभाव पिताजीको जस्तै थियो ।नरम गोडा तानेर ढोगें र सबैले एक एक गर्दै दर्शन गरे । काका जनकप्रसादले आसिर्बाद दिनभयो। मध्यरातमापनि काका जनकप्रसादका तिखा र झरझराउदा आँखा टिलपिल पानीले भरिएका थिए खोइकुन्नि बिनाबर्षात कहाबाट मुलफुटेको थियो ।सबैलाई आफ्नै घरमा बस्नेठाँउको ब्यबस्था गरेको रहेछ । हामी आएको बाटोको बारेमा सुनाएपछि यस्तो कठिनको बाटो कसरी हिंडेछन अर्को सजिलो बाटो ल्याउनु पर्थो भनेर बंशको नाताले र भाईभतिजाको मायाले खातिर गर्दै दुइथोपा आँसु खसाउनुभयो । त्यो बाटो यस्तै आँसु खसाउने खाल्कै थियो । पहाड रसाएझै यस दुर्गम पहाडमा हाम्रा पिताजी भएको महसुस भै कताकता छोएछ हामी पनि रसायौं । 

काका जनकप्रसाद घिमिरे, नारायण घिमिरे (साइलाबाको कान्छो छोरा रहाम्रो भाई), भाई राजन (काका जनकप्रसादको छोरा), जुम्ल्याहा भाई लक्ष्मणर काका जनकप्रसादकी अन्तिम सन्तान बालक बहिनी रोसना हाम्रो अठारौं जनाको समूहको ब्यबस्थाको लागि बेफुर्सद थिए । घरमा ब्यबस्थित देखेर बल्ल सहिठाँउमा आइपुगिएछभनेर काका जनकप्रसादका हामी परिवारको अनुहारको रङ्ग फेरीयो । घरै छेउको पानीको धारामा हातगोडा धोइ बिस्तरामा बस्नै नपाइकन काकीआमाले खानाखान बोलाउनु भयो । खुट्टा छोएर दर्शन ग¥यौं । बाहीर बरण्डामा राडी र गलैंचामा पल्याटी ठोकेर म बसें र यसैगरी सबै हाम्रो टोली लाइनमा बसेका थियौं । 

कचौराभरी लोकल कुखुराको मासु र झोल, दाल तर्कारी र मार्सीको चामलको भात सबैले मनखुसीले पेटभरी भरी खायौं । काका जनकप्रसादले घुमी घुमी सोधी सोधी परिपञ्चले हामी सबैलाई तृप्त हुन्ञ्जेल खाना ख्वाउनु भयो । शिशाकोशिसीमा साँचेको कागती र मुलाको अचारले त पेटै भरिएन । संसारकै सर्बश्रेष्ठ र प्रेमले खानदिएको भोजन थियो यो । अहिले सम्म अप्ठारो बाटो आएकोमा काकाले खातिर गर्नु हुदै थियो तर खाना खाएपछि हामीले भने बिर्सेका थियौं । खानापछि जुनबिछयौनामा म ढल्किएको थिएँ त्यहि भुसुकै भएछु । त्यस कोठामा तिनवटा बिछयौनाहरु थिए । सबै बिछ्यौंनामा डबल सुत्न मिल्थ्यो । आज मध्यराती तिनैवटा खाटबाट दोहोरी खेलेजस्तो घुरेको आवाज ले रातभर निन्द्रा परेन । आफूलाई चै भित्ताको घडींको टिकटिक आवाजले पनि निन्द्रा बिग्रन्थ्योे ।काकाको घरको पारिपट्टी बनजंगलको ठूलो पाखामा पहिले यस्तो घुरेजस्तै बाघ कराएको सुनिन्थ्ये । यो पनि निकै आजको मिठो अनुभव भयो ।

काका जनकप्रसाद र दाजुभाइसँग रमाईलो गर्दै
आज एउटा खाइलाग्दो खसी काटी हाफन्तहरु सँग रमाइलो गर्दै हिंडाइको थकाईमार्ने हाम्रो योजना बिग्रीयोे । बिहानै अचार्य गाउँबाट देवालीको निमन्त्रणा आएको कारण हो । हामी सबैले देवालीको भोजमा अनिबार्य उपस्थित हुनु पर्छ अरे । सबै अचार्यहरुसँग नातागोतामा जेलिएका र३६ देखी ४८ बर्षपछि मौकामा खिरीमा आएका हामी जि. बमप्रसाद घिमिरेका सन्तानहरुलाई देवाली भोजमा नख्वाई खिरीका अचार्यहरुको मन कसरी मान्थ्यो र ? हुनपनि एकैदिनमा दुई दुई वटा भोज खिरीमा कसरी सुहाउथ्यो । बिहानको दुई राउण्ड चिया पछि सबैजनाले हिजोबाटोहिडेको आफ्ना आफ्ना अनुभव प्रस्तुत गरे । 

हिंडाईले सामान्य खुट्टादुखे पनि घरमा आइपुगेर सबैले गत रातमै मलमपट्टी गरेर ठिक बनाएका थिए । बिहान लोकल कुखुराका भालेको सिकारको सितनसँग गाउँको दुई जर्किन कोदाको जललेसेचन गरेर मनोरञ्जन गर्न काका जनकप्रसादसँग मन लाग्यो र भनेजस्तै नैै सुरुभयोे । भतिज दिल्लीराम (डाँडापरी टंक दाजुको छोरा) सारै रहुसे, सहयोगी र मनकारी रहेछन । यिनी क्षणभरमानै हाम्रो दिलमा बसे । भोला घिमिरे हाम्रो छातीमा भिजे । भाई राजन गाउन सिपालु रहेछन यिनको स्वर अब सधै कानमा गुञ्जिने भो । 

काका जनकप्रसादको घरमा भोजन गर्दै ।
बुढी सर्किनी (काल्भानेकी आमा) म घिमिरे पविारकी हुँ भन्दै आपूmलाई घिमिरे थर भैसकेको दाबी गर्थीन र जिम्बुवालका छोरा नातीहरुलाई भेटन रातीदेखिनै बेचैन भएको ब्यक्त गर्दै बिहान घाम नझुल्किदै हामी भएको ठाँउमा उपस्थित भएकी थिइन । काका जनकप्रसादको रङ्ग रौस गर्ने स्वभाव अझै ३०–४० बर्षकै बरारबर रहेछ । काकाको ब्यबहार सबै उमेरकासँग मिल्नसक्ने खुबिको हामीलाई मन परेर सबैले काकालाई साथदिएका थियौं । 

