sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » ६ सय बाख्रालाई पिपिआर बिरुद्धको भ्याक्सिन

चैत्र–२६, खोटाङ अर्खौलेका ६ सय बाख्रालाई पिपिआर बिरुद्धको भ्याक्सिन दिइएको छ । अर्खौले ५ र ६ का स्थानीय किसानले पालेका ६ सय बाख्रालाई भ्याक्सिन दिइएको हो । 
फायल तस्विर

महामारीका रुपमा फैलिन सक्ने पिपिआर रोगबाट बाख्रालाई जोगाउनका लागि भ्याक्सिन दिइएको स्थानीय सुत्केरीढुंगा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिनुभयो । क्रमशः अन्य वडाका बाख्रालाई पनि पिपिआर बिरुद्धको भ्याक्सिन दिइने जनाइएको छ । 

ईलाका पशु स्वास्थ्य कार्यालय बुइपाको सहयोगमा कृषि सहकारी संस्थाले भ्याक्सिन बिरुद्धको खोपको आयोजना गरेको हो । गाविसलाई खुल्ला दिशामुक्त सँगै पिपिआरमुक्त वडा घोषणा गर्ने तयारी गरिएको अध्यक्ष श्रेष्ठले जनाउनु भयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post