sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » पाँच गाविस एकै दिन खुला दिशामुक्त क्षेत्र घोषणा

चैत्र–२८, खोटाङ जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने लहर अन्तरगत सुक्रवार पाँच ओटा गाविस एकैदिन खुला दिसामुक्त क्षेत्र घोषणा भएका छन् । जिल्लाका कुभिन्डे, च्यास्मिटार, टेम्मा, फेदि, बिजयखर्क गाविस एकै दिन खुला दिसामुक्त क्षेत्र घोषणा भएका हुन् । स्थानियले पाँचै गाविसमा वाटरशिल चर्पी निर्माण गरेपछि कुभिन्डे गाविस जिल्लाको ५० औं खुला दिशामुक्त क्षेत्र घोषणा भएको छ । 

त्यस्तै, च्यास्मिटार ५१ औं ,५२ औं टेम्मा, ५३ औं फेदि ,५४ औं बिजयखर्क,गाविस खुलादिशामुक्त घोषणा भएका हुन् ।  खुला दिसामुक्त क्षेत्र घोषणाको लहर अन्तरगत कुभिण्डेलाई सभाषद पाँचकर्ण राईको प्रमुख आतिथ्यमा बिजयखर्क नेपाली काँग्रेसका जिल्ला सभापति बिष्णुकुमार राईको प्रमुख अतिथ्यता, च्यास्मिटार प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाको प्रमुख आतिथ्यमा, टेम्मा जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत शुसिला श्रेष्ठको प्रमुख आतिथ्यमा र फेदि जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समिति सचिवालयका संयोजक धनप्रसाद गिरिको प्रमुख आतिथ्यमा एकैदिन खुला दिशामुक्त क्षेत्र घोषणा भएका हुन । 

अभियान अन्तरगत चैत्र २८ गते पनि ५ ओटा गाविस खुला दिशामुक्त घोषणा गरिने कार्यक्रम रहेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post