sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » दुईओटा गाविस एकै दिन खुल्ला दिशामुक्त क्षेत्र घोषणा

चैत्र–२५, खोटाङका दुई गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरीएको छ । लामिडाँडा र सप्तेश्वर गाविस एकै दिन खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो । 

लामीडाँडालाई प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाको प्रमुख आतिथ्यमा, सप्तेश्वरलाई खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको सचिवालय खोटाङका संयोजक धनप्रसाद गिरिको प्रमुख आतिथ्यमा खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो ।

५ सय ४७ घरधुरी रहको लामिडाँडा जिल्लाको ४७ औ स्थानमा, ४ सय ३७ घरधुरी रहेको  सप्तेश्वर ४८ औं स्थानमा खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ ।  

जिल्लालाइ नै खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने अभियान अन्तरगत चैत्र २६ गते एउटा र २७ र २८ गते ५–५ ओटा गाविस एकैदिन खुला दिशामुक्त घोषणा गरिने कार्यक्रम रहेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post