sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » पुस्तकालय स्थापनार्थ राजन मुकारुङको एकल कबिता बाचन

बैसाख ८, पुस्तकालय स्थापनार्थ खोटाङमा एकल कबिता बाचन कार्यक्रम गरिने भएको छ । पुस्तक अध्यायन गर्ने बानीको बिकास गर्दै चेतना अभिबृद्धिकालागि पुस्तकालय स्थापनार्थ बैसाख–१८ गते मदन पुरस्कार बिजेता साहित्यकार राजन मुकारुङको एकल कबिता बाचन कार्यक्रमको तयारी गरिएको हो ।

‘सिर्जनशिल र उद्यमशिलताकालागि अध्यायन, कला र साहित्य समाज परिवर्तनको माध्याम’ भन्ने नारासहित एकल कबिता बाचन कार्यक्रम गर्न लागिएको पुस्तकालय अध्यायन केन्द्रका अध्यक्ष मेघराज राईले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । चाहेको पुस्तक अध्यायन गर्ने व्यवस्था मिलाएर व्याक्तीको बौद्धिक क्षमताको स्तर बढाउन र क्षमताको दायरालाई अझ फराकिलो बनाउनकालागि पुस्तकालय स्थापनाको अवधारणा अघि सारिएको उहाँले जानकारी दिनुभयो । 

पुस्तकालय स्थापनाकालागि आवश्यक रकम जुटाउन जिल्लामै पहिलोपल्ट कबिता बाचन गर्न लागिएको हो । दिक्तेलमा सञ्चालन गरिने पुस्तकालयमा सबै विद्या, विषय र क्षेत्रका पुस्तक पढ्ने व्यवस्था मिलाइने केन्द्रका अर्का प्रतिनिधि रबिन खम्बुले बताउनु भयो । ‘समाजमा व्याप्त बिकृति बिसंगती न्यूनीकरण गर्न चेतनाको आवश्यकता पर्छ,’ खम्बूले भन्नुभयो, ‘त्यो चेतना पुस्तकबाट मात्र सम्भव भएकाले पुस्तकालय स्थापना गर्न प्रयास गरेका हौँ ।’ बेफुर्सदी बनेर समय खेर फाल्ने युवालाई समेत पुस्तकालयमा ‘इंगेज’ गराउन सकिने उहाँले बताउनु भयो । 

पुस्तकालयका लागि सभाषद् अशोक राईले संसदीय विकासकोषबाट एक लाख रुपैयाँ दिइसकेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post