sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा हजारौं सेवाग्राही मारमा

बैशाख–४, जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा त्यस क्षेत्रका हजारौ सर्वसाधारण मारमा परेका छन् । स्वास्थ्य मन्त्रालयको एक प्राथमिक स्वास्थ्य केन्द्र, एक मेडिकल अधिकृत भन्ने अवधारणा भएपनि तोकिएअनुसारको स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मारमा परेका हुन् ।

एक जना मेडिकल अधिकृत सहित १३ जनाको दरबन्दी रहेको उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा हाल छ जना स्वास्थ्यकर्मीले सेवा दिँदै आएका छन् । कार्यालय प्रमुखको रुपमा काम गरिरहेका सिनियर अहेब राजकुमार दासका अनुसार मेडिकल अधिकृत र स्टाफनर्स हालसम्म कार्यालयमा उपस्थित नै भएका छैनन् ।

नेपाल सरकारले प्रयाप्त भवनहरु बनाइ दिएको भएपनि प्रयोग बिहिन भएको छ । यस विषयलाई लिएर पटक–पटक स्वास्थ्य मन्त्रालय गएपनि सुनुवाई नभएको खोटाङ क्षेत्र नम्बर–२ बाट निर्वाचित सभाषद् विशाल भट्टराईले बताउनु भयो । एमाले वैकल्पिक केन्द्रीय सदस्य समेत रहेका भट्टराईले भन्नुभयो, “दरबन्दी अनुसारका स्वास्थ्यकर्मी केन्द्रमा बस्नु प¥यो, यदि कुनै कर्मचारी दरबन्दी अनुसार बस्दैनन् भने सरकारद्धारा त्यस्ता कर्मचारीहरुलाई तुरुन्त कारबाही गरिनुपर्छ ।”

स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा विशेषगरी सुत्केरी हुने महिला र शव परक्षिणमा समस्या भएको स्थानीयको भनाइ छ । उनीहरु भन्छन्, “स्वास्थ्यकर्मी नहुँदा अधिकांश बिरामी हेलीकोप्टर चार्टर गरेर बाहिर लैजानुपर्छ, उपचार खर्चभन्दा यातायात भाडा धेरै तिर्नुपर्दा समस्या भएको छ ।”

त्यस क्षेत्रमा हुने घटना तथा दुर्घटनामा मृतकको शव परीक्षण गर्न २५ देखि ३० हजार रुपैयाँ खर्च गरेर उदयपुरको गाईघाट अथवा दिक्तेल पु¥याउनुपर्ने बाध्यता रहेको स्वास्थ्य सहयोग समितिका अध्यक्ष देवेन्द्र श्रेष्ठले बताउनु भयो । यसबारे जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर माधवप्रसाद लम्सालले आफू स्वास्थ्य केन्द्र चिसापानीको विषयमा गम्भीर भएर लागिरहेको बताउनु भयो ।  

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post