sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खार्ताम्छा खुल्ला दिशामुक्त क्षेत्र घोषित

चैत्र–२६, खोटाङको खार्ताम्छा गाविसलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । ४ सय ११ घरधुरी रहेको खार्ताम्छामा स्थानीयले वाटरसिल चर्पी निर्माण गरेपछि जिल्लाको ४९ औं गाविसको रुपमा खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो । 

खार्ताम्छालाई जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक काँशीनाथ रेग्मीको प्रमुख आतिथ्यमा तथा जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समितिका संयोजक धनप्रसाद गिरिको बिशेष आतिथ्यमा  खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला संयोजक जीवन श्रेष्ठ, एकिकृत माओवादीका बिनोद आचार्य तथा स्थानियबासीको उल्लेखनीय उपस्थिति रहेको थियो । खोटाङ जिल्लालाई नै खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने अभियान अन्तरगत चैत्र २७ र २८ गते ५–५ ओटा गाविस एकैदिन खुला दिशामुक्त घोषणा गरिने कार्यक्रम रहेको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post