sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » तीनओटा गाविस एकै दिन खुल्ला दिशामुक्त क्षेत्र घोषणा

चैत्र – २३, खोटाङका तीन गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरीएको छ । माक्पा, जलेश्वरी र महेश्वेश्वरी तीनओटै गाविसलाई एकै दिन खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो । 

माक्पालाई प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाको प्रमुख आतिथ्यमा, जलेश्वरीलाई संबिधानसभाका सदस्य एवम् खोटाङ क्षेत्रनम्वर दुईका सभाषद पाँचकर्ण राई ( पिके ) को प्रमुख आतितथ्यमा त्यसैगरी जलेश्वरीलाई गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा खोटाङका अध्यक्ष दिपनारायण रिजालको प्रमुख आतित्थ्यमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो ।

४ सय ३२ घरधुरी रहेको माक्पालाई ४६ औ स्थानमा, ३ सय ९७ घरधुरी रहेको जलेश्वरीलाई ४४ स्थानमा त्यस्तै ५ सय दुई  घरधुरी रहेको महेश्वरीलाई ४५ औ स्थानमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post