sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » » दिक्तेलमा उध्रेको चोली....

चैत्र–३०, दायाँबायाँ राखिएका बा¥ह वटा साउण्ड बक्सबाट गीत गुञ्जिरहेको छ । कोही दर्शक कुर्सीमा अढेसिएर बसेका छन्, कोही उभिएका छन् । खोटाङ सदरमुकाम दिक्तेलको माटिकोरे खेलमैदान सांगीतिक माहोलले तातीरहेको थियो । दिनभर गाए नाचे पनि दर्शक श्रोताको रहर भने अझै पूरा भएकै थिएन । जव स्टेजमा गायीका इन्दिरा जोशी मुस्कुराएर अभिबादन गर्दै देखा परिन् तव मात्र बिहानदेखि साँझसम्म उभिएका दर्शकको प्रतिक्षाको घडी अन्त्य भयो । दर्शकको ताली र हुटिङले कार्यक्रमस्थल गुञ्जयमान बन्यो । 
दिक्तेलमा आयोजना गरिएको कन्सर्टमा गायीका इन्दिरा जोशी ।
रुपाकोट फुलबटल क्लवको सहयोगार्थ शनिबार आयोजना गरिएको बृहत सांगीतिक कन्सर्टमा गायीका इन्दिराले आफ्नो सुरिलो स्वरमार्फत जिल्लाका दर्शकलाई मुग्ध बनाइन् । मुस्कानमा गीत गाउँदै र कम्मर मर्काउँदै उनले दर्शकलाई नचाएर उधुम मच्च्याइन् । उनको स्टेज पर्फमेन्स र हाउभाउसँगै दर्शक पनि रमे, रमाए । रात पर्दैगएको र समय अभावका कारण इन्दिराले कन्सर्टमा ‘उध्रेको चोली’ बोलको सहित दुई वटा मात्र गीत पस्किइन् । दर्शकको भने धित पूरा भएकै थिएन । ‘यसपल्ट धेरै संगीतकर्मी जन्माउने थलोमा आउने अवशर मिल्यो,’ इन्दिराले भनिन्, ‘अर्को पल्ट आउँदा धोको पुग्नेगरी गाऔला नाचौंला ।’ 

थेलमेल गर्दै खेलमैदानमा उभिएका दर्शकले असिनपसिन हुँदै नाचेर इन्दिरालाई साथ थिए । बिहानदेखि बेलुकासम्म दर्शकले भोकतिर्खा भनेनन् । घरको काम मायाँ मारेर बसे । भीडभित्रै नाचेर भुईको धुलो उडाए । भीडभित्र एकले अर्कोलाई उचालेर काँधमा राखेर समेत नाचेर रमाइलो गरेको दृश्य देखिन्थ्यो । भीडलाई नियन्त्रण गर्न आयोजक र प्रहरीलाई निकै हम्मे परेको थियो । पटक–पटक इन्दिराले गाउन खोजेको गीतको ट्र्याक नखुलेका कारण दर्शकलाई खल्लो महसुस भएको थियो । 

सांगीतिक कन्सर्टमा इन्दिराबाहेक बिनोद खम्बू, आशिष ताम्राकार, बिक्रम राई, पालुवा स्टार, डिजराज पौडेल, ममता राई, शितल मोक्तान, सुमी चालमीङ, महेश हाङखीम लगायतले दर्शक श्रोतालाई मुग्ध बनाए । यस्तै धरानबाट आइपुगेका गरिमा डान्स सेन्टरका कलाकारको नृत्य उत्तिकै रुचाइए । 

कन्सर्टमा गायक आशिषले ‘प्रेम पत्र लेख्दै’ र ‘मलाई पनि सँगै लैजाउ’ बोलको गीत गाए । बिनोद खम्बूले ‘बसमा छैन यो मन’, ‘माझी दाईले जाल हान्यो’ लगायतका बोलको गीत गाएर दर्शकलाई तताए । नेपाल आइडल बिक्रमले नेपालीसँगै हिन्दी गीत समेत गाएर दर्शकलाई नचाए । अतिथि दर्शकको आग्रहमा गायक डिजराजले दोश्रोपल्ट समेत स्टेजमा स्थान पाएका थिए । गायीका शितलले ‘पहिलो मायाँ’ र ‘लाखौं तारा चाहिँदैन’ बोलको गीत पस्किइन् भने ममताले ‘टुनामुना लगायौ की’ बोलको गीत । पालुवा स्टार, सुमी र महेशले पनि दर्शकको उत्तिकै ताली र ‘वाही वाही’ पाएका थिए । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post