रंगरौसले बिहानको घामको झुल्को मै काका जनकप्रसादको घरको आँगन खुब रंगीन र उत्तेजित भएको थियो । काल्भानेकी आमाले सारैराम्रो नृत्य प्रस्तुत गरीन । यस्तो खानपिन पछिको रङ्गमञ्च छोडेर अब हामी बाजे बैजनाथको बिर्ता खिरीको जमिनहरुघुम्न निस्किसकेका थियांै । डाँडापरी, ह्याकुले, पारीखेत, गैरी गाउँ, पधेरेखेत, बार्तलीघरको खाएल र गैरीखेत हुँदै घर फर्केका थियौं । अन्तरी काकीले परेवाको झोल र खानाको परिकार तयार पार्नुभएछ । सबैले नुहाइधुवाई सकेर खाना खान तयार भएका थिए । हामीले पल्याटी ठोकेर मनलगाएर काकीको प्रसाद ग्रहण ग¥यौं । जिम्मुवालकी बुहारी र हाम्री कान्छी अन्तरी काकीको सीप र जाँगरलाई प्रसंसामात्र गरेर पुग्दैन रहेछ । दिउसोको दुई बजेछ काका जनकप्रसादले लौ नानी हो अबमाथि अचार्यहरुको देवालीमा जानुपर्छ भन्दै आपूm तयार हुन माथिल्लो तलामा जानुभयो । सबैजना तयार भएछन । जि. जनकप्रसाद नयाँ दौरासुरुवाल, कम्मरमा पेटी, कालो कोट, कालै जुत्ता र ढाकाको टोपी लगाएर हातमा छरितो छडी टेक्दै खान्दानी चालढालमा तल ओर्लिनु भयो । कती मिलेको शरीर अझै जवान देखिने हाम्रा काकालाई हामीले हेरेको हेरै भयौं । काका को खान्दानी स्वभाव,ब्यबहार र सानाको आदरगनै बानी जस्ताको तस्तै रहेछ । 
सबैजना उकालो लाग्यौं । केही माथी पुगेपछि हाम्रा जमिनहरु टेक्दै आफ्नै हिसाबले छरिएर हिडेका थियौं । चारै दिसाबाट पाहुनाहरु देवालीघर तिर जादैथिए त्यसैले देवालीको मुलघर ठम्याउन मुस्किल परेन । अद्भुत हाम्रो संस्कृति, बारीमा जताततै बोका काटेर लडाएको थियो । कोही सफागर्न त कोही मासुकाट्न ब्यस्त थिए । भतेरमा भात छड्कदैथियो र मासुभुट्दै थिए । एकछेउमा म भन्दा अग्लो सेल रोटि हार लगाएको थियो ।

धामीहरु मण्डपमा भर्खरै पूजा सकेर आराम गर्दैरहेछन । परैबाट ज्वाई ध्रुब अचार्यलाई चिने र नमस्कार गरें । चिनजानको आदनप्रदान सकियो । मेरा आँखाहरु जमुना बहिनीलाई खोज्दै थिए उनी पर पधेरोमा ब्यस्त रहिछन । बालखैमा यिनलाई मैले छोडेको हँु। जगमाया दिदी पनि यताउता घुम्दै हुनुहुन्थ्यो अझै कपाल फुलेको रहेनछ । बास्तोला काशीनाथलाई भिडमै भएपनि चिन्न कसैको सहायता लिनु परेन । सबै आफन्त दाजुभाई, दिदी बहिनीहरु र ज्वाईचेलाहरु मात्र थिए त्यहा । हामी सँग भेटहुँदा सबैले पुराना कुरानिकालेर हाम्रो, हाम्रा माता पिताको र बाजेको प्रसंसा गरे,कतिले अनुहारमा मुसारे । यो संसार मायाले नै जितेको रहेछ ।हिजो हलेसीमा बासबसेको हाम्रो दोस्रो समुह यसै बखत देवालीको भोजमा आइपुगे । हामीले भन्दा यिनीहरुले गत रात रमाइलो गरेछन सबै खुसी र होसियार देखिन्थे । देवालीको भिडभाडमा हाम्रा थुप्रै कोणसभा भए । यस्ता सभामा छापगाउँका उर्लेनीका राईहरु र मगरगाउँका मगरहरु समेतको संलग्नता थियो । यससभामा पनि गंगाजल सँगको जर्किनले अझै धरपाएको थिएन । रमाइलोत हो भनेर हामीले सबैलाई समेटेका थियौं । दिनको चार बजेछ सबैलाई खानाखान बोलाइयोे । लाइनमा बसेर प्रसादी र बोकाको मासुसँग भोज गाउँलेहरुसँग बसेर खाँदा ४० बर्ष अघाडीको संझना आयो । मैले दुईपटक खानाथपकोे थाहैपाइनछुउठ्नेबेलामा पो जिउ भारी भयो । आजको खानाले रातीसम्म उर्जा दियो मलाई तर खराबचै गरेन । 

देवालीको भोज सकिएको केहीबेरमै हामी सबैसँग बिदा भएर देवीडाँडा हुदै तल स्कूलमा झ¥यौं । स्कूललाई सुपरभिजन गर्दा गर्दैज्वाई ध्रुब अचार्यको घरमा बहिनी जमुनाले हामी माइतीहरुलाई आज राती घरमा खान बोलाएको समाचार आयो । बहिनी जमुनाले यस्तो दुःख नगरेको भएपनि हुन्थ्यो ।यसरातमा बहिनीले हाम्रो समुह र केही स्थानिय इष्टमित्रलाई राम्ररी खानपिन गराइनखाएर हामी तृप्त भयौं । यस भोजमा डाँडापारी टंकदाईले नन्स्टप स्लोक र भजन सुनाए । बेलाबेलामा छोरा डिल्लीरामले गितगाएर मनोरञ्जन गराए । यिनको कलादेखेर बगेको लैकु सुसाएझै हाम्रो मनमुस्कुरायो । यिनीत छुपेरुस्तमपो रहेछन । राम्रो मलजल र बाताबरण समयमानै पाएका भए रामकृष्ण ढकाललाई मात गर्ने रहेछन ।

खाना खाइसकेपछि यसरात कोही टंकदाइको घरमा कोही काका जनकप्रसादको घरमा बासबस्न झ¥यौं । यस रात खुब निन्द्रा प¥यो । दोस्रो दिन बेलुका काका जनकप्रसाद घिमिरे, भाई नारायण र अन्य घिमिरे बन्धुहरुले खसीकाटेर भोजन गराउने योजना रहेछ तर हामीलाई फर्कनु थियो, समय थिएन । भोलीपल्ट बिहान चिया पीएर म बाहेक हाम्रो टोली दमकुले गाउँहुदै मान्केश्वर शिबजीको दर्शन गर्न हिँड्योे । घिमिरे कुलका बिर्ता मान्केश्वरको दर्शन गर्नाले मनोकाम्क्षा पुराहुने भएकाले सबै बुहारीहरु मान्केश्वरको दर्शन गर्न लोभिएका थिए । नारायण घिमिरे र गाउँलेहरुले पारीखण्ड देबिचरन घिमिरेको घरमा आजबिहानको खानाको बन्दोबस्त गरेको रहेछ। खानामा हाम्रो रोजाइको साग, गुन्दु्रक र भात बाक्लो मोहीलाइनमा गाउँले दाजुभाइहरु सँग बाहिर आँगनमा बसेर खाँदा पहिले बिबाह भोज खाँएको याद आयो । बास्तवमा योहाम्रोसौभाग्य थियो ।

