sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » ३३ ड्रम अवैध ‘खुदो’ प्रहरीद्धारा बरामद

चैत्र–२२, तराईबाट अवैध रुपमा जिल्ला भित्र्याइँदै गरेको ‘खुदो’ प्रहरीले बरामद गरेको छ । मह बनाएर बिक्री गर्न सदरमुकाम दिक्तेलतर्फ ल्याइँदै गरेको ३३ ड्रम ‘खुदो’ प्रहरीचौकी नुनथलाले बरामद गरेको हो ।

जिल्ला भित्रने बसमा लुकाएर ल्याएको खुदो जाँच गर्ने क्रममा फेला परेपछि बरामद गरिएको प्रहरीचौकी नुनथलाका प्रहरी सहायक निरीक्षक भीमराज थेवेले बताउनुभयो । उहाँले भन्नुभयो, “भारत घर बताउने पाँच÷छ जना महिलाहरुले बिक्रीका लागि ल्याउँदै गरेका रहेछन्, अवैधरुपमा जिल्ला भित्र्याइएकाले बरामद गगरिएको हो ।”
अवैध रुपमा जिल्ला भित्र्याइँदै गरेको ‘खुदो’ बरामदपछि थन्क्याउँदै प्रहरी जवान ।
तस्बिरः हाम्रो खोटाङ डटकम
खुदो ल्याएर आउने महिलाहरु भने, फरार भएको प्रहरीले बनाएको छ । उनीहरुको खोजी कार्य भइरहेको थोवेको भनाइ छ । 

बरामद गरिएको खुदो केहीदिनपछि नष्ट गरिने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “तराईसँगको सिधा यातायात जोडिएसँगै जिल्लामा अवैध सामाग्री भित्रन थालेको छ, यसप्रति सबै सजक हुन आवश्यक छ ।”

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post