sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » संबिधानसभालाई खेर जान दिन्नौँः अध्यक्ष ओली

बैशाख–१०, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोश्रो संबिधानसभालाई संबिधान नबनाई खेर जान नदिने बताउनु भएको छ । एमाले खोटाङको छैठौं अधिबेसन उदघाटन कार्यक्रमलाई बिहिबार सदरमुकाम दिक्तेलको हेलीप्याडमा सम्बोधन गर्दै अध्यक्ष ओलीले संबिधानसभामा एमालेको उपस्थिति रहेका कारण बर्तमान संबिधानसभालाई बिनासंबिधान खेर जान नदिने बताउनु भएको हो ।

पहिलो संबिधानसभामा एमालेको अनुपस्थितिका कारण संबिधानसभा असफल भएको बताउँदै अध्यक्ष ओलीले दोश्रो संबिधानसभालाई असफल हुन नदिने दाबी गर्नुभयो । ओलीले सहमतीमा संबिधान बनाउन प्रयास गरिने नभए संबैधानिक प्रकृयाबाट संबिधान जारी हुने बताउनुभयो । जारी अशान्ती र हिंसा समाप्त गर्दै देशलाई लोकतान्त्रिक प्रणालीमा अगाडि बढाउनका लागि र देशलाई संबृद्ध बनाउन नयाँ संबिधान निर्माणमा ढिलाइ गर्न नहुने ओलीको भनाई थियो । 

अध्यक्ष ओलीले दश बर्षे माओबादी जनयुद्धका नाममा एमाले, कांग्रेसका कार्यकर्तालाई छानी–छानी हत्या गर्ने काम भएको उल्लेख गर्नुभयो । 

यस्तै, एमाले उपाध्यक्ष भीम रावलले संविधान निर्माणकाक्रममा एमाओबादी प्रमुख बाधक बनेको आरोप लगाउनु भएको छ । आफ्नो पार्टी हदैसम्म लचिलो भएपनि एमाओवादी मूख्य बाधक बनेर बसेको उपाध्यक्ष रावलले बताउनु भयो । 

अधिवेशन उदघाटन कार्यक्रममा पोलिटव्यूरो सदस्य रामपृत पासवान, वैकल्पीक पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडा, केन्द्रीय सदस्य खगेन्द्र राई, सुमनराज प्याकुरेल, बैकल्पीक केन्द्रीय सदस्य विशाल भट्टराई, राजन राई, सभाषद पिके राई लगायतका नेताहरुले सम्बोधन गरिरहेका छन् । ‘स्थायी शान्ति, साझा पहिचान सहितको संघीयता र अग्रगामी संविधान, संवृद्ध खोटाङ र सशक्त एमाले निर्माणको लागि छैठौँ जिल्ला अधिवेशन’ भन्ने नारासहित उद्घाटन भएको अधिवेशनले सर्वसहमतीमा नयाँ नेतृत्व चयन गर्ने एमाले जिल्ला अध्यक्ष बबी चाम्लिङले बताउनुभयो । स्थानीय हेलीप्याडमा आयोजना गरिएको अधिवेशनमा हजारौं कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको सहभागिता रहेको छ । 

अधिवेशनको बन्दसत्रमा ५२५ प्रतिनिधिको सहभागिता रहेको एमालेले जनाएको छ । ‘एमालेको यसअघिको सँस्कारलाई यसपल्टको अधिवेशनमा पनि निरन्तरता दिइनेछ,’ एमाले सचिव राम दंगालले भन्नुभयो, ‘यसमा विषयमा पार्टीभित्र छलफल गरिसकेका छौं ।’ 

यो पनि हेर्नुहोला ।

संविधान निर्माणमा एमाओवादी बाधकः उपाध्यक्ष रावल

एमाले खोटाङको छैठौं अधिवेशनको केहि झलक


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post