sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » एमाले खोटाङको छैठौं अधिवेशन आज

बैशाख–१०, नेकपा एमाले खोटाङको छैठौं जिल्ला अधिवेशन आज उद्घाटन हुँदै छ । सदरमुकाम दिक्तेलस्थित स्थानीय हेलीप्याडमा हुने अधिवेशनको उद्घाटन एमाले केन्द्रीय अध्यक्ष केपी ओलीले गर्ने कार्यक्रम रहेको छ । 
स्थानीय हेलीप्याडमा आयोजना गरिने अधिवेशनमा हजारौं कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको सहभागिता रहने एमालेको दावी छ । अधिवेशनको बन्दसत्रमा पाँच सय २५ प्रतिनिधिको सहभागिता रहने जनाइएको छ । 

‘स्थायी शान्ति, साझा पहिचान सहितको संघीयता र अग्रगामी संविधान, संवृद्ध खोटाङ र सशक्त एमाले निर्माणको लागि छैठौँ जिल्ला अधिवेशन’ भन्ने नारासहित उद्घाटन हुने अधिवेशनले सर्वसहमतीमा नयाँ नेतृत्व चयन गर्ने जिल्ला अध्यक्ष अध्यक्ष बबी चाम्लिङले बताउनुभयो । उहाँले भन्नुभयो, “एमालेको यसअघिको सँस्कारलाई यसपल्टको अधिवेशनमा पनि निरन्तरता दिइनेछ, यसमा हामी पार्टीभित्र छलफल गरिसकेका छौं ।”

एमाले जिल्ला सचिव रामप्रसाद दंगालले समेत सर्वसहमतीमा नयाँ नेतृत्व चयन हुने बताउनुभएको छ । उहाँले भन्नुभयो, “हामी अधिकतम सहमतीको प्रयास गर्ने छौं, किनकी हामीले बिगतका परम्परालाई निरन्तरता दिँदै पार्टीलाई एक ढिक्का बनाउनुछ ।”

एमाले खोटाङको नयाँ अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष चाम्लिङ र सचिव दंगालको चर्चा छ । चाम्लिङको पक्षमा पुराना पुस्ता देखिएका छन् भने, दंगालको पक्षमा युवा तथा विद्यार्थी देखिएका छन् । 

दुवै पक्ष उत्तिकै बलिया देखिएका छन् । उनीहरु आफ्नो पक्षका व्यक्ति अध्यक्षको पदमा नआए निर्वाचनकै माध्यमबाट नयाँ नेतृत्व छान्ने पक्षमा छन् । 

अधिवेशनका लागि पोलिटव्यूरो सदस्य रामपृत पासवान, वैकल्पीक पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडा, केन्द्रीय सदस्य खगेन्द्र राई, सुमनराज प्याकुरेल, बैकल्पीक केन्द्रीय सदस्य विशाल भट्टराई, राजन राई, सभाषद पिके राई, निर्वाचन आयोगका सदस्य गंगा नेपाल लगायतका नेताहरु दिक्तेल आइसकेका छन् । उद्घाटन कार्यक्रममा केन्द्रीय अध्यक्ष आउने भएपछि आयोजकले दिक्तेल बजारको ठाउँठाउँमा स्वागत गेट बनाएर बजारलाई बेहुली झै श्रृङ्गारेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post