बिहानको खाना खाएपछि भाई नारायण घिमिरेले हातैसमाएर तल आपूmबसेको घरमा सबैलाई झारे र भब्य सुन्तला र जुनार को भोजदिए। नाचगान गरेर भोज समापन भयो । यो क्षण सारै मनोरञ्जन दिने र अबिर्सनिय रह्योे ।समय दिनको एक बज्न लागेको थियो । स्कूलको ब्यबस्थापन समितिले तल स्कूलमा गाउँलेहरुको ठूलो जमघटमा एउटा छोटोकार्यक्रम आयोजना गरेको रहेछ । सभामा हामीसबै आगन्तुक पाहुनाहरुलाई बिशाल समुहले पूmलमालाले भब्य स्वागत गर्नु भयोे । स्वागत कार्यक्रम सकिएपछि मनतब्य आदनप्रदान गर्ने क्रममा लामो र रोचक बन्यो । यो सुनियोजित कार्यक्रममामिठो संगितबजाएर स्कूलका छात्राले मनैछुने नृत्य पेस गरेका थिए । आजको यो तिनचार सयकोजनसभा अरुकेही बिषयबस्तुको नभएर प्रखर प्रतिभाहरुको कदर स्वरुप प्रोत्साहन पुरुस्कार वितरण गर्नको लागि “नन्द कुमारी पुरष्कार प्रतिष्ठान २०७०” नामको प्रतिष्ठानको निर्माण गर्न स्कूलको संचालक समिति बिद्यार्थी भाईबहिनीहरु को भेला थियो । याहा जि.जनकप्रसाद घिमिरे, पदम बहादुर भट्टराई, केशबप्रसाद अचार्य लगाएतका गाउँका मान्यजनहरु सभाका अतिथि थिए । 

आजकोकार्यक्रमको उदेश्यलाई प्रष्ट पार्दै खिरीमा हाम्रा मातापिताकोजीवनकालको थुप्रै प्रसंसा र परिचय दिदै बाजे बैजनाथ घिमिरेको सन्ततीहरुको योगदानको बर्णन गरेर उपस्थित जनसमुदायकोमाझछोटो र मिठो परिचयात्मकदुई शब्द यस श्री जगदम्बा माध्यामिक बिद्यालयका प्रध्यापक श्री ध्रुब अचार्यले एक बकतब्य दिनुभयो । स्कूलकासंचालक समितिका अध्यक्ष श्री लोकमणी रिजालले स्कूलको ब्यबस्थापन पक्षका बिगत र बर्तमानको कार्य र भबिष्यका कार्ययोजनाको बारेमा प्रष्ट पार्नु भयो । 

स्कूलका प्रधानाध्यापक श्री नारायण घिमिरेले स्कूलको प्राथमिक स्कूलको अबस्था देखि माध्यामिक स्कूलको अबस्था सम्म झेल्नु परेको बाधाअडचन, संघर्षहरु, स्कूलले गरेका प्रगतिहरु र चन्दा दाताहरुको योगदानहरु प्रष्टपार्दै यस “नन्द कुमारी पुरष्कार प्रतिष्ठान २०७०” को सरहाना गरि भबिष्यमा यस बिद्यालयका बिद्यार्थी भाई बहिनीहरुको अध्ययनमा पर्ने सकारात्मक प्रभाव बारे छर्लङ्ग पार्नुभएको थियो । दाजु श्यामप्रसाद घिमिरेलेउपस्थित समपूर्ण घिमिरे परिवारको छोटो परिचय दिएर “नन्द कुमारी पुरष्कार प्रतिष्ठान २०७०”को अक्षयकोषको उदेश्यको जानकारी गराउनु भयो । उदेश्यहरु थिएः

- बमप्रसाद घिमिरे र नन्द कुमारी घिमिरेले आफ्नो जीवन कालमा प्रमुख रुपमा निवास गर्नु भएको      खोटाङ्ग वुइपा खिरीको जगदम्वा मा.वि.मा बार्षिक रुपमा प्रवेशिका परिक्षामा उच्च अंक ल्याई सफलता    हासिल गर्ने छात्र÷छात्रालाई प्रोत्साहन स्वरुप पुरष्कार प्रदान गर्ने।
- दीन,दुःखि,दरिद्री र असक्त बृद्ध बृद्धाको लागि सेवा सहयोग पुर्याउने ।
- प्रतिष्ठानका सदस्य एवं निजहरुका सन्ततीमा हिन्दू धर्म र संस्कृति प्रति आस्था एवं विश्वास पैदा गराई          मर्यादित नागरिक बनाउने।
- विभिन्न धार्मिक कार्यक्रमहरुको समायोजन, आयोजना गर्ने गराउने र पुस्तक तथा पत्रिका प्रकाशन गर्ने ।
- हिन्दू धर्म र संस्कृति प्रति कटिबद्ध भै मानव सेवाको भावनालाई विकाश गरि विभिन्न रचनात्मक काम        गरि मूलुकको विकाशमा योगदान पुर्याउने बारे जनसमुदायलाई जानकारी गराउनु भएको थियो ।

अन्त्यमा मान्केश्वर मन्दिरको जिर्णोद्धार गर्ने र सत्तलपाटी निर्माणको लागि रु. ३१००० नगद नन्दकुमारी घिमिरेको पुत्रहरुको तर्फबाट सहयोगको घोषणा गरेर आफ्नो बक्तब्य सक्नुभएको थियो । 

नन्द कुमारी पुरष्कार प्रतिष्ठान २०७० को नै प्रसंगमा दाजु बिष्णुप्रसाद घिमिरेले आफ्नो बाल्यकालको स्मरण गराउदै सबै घिमिरे परिवारले यसै स्कूलको बरको रुखमुनिबाट पठनपाठन सुरु गरेरै उच्चशिक्षा हासिल गरेको इतिहास बताउनु भयो ।यसै प्रसंगलाई जोड्दै भबिष्यमा अब यहा अध्ययनगर्ने बिद्यार्थीहरुले पनि लगनसिल भएर देश बासीहरुको, गाउँलेहरुको, अबिभाबकहरुको र स्वयम आफ्नो उत्तरोउत्तर प्रगति गरुन, लगनशिल भएर अध्ययन गर्नु र अध्यापन गराउनुपर्ने जानकारी गराउनु भयो । दाजुले कोषमा राखिने बिउ धनराशिको रकमको घोषणा गरि बि.स. २०७१ सालमा जगदम्वा मा.वि.को बार्षिक प्रवेशिका परिक्षामा उच्च अंक ल्याई सफलता हासिल गर्ने छात्र/छात्रालाई प्रोत्साहन स्वरुप रु. १०००० पुरष्कार रकम प्रधानाध्यापकश्री नारायण प्रसाद घिमिरेलाई हस्तारन्तन समेत गर्नु भयो ।

