sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » गायिका इन्दिरालाई बलजस्ती ल्याएको हैन : आयोजक


वैशाख २ । नयाँ वर्षको पूवसन्ध्यामा दिक्तेलमा आयोजना गरिएको कन्सन्र्टको विषयमा गायिका इन्दिरा जोशीले सामाजिक सञ्जालमा असन्तोषव्यक्त गरेपछि विवाद सिर्जना भएको छ ।

गायिका जोशीले  जबरजस्ती बोलाएको, पाँच घण्टासम्म कुराएको, फर्कदा आयोजक भागेकाले आफैं गाडी रिजर्भ गरेर आएको लगायतका आरोप फेसबुकमार्फत लगाएपछि आयोजकले  आपत्ती जनाएको छ ।

आयोजक रुपाकोट फुटबल क्लबका अध्यक्ष दिलिप तामांगले गायिका इन्दिरा जोशीलाई जबरजस्ती नबलाएको भन्दै इन्दिराको भनाईप्रति आपत्ति जनाए । 'हामी उहाँको कोठामा गएर बलजस्ती बोलाएका होइनौं सहमतिमा आउनु भएको हो, उहाँले चित्त दुखाउनु भएछ किन हो थाहा छैन,' हाम्रो खोटांग डटकमसँग उनले भने, 'हामीले त अहिले आएर थाहा पाएको छौं ।'

अध्यक्ष तामांगले गायिका इन्दिरा प्रमुख अतिथि भएकाले उनको प्रस्तुती अन्तिममा भने राखेको स्वीकार गरे तर आयोजक भागेपछि आफैं टाटासुमो रिजर्भ गरेर गएको भन्ने भनाई प्रति भने आपत्ती जनाए । उनले भने, 'उहाँ आकस्मिक रुपमा हिड्छु भनेपछि हामीले हरि राईमार्फत उहाँलाई एयरपोर्टसम्म पुर्याउने व्यवस्था गरेका थियौं । हामी भागेको भन्ने कुरा झुटो हो ।'

गायिका जोशीले भने सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेकी छिन्ः



यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post