sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » अलग अभियानले खोटाङ बिशेष श्रृंखला गर्ने

खोटाङ, काठमाण्डौंमा साहित्यिक तथा सांगीतिक गतिबिधि सञ्चालन गर्दै आएका युवा सर्जकहरुको संस्था अलग अभियानले खोटाङ बिशेष श्रृंखला गर्ने भएको छ । करिब ८ बर्षदेखि अभियानकै रुपमा साहित्यिक गतिबिधिसँगै गीतसंगीतलाई समेत समेट्दै आएको अलग अभियानले बैशाख पहिलो साता सदरमुकाम दिक्तेलमा खोटाङ बिशेष श्रृंखलाको तयारी गरेको हो ।

कार्यक्रममा जिल्लाका कृयाशील सर्जक तथा अभियानका टोलीका सिर्जना सुन्ने–सुनाउने कार्यक्रमको तय गरिएको अभियानको संयोजक नाकिमाले बताउनु भयको छ । उहाका अनुसार ऐतिहासिक बिशेष कार्यक्रममा गीतसंगीतको समेत प्रस्तुती रहने छ । 

कार्यक्रम सफल पार्न जिल्लाका श्रष्टाहरु कार्य बिभाजन गरेर लागि परेको स्थानीय आयोजक टेम्के तुवाचुङ प्रतिष्ठानको अध्यक्ष भोगेन एक्लेले जानकारी दिनुभये । आयोजकका अनुसार गीतसंगीत तयारीमा जीबन राई‘ज्वाला’, कबिता र गजल संकलनमा सबिता भुजेल, प्रायोजक सम्पर्क तथा समन्वय कोपिला थुलुङ‘आँशुतोष’ले संयोजन गरिरहेको छ । यस्तै, सञ्चारमा रामधन बेदना र अभियानको लोगो अंकित टिसर्ट बितरणमा युगसन किरातीले संयोजन गरिरहेको छ । 

कार्यक्रममा सहभागि हुने सर्जक र प्रस्तुत हुने सिर्जना तथा कलाको टुंगो लागिसकेको आयोजकले जानकारी दिएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post