सभामा मनतब्य दिनेक्रममा रा.प्र.पा. नेपालकासदस्य तथा कायकर्ता श्याम खड्काले यो त उउटा सुरुवात मात्र हो । यसलाई इमान्दार पुर्बक प्रयोजनमा ल्याउन संचालक समितिलाई सुझाव दिनुभयो ।यस्ता प्रोत्साहनका कार्यक्रम र धनराशिले स्कूलमा अध्ययनगर्ने बिध्यार्थीहरुको मनोबल सधै उच्चरहने, सन्चालक समितिहरु र अबिभाबकहरुमा शक्ति बढने भन्दै आफ्ना दुइशब्द टुङ्ग्याउनुभएको थियो ।
अन्त्यमा हाम्रा गाउँका दाजुभाउजु, दिदीबहिनी र इष्टमित्रहरु सँग सामुहिक नाचगान गरि कार्यक्रम बिसर्जन भयो ।  हिड्नेबेलामा इष्टमित्रहरुको साथ छोडनुपर्दा मन कसैको खुसी थिएन । जन्मथलोको नाता र सम्बन्ध कर्मथलोको भन्दा गाढा र स्पर्सदायी हुदोरहेछ भन्ने यस पारिबारिक भ्रमणले शिद्ध गरेको थियो ।खिरीबाट बिजुलेभञ्जयाङ्ग सम्म जाने यातायातको साधन गाउँमा तत्काल पाउन सम्भव थिएन त्यसैले भाउजु सीतादेबी घिमिरे, हाम्रा पाहुनातथा जेठान दाजु चन्द्र संजेल र उनकी पत्नी श्रीमती उमा संजेल खानाखाएर समयमानै खिरीबाट पैदल प्रस्थान गरिसक्नुभएकोले यस ऐतिहासिक कार्यक्रमा उपस्थित हुन पाउनु भएन । खुसीको खबर हाम्रा पाहुनाचन्द्र संजेल र उमा संजेल काठमाण्डौमा १३ गते बिहान सकुशल पुग्नु भएको समाचार भोलिपल्ट प्राप्त भयो ।
स्कूलबाट प्रस्थान गर्दा सबै उपस्थित इष्टमित्रहरु र बिद्यार्थी भाईबहिनीहरु हामीलाई माथि सम्म पु¥याउन आउनु भएको थियो । आठजना भाई भतिजाहरु ः भोला घिमिरे, लक्ष्मण घिमिरे, सगुन बास्तोला, पवन चर्मकार, केदार घिमिरे र मोहन घिमिरे हाम्रो झोला बोकी सहयोग गरेर डेढघण्टाको उकालो कटाई हामीलाई अबिस्मरणीय सम्झना गासे । केही ठाडो उकालोभए पनि मोटर गुडने फराकिलो बाटो भएकोले बिजुले भञ्ज्याङ्ग सम्म आइपुग्दा जादाको जस्तो बिपती भोग्नुपरेन । बेलुका छ बजे हामी सजिलै बिजुले साइलाबाको जमिनमा टेक्न आइपुगेका थियौं । 
बिजुले भञ्ज्याङ्ग सम्म आइपुग्दा हामी नुनखाएको कुखुरा जस्तै लल्याक लुलुक भयांै । तर आजको हाम्रो गनतब्य स्थल हलेसी बजार थियोे र भोली बिहान हलेसी महादेवको दर्शन गरेर काठमाण्डौ फर्कने लक्ष हो। हलेसी जानको लागि बिजुलेभञ्ज्याङ्गमा दिक्तेल बजारबाट आउने रात्री बसबाहेक अरु यातायातको साधन भेटने कुनै भरपर्दो समय थिएन । एकै घण्टाको कारणले हामीभन्दा बस अगाडी भएछ । भाइ देबराजले हलेसी बजारको बस बुकिङ्ग सेन्डीगेटमा फोन लगाए, वार्ताभयो र हलेसीबाट बिजुले सम्म र बिजुलेबाट हलेसी सम्मकोलागि दोहोरो भाडा हामीले दिनेभए बस लिन आउने कुरा भयो । नहुनु भन्दा कानोमामा निको भनेझै सर्त मञ्जुर भै डिल भयो तर हामीले एकघण्टा पर्खनु पर्ने कन्डिसन राखे । 
बिजुले भञ्ज्याङ्गको चिसो सिरेटो, सडकमै टासिएको एउटा दोकानमा छपक्कै हामी बसेका थियौं । बस आउला भन्ने पर्खाइमा तिन पटक तातो चिया पिइसक्दा ठयाम्मै रातीको ९.३० बज्यो । हलेसीको धारा छेउको छ महिना अगाडी मात्र सुरुगरेको एउटा राईको होटलबाट बुक गरेको खानाखान बारम्बार फोन गरेर बोलाउदै थिए । बस आइपुगेको छैन भनेर राईको छोरालाई थुमथुम्याउदै रातले १० बजाईयो ।यसबेला मेरो चहलपहल उल्लेखनिय रहेन कारण मलाई बिहान देखी सञ्चो थिएन । नत खाने छुद्धे थियो न मनोरञ्जन गर्न नै ।
सहन नसक्ने ढिलो भएर बसको चालकलाई फोनगर्दा बिचमा बस फसेको छ भनेर समाचार आयो ।पत्याउनेकी नपत्याउने ? नपत्याएर पनि के गर्ने तर हामीले हरेस खाएका थिएनौं ।दश बजेको आसपासमा बिजुले भञ्ज्याङ्गलाई छर्लङ्ग पारेर बत्ती बल्यो सायद बस आइपुगेछ क्यार ! सबैजना झोला बोकेर तयार भयौं। जब प्रकाश नजिक आइपुगेपछि थाहाभयो यो त एउटा थोत्रो दिक्तेल हानीएको ट्रकपो रहेछ । निरास भएर सबैले झोला भुईमा फ्याकेको १० मिनेटमै त्यसैगरेर फेरी अर्को बत्तीबल्यो । बास्तवमा यो चै हामीलाई नै लिनआएको बस रहेछ । कलकत्ताको रेलमा चढेझै हिडेर थकित भएका हामीहानाथाप गर्दै बसमा भित्र बस्यौ तर यो बसमा हामीमात्र हलेसी जाने यात्रुहरु थियौं । 
आधा घण्टासम्म मज्जलेबसभित्र मच्चिदा मच्चिदै एकासी बस रोकीयो ।म पछाडी बसेको थिएँ । मैले बाहिर हेरेंको त मेरो बाँयातिर हाजार मिटरको गहिरो छाँगो(पहरो)रहेछ । यो पहरो मलाथुम्काको डाँडाको थाप्लो हाम्रो इलाकाकै अग्लोर चुच्चो पहाड यही हो । बस रोकीएको एकै छिनमा चालकले दुइतिन पटक बस अगाडी पछाडी गरे । बाहिर जंगल भित्र निष्पट्ट अन्धकार भएर केहि देखिदैनथ्यो त्यसैले बाहिर के भैरहेको छ भनेर थाहा नपाई नपाई भित्रको मनको अन्धकारमा हामी थियौं । यतिखेर बस रोकिएको थियो । एकैक्षणपछि ढोकाको छेउमा बसेका पुष्प भाईले आत्तिएर भने बस खस्नलाग्यो !बस खस्नलाग्योे ! सबैजना उत्र ! उत्र ! बसबाट हरेराम हरेराम भन्दै  सबैजना बाहीर निस्किए । सडकबाट बसलाई खस्नबाट बचाउन कोही अगाडी कोही पछाडी भएर ब्यालेन्सगर्नुथियो । परिवार बचाउन म, खल्यासी र एकजना यात्रु पछाडीको भागमा गयौं । चालकलेबस गियरमा राखे, ब्रेकमारे र बाहिर निस्किए र अपशब्द प्रयोग गर्दैखलासीलाई गालीगरे र भने बजियाले भनेन ! चक्कात बाहिरपो गैसकेछ ?बास्तवमा आज हामी हलेसी महादेवको कृपाले यस दुर्घनाबाट बचेका थियांै ।

