sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » बाख्रालाई पिपिआर बिरुद्धको भ्याक्सिन

चैत्र–२५, खोटाङको बाहुनीडाँडाका एक हजार बढि बाख्रालाई पिपिआर बिरुद्धको भ्याक्सिन दिइएको छ । बाहुनीडाँडा–५, ६, ७, ८ र ९ का किसानले पालेका बाख्रालाई खोरमै पुगेर भ्याक्सिन दिइएको हो । बाख्रामा छेर्ने, कब्जियत हुने, मुखमा घाउ आउने लगायतका समस्या देखिन थालेपछि बाख्रालाई पिपिआर बिरुद्धको भ्याक्सिन दिइएको पशुसेवा कार्यालयले जनाएको छ । बाँकी वडाका बाख्रालाई समेत भ्याक्सिन दिने तयारी गरिएको सामाजिक रिपोर्टर मुना राईले जानकारी दिनुभयो ।

यस्तै, अर्खौलेका बाख्रालाई पनि पिपिआर बिरुद्धको भ्याक्सिन दिइएको छ । महामारीकारुपमा फैलिन सक्ने पिपिआर रोगबाट बाख्रालाई जोगाउनका लागि स्थानीय किसानले पालेका बाख्रालाई भ्याक्सिन दिइएको हो । अर्खौले–५ र ६ का तीन सय बाख्रालाई पिपिआर बिरुद्धको भ्याक्सिन दिइएको स्थानीय सुत्केरी ढुंगा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिनुभयो ।

क्रमशः अन्य वडाका बाख्रालाई पनि पिपिआर बिरुद्धको भ्याक्सिन दिइने जनाइएको छ । ईलाका पशु स्वास्थ्य कार्यालय बुईपाको सहयोगमा कृषि सहकारी संस्थाले भ्याक्सिन बिरुद्धको खोपको आयोजना गरेको हो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post