sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा श्रद्धाञ्जली

बैसाख–१८, शनिबार गएको भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा खोटाङमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । खोटाङ उद्योग बाणिज्य संघको समन्वयमा नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्था महासंघ, यातायात व्यवसायी संघ र नेपाल पत्रकार महासंघको संयुक्त आयोजनामा शुक्रबार साँझ सदरमुकाम दिक्तेलको त्रिबेणीचौकमा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो । 

भूकम्पका कारण ज्यान गुमाएका मृतकको सम्झना तथा घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै श्रद्धाञ्जली कार्यक्रम गरिएको बाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताउनु भयो । सडकमा बनाइएको नेपालको नक्साभित्र श्रद्धाञ्जली लेखेर दियो, मैनबत्ती, अगरबत्ती बाल्नुका साथै फूल चढाएर मृतकको सम्झना एबं चीरशान्तिको कामना गरेका छन् । 

श्रद्धाञ्जलीसभामा स्थानीयले स्वतःस्फुर्तरुपमा आएर दिप प्रज्वलन गर्दै फूल चढाएका थिए । कार्यक्रममा बाणिज्य संघका अध्यक्ष लयालु, रेडक्रसका सभापति कुमारसिं बस्नेत, गैससमहासंघका अध्यक्ष दिपनारायण रिजाल, यातायात व्यवसायी संघका अध्यक्ष गणेशबिक्रम शाही र नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राईले मृतक परिवारप्रति धैर्यधारणको शक्तिका लागि कामना गरेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post