हमीसबै बसकाट उत्रिसकेपनि मनमा ढँयाग्रो ठोकिइरहेको थियो । अध्यारोमा बाहिर सबैजना कता कता छरिएछन । सडकमा त घुँडासम्म आउने धुलोरहेछ म भने त्यो धुलोमा झण्डै बालुवामा जस्तै डुब्नलागेछुँ । कोही सुक्क सुक्क गर्दै थिए कहिलै यस्तो पहाडको बाटो नहिडेकाले होला । अलिकताको घुम्तिमा एउटा मालबाहक ट्रक बिग्रीएर बाटोको बिचमा बाटो छेकेर रोकीएको रहेछ । बास्तवमा बिजुले भञ्ज्याङ्गमा दिएको समाचार त ठिकै रहेछ । तर बाटो नहुँदा नहुँदै यसरी जबरजस्ति सानो जिप छिर्न नसक्ने ठाँउबाट यत्रो अजंगको यात्रुबाहक बस छिराउन कोसिस गर्नु यो कत्रो मुर्खता हो । झण्डै हाम्रोएकैचिहान भएन । नेपाल अधिराज्य भरि यस्तै साना तिना सडकमा गरिने  गल्तिले अकालमा सयांै यात्रुहरुले प्रत्येकदिन ज्यान गुमाउनु पर्छ । नत चालकको जोखिम जाँच गर्ने ज्ञानछ न बस धनीले अनुभवी र तालिम प्राप्त चालकद्धारा यात्रुबाहक बस चालाउने गर्छन ।यस्तो जोखिमपुर्बक यात्रु ओसार पसार गर्ने यातायात ब्यबस्थाको अनुगमन गर्ने बेकम्बा सरकारको कुनै निकाएनै छैन नेपालमा । सबैकुरा पैसाले किनबेच हुने यो देशमा ट्राफिक त नाम मात्रको कमाउने संस्थाहो । बिना ज्ञान यस्तो सडकमा बस चलाउने अनुमति कसरी पाए होलान?

त्यस्तो साँगुरो साइकल छिराउन नमिल्ने ठाँउबाट एक एक इञ्च काट्दै डेढघण्टामा बसलाई निकाले । यस बेला पाखाका सबै ढुंगाहरु सडकमा ल्याइएका रहेछन । हामीलाई बसमा पस्न संकेत भयो । यसपाली बसमा चढन हामीले हानाथाप गरेनौं ।फेरी त्यहि मच्याई शान्तीभने कुनैबेला भएन । हलेश्वर महादेबको कृपाले सकुसल राईको होटलमा आइपुग्यौं । सीता भाउजु ले यसैरात हामीलाई ज्वाइन गर्नुभयो तर चन्द्रदाई र उमा भाउजु हलेसी महादेवको दर्शन सकेर कुनै होटलमा ठेगान लागिसक्नुभएको रहेछ । उनीहरु दिउसै यहा आइपुगेका रहेछन । भोली बिहानै काठमाण्डौं जाने रे त्यसैले हामीले मध्यरातमा बोलाएर बाधा गरेनौं । 

मध्यरातको १२ बज्न लागेछ । यस होटलका मालिक राई थरका भाई बोलिचालीमा अथवै थिए तर यिनकी पत्नी हुनकी दिदी बहिनीहुन भर्खरै पोल्दापोल्दै उम्केकी जस्ति छुची र सभ्यता नभएकी रैनी रहिछन तर केहीबेरमा सुद्रिछन क्यार खानपिन ठिकै पकाइछन । एउटा डोकोमा छोपीएर बास बसेको गाँउको स्थानिय भाले कुखुरो काट्न आदेस दियौं । दिदी तथा बुहारीहरुको अगाडी भएपनि रुघाखोकी त होनी भनेर पाँचै जनाले खुकुरी रम पिउने बिचारआयो र सुरु पनि गरियो तरदिदी भाउजुहरुले चिसो पिउनु भयो ।आखिरीमा हामीले एकएकवटा क्वाटर रित्याएँ छौं । श्यामदाईका मीत श्याम खड्का जेकुरामा पनि निकै मिलनसार र सहयोगी रहेछन । उनको साथपाएर जताततै हामी हौसेल्ला पाउथ्यौं । यसबेला खानेबेलामा यहा पनि यस्तै रमाइलो भयो ।

तिनजना एउटै बेडमा सुत्नमिल्ने दुईवटा बेड भएका चारवटा कोठा हामीले बुकगरेको थियो तैपनि जता सुतेपनि हुनेरहेछ । आज बल्ल पुरै निन्द्रा थोरै समय सम्म भएपनि एउटा कोठाको एउटै बेडमा म मात्र सुतेको थिएँ । उज्यालो आफै भएछ । कानमा झट्ट बाहिरको आवाज सुने,पाच बजेछ । पचास मिटर टाढाको होटलको गेट खोल्न आफैसँग बोल्दै कोसिस गर्ने को रहेछ भनेर हेर्न बाहिर निस्किएँ । बिहाको नयाँ ठाउँ भएपनि आफन्तको गन्ध चल्दो रहेछ उनी कोही नभएर आफ्नै पुष्पभाई रेछन । बेलुका सुत्न उनी अघिल्लो रात बसेको होटलमाखाना खाएर गएका थिए। बिहानै हामी बसेको होटलको नजिकैकोधारामा नुहाएर हामीलाई बोलाउन आएका थिए । म पनि धारामा गए र अगालो भरिका तिनवटा धारा मध्य एउटा धारोमा बिहानको तातो पानीमा सबैतिर मिचि मिचि नुहाएँ । छ बजिसकेछ यसबेला सबैजना उठिसकेका थिए त्यहीधारामा नुहाउन आए। दिनको तापक्रमको घटबढले होला यसबेला तिनैवटा धारा सुकेर साना भएछन । हामीले जस्तो पछि नुहाउन आउने ले यस्तो प्राकृतिक धाराकोमज्जालिन पाएनन ।
सबैजना हलेश्वर महदेवको दर्शन गर्न मन्दिरको परिसरको ठाडो उकालोका खुट्किला चढन थाल्यौं । पशुपतिनाथको मन्दिरमा जस्तै यहापनि पूmलपातीका पसल जताततै थिए र हामी सबैले हातमा फूलपातीको ढाकी बोकेर दर्शन गर्न मन्दिर तिर गयौं ।अदभुत २–३ सय मिटर गहिरो र फराकिलो ओढार भित्र खाल्डोमा हलेश्वर महादेबको बासस्थानमारहेछ । करिब ४–५ सय खुट्कीला ओर्लेर महादेबको मूर्तिनजिक पुग्दा भगवानको मोहिनी लागेजस्तै भै सबै तिर्थयात्रीहरु महादेबको ओरिपरि झुम्मिए । शिलाको वरिपरि थुप्रै भक्तजनहरुको भिड भएपनि म त्यसै त्यसै भक्तिमा तल्लिन भएर जीवन यहि समर्पित गर्दिउ जस्तो भएँतर पुजारीले धेरै समय त्यहि बसिरहन दिएनन । आफ्नै आफ्नै किसिमले पूजाआजा सबैले सकेर नजिकैको पापद्धार धर्मद्धारमा छिरेर आपूmलाई परिक्षण गर्न थाले । पापद्धार धर्मद्धारमा छिर्न खोज्दा खाईलाग्दा ज्यान भएकाहरु अड्कीएर सानू मुखलगाई चिन्तित देखिन्थे तर यो उनीहरुको दोष थिएन ।खानेबेलामा बाहिर निकालेजस्ताहरु भने म त राम्ररी छिरे भन्दै गफ चुट्दैथिए । 

