sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » खोटाङमा ५ सय १ घरका ३ हजार विस्थापित

अपडेट 
खोटाङ १४ । भूकम्पले जिल्लामा मानवीय क्षती नभए पनि ठूलो मात्रामा भौतिक सम्पत्तीमा क्षती पुगेको छ । भूकम्पका कारण हालसम्म जिल्लाका ४१ गाबिसका ५०१ घरका तीन हजार सर्वसाधारण बिस्थापित भएको जानकारी आएको जिल्ला दैबीप्रकोप उद्धार समितिले जनाएको छ । 

बिस्थापित भएका तीन हजार सर्वसाधारणलाई समितिले तत्काल उद्धार तथा राहत बितरणको तयारी गरिएको छ । पूर्णरुपमा भत्किएका ५०१ घरका तीन हजार नागरिकलाई पाल तथा आवश्यक खाद्यान्न बितरण गर्न लागिएको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले जनाए ।

 पाल खरिदका लागि जिल्ला बिकास समितिमार्फत नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई दुई लाख रुपैयाँ निकासा दिइएको छ । यस्तै, खोटाङ उद्योग बाणिज्य संघले पनि रेडक्रसलाई ५० थान पाल उपलव्ध गराउने भएको छ । बैठकले पिडित परिवारलाई खाद्यान्न उपलव्ध गराउन बाणिज्य संघलाई आग्रह गरेको छ । 

भूकम्पका कारण पूर्णरुपमा घर भत्किएपछि तीन हजार सर्वसाधारण खुल्ला चौँरमा रात काटिरहेका छन् । कतिपय बिस्थापितहरु छिमेकीको घरमा र विद्यालय भवनमा बसिरहेका छन् । घर भत्किदा खाद्यान्न, भाँडाकुँडा र कपडा पुरिएका स्थानीय सबैभन्दा बढि समस्यामा परेका छन् । घर भत्किएपछि बारी र पाखोमा कष्टपूर्ण बसोबास गर्नु परेको खार्मी–३ का बम भट्टराईले बताए । राहत तथा उद्धारका काम ढिला भएको भन्दै कतिपय बिस्थापितहरु आक्रोशित बनेका छन् । ‘यो देशमा सरकार छ की छैन ?’ महेश्वरी–३ का शम्भु राईले भने, ‘बिस्थापित भएको यत्रो दिनसम्म किन सरकारको प्रतिनिधिको मुख देख्न पाइन्दैन ?’ 
भूकम्पले भत्किएको घरको ढुंगाले लाग्दा माक्पा–६ की दुर्गामायाँ राई गम्भीर घाईते भएकी छन् । बरन्डाबाट लडेर डम्बर्खुशिवालय–१ का शेरबहादुर रोइलाको करङ भाँचिएको छ । यस्तै, सिमपानीकी रोजिना ढकाल र बाँझेच्यानडाँडाकी निर्मला बिश्वकर्मा घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक बिनोदराज खरेलले बताए । 

भुकम्पले भत्किएको गोठले किचेर लामीडाँडामा एक भैंसी, एक पाडो र बाख्रा मरेको छ । यस्तै, अर्खौलेमा एउटा राँगो मरेको र एउटा भैंसी घाइते भएको छ । भूकम्पका कारण सहकला प्राबि दुर्छिम, बालमन्दिर प्राबि दिक्तेल, युवा ज्योती प्राबि दिप्सुङको भवन भत्किएको छ । यस्तै, इलाका प्रहरी कार्यालय ऐसेलुखर्क, इलाका प्रहरी कार्यालय चिसापानी, प्रहरी कार्यालय नुनथला, दोर्पाचिउरीडाँडा, छितापोखरी र ऐसेलुखर्कस्थित नेपाली सेनाको बेस क्याम्प लगायतका सार्वजनिक सम्पत्तीमा समेत भूकम्पले क्षती पु¥याएको प्रशासनले जनाएको छ । यस्तै, दिक्तेलको मुढेस्थित थेक्छोक मेन्टोल सम्तेन छोलिङ गुम्बा ढलेको छ । क्षतीको बिबरण आउनेक्रम अझै पनि जारी छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post