sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » अन्तर्राष्ट्रिय कराते प्रतियोगिता जेठ पहिलो हप्ता

बैसाख–९, ‘प्रथम खोटाङ–हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता–२०७२’ जेठ पहिलो साता हुने भएको छ । खेल सँस्कृतिको बिकास गर्दै जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले नेपाल सितोरियो कराते संघको आयोजनामा आगामी जेठ–५ गतेदेखि ७ गतेसम्म  प्रतियोगता हुने भएको हो । 

सदरमुकाम दिक्तेलस्थित माटिकोरे खेल मैदानमा सञ्चालन गरिने प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र चौथो हुने समूहले क्रमशः एक लाख, ७० हजार, ४० हजार, २० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा अनुशासित समूह, उत्कृष्ट मार्चपास गर्ने समूह, उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ठ टिम कोच, उत्कृष्ट टिक व्यवस्थापक, अनुशासित पुरुष तथा महिला खेलाडीलाई दश÷दश हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संघका अध्यक्ष सञ्जयकुमार राईले बताउनु भयो । 

प्रतियोगीताका लागि प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाको संयोजकत्वमा ‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’ मुल आयोजक समिति गठन गरिएको छ । करिब ३५ लाखको लागतमा सम्पन्न गर्ने लक्ष्य राखिएको प्रतियोगिता सफल पार्नका लागि जिल्लास्थित सरकारी तथा गैंर’सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु उपसमितिमा समेटिएका छन् । 

आर्थिक सहयोग संकलनबाट आयोजना गरिने प्रतियोगितामा नेपालका पाँचै विकास क्षेत्र, विभागीय टिम नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल विश्व विद्यालय तथा भारत, भुटान, बंलगलादेश र श्रीलङ्काको सहभागिता रहने आयोजकले जनाएको छ । १८ समूहको सहभागिता रहने प्रतियोगितामा ४५० जना खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ । 

७६ पदक संख्याका लागि प्रतिस्पर्धा गराइने प्रतियोगितामा १९ स्वर्ण, १९ रजत र ३८ कास्य पदक रहेको छ । प्रतियोगितामा पुरुष एकल काता र महिला एकल काता तथा पुरुष टिम काता र महिला टिम कातामा तीन÷तीन जनाको समूह रहने राईले जनाए । प्रतियोगितामा पुरुषतर्फ ४५, ५०, ५५, ६५, ६७, ७५, ८४ र ८४ केजी भन्दामाथि तथा महिलातर्फ ४०, ४५, ५०, ५५, ६१, ६८ र ६८ केजीभन्दा माथि प्रतिस्पर्धा गराइने संघका उपाध्यक्ष मिलन कसजुले जानकारी दिनुभयो । प्रतियोगीताको लागि संघले १२ जना खेलाडीको आयोजक टिम छानिसकेको छ । 

संघले प्रतियोगिताका लागि दश लाख बराबरको म्याट (तातामी) तथा आवश्यक खेल सामाग्री जुटाइसकेको छ । गत बैसाख–१ गतेदेखि सञ्चालन गर्ने भनिएको प्रतियोगीता बन्द, आर्थिक समस्या लगायतका कारण जेठकालागि सारिएको हो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post