 अर्को द्धार अझ्झै बाँकीथियो । कमला दिदी सकिनसकीद्धार पार गरेर बाहिर निस्कनु भयो । अरुचै रमिता हेर्दै थिए । उता श्याम घिमिरे र श्याम खड्का महादेबलाई साँचीराखेर मितको साइनो लगाउदै हुनुहुन्थो ।दुबैले ढाकाको टोपी र खादा एकआपसमा साटासाट गर्दै आज देखि हाम्रो मितेरी साइनो जिबनभरीको लागिस्नेह, मर्यादा र सहयोगआदनप्रदान गर्नेसम्बन्ध गासिएको ब्यक्त गरे । हामीलाई यस्तोमितेरी साइनो अरुसम्बन्ध भन्दा गहिरो र मजबुत लाग्यो । 

हलेसी आउदा बिग्रीएको मोटरब्याक समेत गरेरतिनैवटा ब्याकहरुट्रकबाट गाईघाट पठाएको थियो । रमेश भाईको लगबुक रअन्य कागजपत्रहरु नभएको हुनाले ५०–६० कि. मि. तल हर्कपुरमा पुलिस चेकपाष्टले रोकेछ । फोन आयो र हामी नजिकको पुलीस चौकीमा भनसुन गरेर रोकिएका ब्याकहरु छुटाई तलको दोस्रो ठूलो (करिब ५०० मिटर लामो) बसहा गुफामापुगौं । त्यहा भित्तामा प्रकृतिले बनाएको ठूलो शंख छ । मैले छातीफुकाएर बसाहा गुफाको भित्ताको शंख फुके । पुरै सेरोफेरो घन्कियो र त्यसपछि मेरो जिउ फुर्तीलोभयो । यस गुफा भित्र ठाँउ ठाँउमा तीब्बतीयन, भुटानिज, थाइबौद्ध धर्मालम्बीहरु समुह समुह बनाई पूजापाठ गरिरहेका थिए । हिजोआज गुफा भित्रको अन्तिम भागसम्म खुट्किला र सत्तल बनाएको रहेछ । हामीलाई  होटलबाट झोला बोकेर बसपार्कमा जानुपर्ने भएको हुनाले हतार थियो धेरैबेर त्यहा बसेनौं। बिहानको नौ बजेछ बसपार्कमा चिया नास्तामा सबै ब्यस्त थिए । कोही जिलेबी पुडी खादै थिए कोही चना आलुको तरकारीमा थपि थपि खादै थिए । खादा खादैबस आइपुग्यो आखिरीमा खान नसिध्याई नै सबैजनाबस भएतिरलाग्यौैं । 
दशै मिनेटमा बस हलेसीबाट काठमाण्डौको लागि हिड्दा आजै काठमाण्डौ पुग्ने निस्चित भयो । खानाको अनकुल काठमाण्डौंबाटा आउदाको जस्तो सन्तोस जनक जादा भएनभए पनि पहाडको कच्चि सडकमा हाम्रो यात्रा सुरक्षित र आरामदायीथिएन ।पछाडीपट्टीको सिटमा बस्नेहलाई बसले सारै थचारेर सारै दुःखब्यक्त गर्दै डाकोनै छोडेररोए। बाटो पनि रुने खाल्कै थियो । म स्वयमले बि.पी. मार्गमा आइपुग्दा तीन पटक सीटामोल र पेन किलर खाई सकेको थिए । ज्वरो र खोकी हाराहारीमा थिए ।
बेलुकाको नौबजे काठमाण्डौको आकासमा उडेको बिमानले सडकमा छोलाझै गर्दाबल्ल थाहाभयो हामी कोटेश्वर, काठमाण्डौमा आइपुगेछौं । सबैले आङ तान्दै बसबाट बाहिर निस्किए तर म भने कुन्नी कहादेखी मस्त निधाएछु । एकझप्को निदाउदा पनि निकै शरीरमा फरकपर्दो रहेछ । सबैजना बसबाट उत्रिसकेका थियौं । बुहारी सरीता, दिदी कमला, भाई देबराज र म ट्याक्सीमा शंखमुल घरमा लाग्यौं र बाँकी बानेश्वर तिर । यहीनै हाम्रो अन्तिम यात्रा थियो ।

करिब ३६ बर्ष पछिको जन्मस्थलको बिश्लेषल गर्दा हामी त्यस दशकताका मोटर नदेखेकाहरुको घरबारीबाटै हिजोआज मोटर गुड्नथालेछर दियालो र मटीतेल बालेर रात काट्नेहरुको घरमा बिजुली बल्दोरहेछ । घरबाट दुईघण्टा हिढेर हाइस्कूल पुगिदैनथ्यो हामी अब गाउँमै मा.बि. खुलेछन र आफ्नै भाइ बन्धुहरु प्रधानाध्यापक, संरक्षकर संचालक रहेछन। पहिले खानेपानी बोक्न जादा दुई दुई घण्टा लाग्दथ्यो ऐले घरको आँगनमा पानीका धाराखस्दा रहेछन । गाउँका जस्ताले छाएका छानाका घर जताततै देखिन्छन । पहिले पहिले गाउँमा मागेर र बाडेर फलफूल र तरकारीको छाक टथ्र्याेऐले भनेजति दाम हाल्दा पनि पाउन सकिदोरहेनछ बरु सबै कृषिजन्यउत्पादनहरु शहरबजारमा पुग्दारहेछन । गाउँ गाउँमा पसल, संस्थाहरु र क्लबहरु भेटिए । पहिलेका फराकिला मुलबाटाहरु, गोरेटाहरु, चौताराहरु, पौवापाटीहरु, मठमन्दिरहरु, खोला खोल्साहरु, धारा, कुवा र पेखरीहरु सबै मासेर जग्गाजमिनमापरिणत भ्एछन । गाउँका सबै जग्गा जमिनहरु खोला र कुलाको पानीले हराभरा हुन्थे यसपाली धेरै जमिन बाझै देखिए । भदौदेखि पानी परेको छैन भन्थे । 

