sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » बैशाख २३ गते खोटाङलाई खुला दिसामुक्त घोषणा गरिने

बैशाख–९, आगामी बैशाख २३ गते खोटाङलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने तयारी गरिएको छ । गत चैत्र मसान्तभित्र घोषणा गर्ने निर्णय असफल भएपछि बसेको सर्वपक्षीय बैठकले आगामी बैशाख २३ गतेलाई अर्को मिति तय गरेको हो । 

जिल्लाको एक नगरपालिका सहित १२ गाविस चैत्र मसान्तभित्र खुला दिसामुक्त हुन नसकेपछि अर्को मिति तय गरिएको खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्रकुमार झाले बताउनुभयो । उहाँले भन्नुभयो, “यसका लागि सबै तयारी भइरहेको छ, उक्त दिन विभागीय मन्त्री नारायण खड्काको प्रमुख आतिथ्यमा जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने छौं ।”

जिल्लाको एक नगरपालिका र ७२ गाविसमध्ये चैत्र मसान्तभित्र ६२ गाविस खुला दिसामुक्त भएको थियो । गत चैत्र मसान्तभित्र जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने अभियान अन्तरगत सबैभन्दा पहिले नुनथला गाविसलाई २०६९ साल जेठ २६ गते खुला दिसामुक्त गाविस घोषणा गरिएको थियो । 

जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न जिल्लास्थित राजनीतिक दल, सरकारी तथा गैरसरकारी कार्यालय, पेशागत संघसंगठन, शैक्षिक संस्था, स्वास्थ्य संस्था, नागरिक समाज, कर्मचारी, बुद्धिजिबी, समाजसेवी, आमा समुह, पत्रकार लगायत सक्रियताका साथ लागीपरेका छन् । आफ्नो जिल्लालाई सगरमाथा अञ्चलकै सबैभन्दा पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गर्ने हौसलाका साथ स्थानीय समेत कस्सिएका छन् ।

चैत्रभित्र खुला दिसामुक्त नहुनेमा दिक्तेल नगरपालिका, चिसापानी, सावाकटहरे, वाप्लुखा, बुइपा, स–छितापोखरी, बतासे, दिप्लुङ, रतन्छा, बाक्सिला, मात्तिम र देविस्थान गाविस रहेका छन् । उक्त गाविसमध्ये बुइपा गाविसलाई आइतबार घोषणा गरिएको छ भने, बाक्सिलाको १३ गते तथा अन्य गाविसको पनि आगामी १८ गतेभित्र घोषणा गर्नेगरी मिति तय भइसकेको सरसफाइ सचिवालय संयोजक धनप्रसाद गिरीले जानकारी दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post