sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » भूकम्पले दुई सय बिस्थापित

बैसाख–१३, भूकम्पका कारण खोटाङमा दुई सय सर्वसाधारण बिस्थापित भएका छन् । शनिबार गएको भूकम्पले बस्नै नमिल्नेगरी घर भत्किएपछि जिल्लाका १९५ सर्वसाधारण बिस्थापित भएको जिल्ला दैबीप्रकोप उद्धार समितिले जनाएको छ ।

भूकम्पका कारण पूर्णरुपमा घर भत्किएपछि १९५ जना खुल्ला चौँरमा, ४५ जना छिमेकीको घरमा आश्रय लिएर बसिरहेका र १५ जना विद्यालय भवनमा बसिरहेका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन राईले बताउनुभयो । जिल्ला दैबीप्रकोप उद्धार समिति, सुरक्षा निकाय र रेडक्रसबाट प्राप्त भएको पछिल्लो जानकारी अनुशार जिल्लाका ३४ गाबिसका १६१ घर पूर्णरुपमा भत्किएका छन् । भूकम्पले भत्किएको घरको ढुंगाले लाग्दा माक्पा–६ की दुर्गामायाँ राई गम्भीर घाईते भएकी छन् । बरन्डाबाट लडेर डम्बर्खुशिवालय–१ का शेरबहादुर रोइलाको करङ भाँचिएको छ । यस्तै, सिमपानीकी रोजिना ढकाल र बाँझेच्यानडाँडामा एक महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक बिनोदराज खरेलले बताउनुभयो । क्षतीको बिबरण आउनेक्रम अझै पनि जारी छ । 

आईतबार बिहान बसेको जिल्ला दैबीप्रकोप उद्धार समितिको आकस्मिक बैठकले भूकम्पबाट बिस्थापित सर्वसाधारणलाई पुःर्नस्थापना र राहतको व्यवस्था मिलाउने निर्णय गरेको छ । घाइतेको उपचारकालागि तत्काल सदरमुकाम ल्याउने र सदरमुकाममा उपचार सम्भव नभए अन्यत्र लगेर उपचार गर्ने तयारी गरेको छ । समितिले भूकम्पको क्षतीको बिवरण यकिन गर्न र तत्काल प्रतिबेदन पेश गर्नकालागि गाबिस सचिव लगायतका सरकारी संयन्त्रलाई निर्देशन दिएको छ । भूकम्पको धक्काले चर्किएको घर भत्किने खतराका कारण सदरमुकाम दिक्तेल बजारभित्र ग¥हौं भारी बोक्ने सवारी साधन आवतजावतमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी राईले बताउनुभयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post