गाउँका पढेलेखेका, जान्ने बुझ्ने र प्रगतिसिल युवाहरु खाडी देश, अमेरिका, बेलायत र अष्ट्रेलिया पुगेछन । लाखौंको रेमिटेन्स भित्रने भएकोले गाउँमा रुपैंया पैसाको कमि रहनेछ । हुर्केका युबाहरु बिदेश जान नसकेपनि गाउँमा भन्दा जिल्लाको सदरमुकाममा मैबस्दारहेछन । असक, बुढोपाको, बेरोजगारी, अनपढ र बालबच्चाहरु पींडीत भै गाउँमै बसेको पाइयो र मजबुत पाखुरा भएका कामगर्न सक्ने कोही गाउँमा छैनन । खेतीपाती गर्दा गाउँ भित्रै पर्म गर्ने चलन, खेताला लगाउने, माहाजनले हली गोठाला राख्ने,ऐचो पैचो र सापट लिनेदिने परम्परा लोप भएछ र गाउँमा नगद बिक्न छाडे छ ।पहिलेको जस्तै प्रकृतिक सौन्दर्य, साधन र स्रोत सबै मासिएछन । परम्परागत घरहरुखायलहरु, बस्तिहरु र समूदायहरुलाई मानवरुपी प्रकृतिले बिनास गरेछ । पारिबाट हेर्दा हाम्रो गाउँमा सेतै बगेको देखिने खोला र झरनाहरु सुकेछन र हरियो देखिने बनजंगलहरुमासिएछन । समयले सबैकुरालाई पछि धकेलेछ ।यस्तो होला भनेर कल्पना सम्म गरेको थिएन । निसाना मेटिसकेको चौताराको खिइसकेका ढुङ्गामा बसेर केहीबेर पुरानो गाउँको कल्पना गरे र उजाड देखिने यसबेलाको गाउँलाई हेरें मन तेसै रुन्चे भयो अनि म ओह्रालो लागें । एकबिहान यसै सकियो । 
काठमाण्डूमा केही बिबाहका भोजहरुमा जाने मौका मिल्यो । हाफ्नो संस्कृति अनुसार र गक्षलेभ्याएसम्म बिबाह जस्तो सुकै ढाँचाले गरेपनि पार्टीप्यालेसहरु, खानाका परिकारहरु र सेवाहरुमा परिबर्तन आईसकेको रहेछ । कसै कसैले खुलेर र मनफुकाएर छोराछोरीको बिबाह गरे ।एकैजनाको नामलेखेर कार्ड पठाएपनि घरका सबै परिवार भोजमा आउदा रहेछन । यस्ता कार्यक्रममा निमन्त्रीत ब्यक्तित्वहरुले सबैखाले स्वतन्त्र पाएर रमाइलो मान्दै जमेर खाने पउिने र ढल्ने चलन रहेछ । यसैबेला मनमा लागेका कुरा ब्यक्तगर्ने मौका पनि पर्दो रहेछ । तर बिकसीत देशहरुमा भने केही भिन्न हुन्छ,सरमको ख्याल गर्छन र सिमितता पनि हुन्छ । मनलाग्दो खानपिन गरेपछि सुरष्क्षाकर्मीहरु घरै सम्म पिछा लाग्दछन। बिदेशमा स्वतन्त्रता छ भन्छन यहाको जस्तो जे मन लाग्यो त्यहीबोल्न नपाइने, खान नपाइने र ख्याल ख्यालमा झगडा गरेजस्तो पनि गर्न नपाइने । झुक्किएर बोली खुस्किएमा पनि मानहानी भै अदालत धाउनु पर्ने त्यस्तो देशमा के को बाक स्वतन्त्रता र ? हाम्रो जस्तोेहुनुपर्छ रपो मजाआउछ ।
आज म बेलायत फर्कने दिन आइपुगेछ घरमा बिदाबारी हुँदापोमहसुस भयो ।समयको ब्यस्तताले यसपाली कुनै साथिभाई र इष्टमित्रसँग भेटघाट गर्न नपाउँदा सारै बिस्मत भयो । बिहानै देबराज भाईले कार स्टार्ट गरे । छोरीहरुको मुखहेरे यिनीहरुले के भन्ठाने होला हामी परदेशीहरुको बारेमा खास खुसि यिनीहरु पनि थिएनन । निर्दोष यी छोरीहरु हातहल्लाउदा हल्लाउदै घर छोडेर बिमानस्थल तिर लाग्यौ । मलाई बिमानस्थलको बाहिर छोडेर भाई घर फर्किए बुहारी सरिता त्यहीको कर्मचारी भएकोले मलाई माथि यात्रुको बिश्राम स्थान सम्म साथ दिइन धेरै सजिलो भयो । यिनले म जस्तै कत्तिलाई यसैगरेर बिदा गर्छिन र डयुटीमा फर्कन्छीन हाम्रो सेवापनि डयुटीनै जस्तो ।

बिहानको ७.० बजेछ र ०८.२० मा मेरो टेकअफ समय होे । यात्रुहरु खचाखच थिए । भित्ताको एउटा सूचना “यात्रुको प्रयोजनको लागि फ्रीफोन” नजिकै पुगेर फोन डायल गरे तर तार चुडाईएको रहेछ । एकजनलाई घरमा बिदा हुँदा छोरीले झोलामाा हालिदिएकी सगुनको फलपूल ख्वाएर फोन सापट लिएर घरका दाजुहरुलाई र ससुरालमा बुढीसासुआमालाई अन्तिम नेपाल बसाईको जानकारी गराउदै धमाधम फोन गरें । उसैलाई लएिर कफी पिउदै प्रतिक्षालयमा बसेका थियौ एउटा भएङ्गकरर अपृय आवाजले भवननै थर्कायो । जताबाट आवाज आउको थियो त्यतै १५००–२००० संख्याको हाराहारिका यात्रुहरु सबै दक्षिण तिरको प्रतिक्षालय तिर दगुर्न थाले । मैलेपनि उतै नदगुरी धरपाइन । घाँसे मैदानमा टर्किस बिमानको दुबैपट्टीको आकस्मिक ढोकाबाट ज्यान बचाउन २५६ जना यात्रुहरु भाग्दै थिए । बिमानको अगाडीको भाग घाँसमा जोतिएको थियो र पछाडीपट्टीको भागबाट धुवा आउदै थियो । पछि बास्तबिक समाचारबाट थाहा भयो हामी काठमाण्डूबाट ०८.२० मा उड्ने बिमानको अगाडीको टायर बाहिर निस्किएनछ र आकासमा ३–४ राउण्ड घुमाएर पानीले गलेको घाँसे मैदानमा बहादुरी चालकले आकस्मिक अबतरण गराएका रहेछन । खुसीको खबर नेपाली भूमिमा केही यात्रुलाई सामान्य चोटपटकबाहेक कोही भएनछ ।


एकैहप्ता अगाडी ५ जना दाजुभाईहरुको सामु एकजना जोतिसीले मेरो आकस्मिक मरन ५ बर्ष भित्र हुने भबिष्यबाणी गरेका छन । ज्योतिसी सिपालु छन वा मेरो बलियो ग्रह छ यो त भबिष्यले बताउला । हाम्रो उडानमा यसरी टाएर ननिस्किएको भए ज्योतिसीको पेसा चम्कन्थ्यो । तर म यस दुर्घटनाबाट आज चै बचेको थिए । दुई घण्टा पछि बिमान नउड्ने निश्चित भएपछि हामी बोर्डीङ्ग पाएका यात्रुहरुलाई होटल रेडिसनमा अर्कोब्यबस्था नहुन्जेल सम्म राखिने सूचना भयो र बसले ओसार्न थाल्यो । अब कतिदिनसम्म हामी यस होटेलमा बन्दिभै रहनुपर्ने हो । एक्कासी २५०–३०० जना ग्राहकहरु होटलमा ४–५ वटा बसबाट आइपुग्दा होटल खचा खच भरियो । बस्ने कोठाको ब्यबस्था गर्न ५ तारे होटललाई सारै गाह्रो प¥यो । होटलको कोठाको चाबी पाउन मात्र तिनघण्टा लाइनमा बसि चाबी लिएर कोठामा पुग्दा त्यहा पहिलेदेखी बसेकाचेकआउट नगरेका ग्राहक हुन्थे । नेपालमा जाहापनि यसतै हो । लगेज कहा छनदैबनै जानोस यता हामीले दिनको २.० बजेसम्म ब्रेकफाष्ट लिएको थिएन । एकैचोटी साँझको ७.० बजे होटलले सबै महादेशमा पाउने धेरै भेराइटीको बफेट डिनर ख्वायो । यसदिन यात्रुहरु बाहेक यात्रुहरुका परिवार, साथीभाई र बाहिरका मानिसले समेत पाचतारे होटलको डिनरको मजा लिए ।

 होटलका भान्साका कर्मचारीले भोलीपल्ट देखी बल्ल थाहापाएर बिमानका यात्रुहरुको लिष्ट अनुसार खाना ख्वाएपछि बाहिरको मानिसले खानेक्रम रोकियो नत्रभने जजस्ले खाएपनि थाहा हुदैनथ्यो । माधबी बस्नेत (मेरील्याण्ड), म राम घिमिरे (बेलायत), बिकु भण्डारी र योगेश धारी (डेनमार्क), डा. प्रदिप पुरी (न्युयोर्क), सबिना (जर्मन) र बबितानिरौला (वाशिङटन) जाने हामी यात्रुहरुको एउटा टिम बन्यो यिनीहरु धेरै बिद्यार्थी थिए ।हाम्रो टिमले कहिले सिनेमा हेरेर, बशन्तपुरमा होली खेलेर, बियर  ठमेलमा स्टेजप्रोग्रामको मनोरञ्जन गरेर, डिस्कोमा नाचेरर स्थानिय रेस्टुरामा बियर पिएर ५ दिन बितेको थियो तर घण्टा घण्टाको बिमानस्थलबाट बिमान उड्ने सूचनाको प्रतिक्षामा होटलमा रहदा घरी छतमा, घरी स्वीमिङ्ग पुलमा र रेष्टुरेन्टमा घुमेर समय बित्यो । बास्तामा मिड ५० को हाराहारीको एकप्रकारको अनुभव थियो यो । बिचमा एकदिन म घर गएको थिए । हामी दाजु भाई भेलाहुदा खालि बस्नै सक्दैनौ । होटलमा जस्तै दाजुभाईहरु बसेर रमाइलो गरियो । होटेलमा रहदा धेरै बिदेशीहरु मित्र बनेर कफी पिउने आदतनै बस्यो । 

 निदरल्याण्ड की नाराले नेपालको निकै बर्णन गरिन । पाँच दिन सम्म त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल को धावनमार्ग बन्द रहदा बिमानस्थलको ब्यबस्थापनको हालत  दयनिय थियो । एउटा बिमानले धावनमार्ग छेक्दा ५–६ दिन सम्म अन्तराष्ट्रिय बिमानस्थल बन्द रहनु कति नलाएक देशको अबस्था रहेछ भनेर छरलङ्ग भयो । एक दिन दुईदिन गरेर ४०–५० हजार गाउँ, पहाडबाट आएका र बिदेशी पर्यटकहरुले बिमानस्थलको बाहिर र भित्रीभागमा तिलको गेडा राख्ने ठाँउ थिएन ।

नाक जोतिएको एयरबस तानेर ठेगान लागाई बिमानस्थल संचालन गर्ने उपकरण देशभित्र रैनरहेछ । बिदेशीलाई हारगुहार गर्दागर्दै पाँच दिन बितेको थियो । दिनको ३०–४० वटा अन्तराष्ट्रि उडान हुन्थे यसबाट हुनआउने करोडौको राजस्वको घाटा भैरहेको थियो । नागरिक तथा उडान मन्त्रालयको आधिकारीक ब्यक्तिले र मन्त्री तथा सरकारी प्रतिनिधिले देश बिदेशका पर्यटकहरुलाई सानुभुतीदिएरटि.भि.तथा पत्रपत्रिकाबाट क्षमायाचना गरेर सूचना जाहेर कहिलै गरेन ।बिकसित मुलुकमा सानो मोटरदुर्घटना हँुदा सम्बन्धित मन्त्री र बिभागीय प्रमुखले माफि माग्दै तुरुन्तै राजिनामा दिएर जनताको मनजित्दछन ।हाम्रो देशका प्रधानमन्त्री तथा मुख्यदलका नेताहरुले यसघटनाको चालैपाएनन । पर्यटकहरुले अब म यो देशमा फर्केर कहिल्यै आउदिन र कसैलाई सिफारिस पनि गर्दिन, यो गरीब देशको गरीब ब्यबस्थाको बेकम्बा प्रशास भनेर दिक्क मानेको सुनिन्थ्यो । बिमानस्थलमा खानेपानी सम्म थिएन । भएका खाद्य र पिय पदार्थ प्रयाप्त थिएनन र भएकाको भाउ सधैको भन्दा तेब्बर थियो ।

पाचौं दिन उडान सुरुहुने निस्चित भएको सूचनाको मौखिक जानकारी प्राप्त भयो । बिमानस्थल मार्च ४ तारिक बन्द भएको थियो । ट्राभल एजेन्सीले मोटो भाडा लिएर समुह समुह बनाई ८, ७ र ६ तारिकमा उडानुपर्ने यात्रुहरुलाई पहिलो र दोस्रो ल्फाइटमा उडाए र हामी ४ र ५ तारिककाप्राथमिकतामा परेका यात्रुहरुलाई चौथो तथा पाचौं ल्फाइटमा उडाउने तालिका होटलमा टासियो । सूचना टासेको लगतै ५०–६० जना हामी यात्रुहरु सम्बन्धित एयरलान्सको कार्यालयमा गएर हाङ्गामा मच्चाएपछिहाम्रो लिष्ट पहिलो उडानमा हुने सूचना फेरी टासियो । हल्ला गर्न नसक्ने र थाहानपाउने तर पहिल्यै उडनु पर्ने यात्रुहरु मध्य हाम्री बुहारी नितु घिमिरे एकदिन पछि अष्ट्रेलियाको लागिउडेकी थिइन ।
२०१५ मार्च ८ को दिन बिमानस्थल भित्र ब्यागेज जाँच गराउदै यात्रुहरु
हामीले चाडै उड्नको लागि ट्राभलएजेन्सी सँग, ब्यागेज चेकगर्ने ठाँउमा, स्क्यानिङ्ग गर्दा, भित्रको प्रतिक्षालयमा र बिमानभित्र पस्नखोज्दा चुनौती दिदै संघर्स गर्नुप¥यो आखिरीमा हामीले मार्च ८ तारिक दिनको ५.० बजे पहिलो ल्फाइटमा टेकअफ गर्नुपाइने भियो तर नयाँ बिमानले भारतको आकासबाट उडाउन अनुमति नपाएको भनि बिहान २.० बजे बल्ल उडेका थियौं । आज उड्न पाइन्छ की पाइदैन भनेर कुर्दाकुर्दै मुखमा पानीसम्म हालेको थिएन । जसले जेगर्न सक्थ्यो त्यही हुन्थो । करिब ४० हजारको भिडमा बिमानस्थलको भवन भासिएलाकी भन्ने डर भैरह्यो । यस्तो दुर्दसा र अब्यबस्थित आफ्नो देशको सुरुदेखी चालचलन भोग्दा भोग्दा म जस्तै हजारौ हामी नेपालीहरु हाफ्नो मातृभूमि छोडी कतिखेर भाग्ने हो जस्तो मन सबैको भएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post