sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » बिनासकारी भूकम्पमा खोटाङका १२ को मृत्यु

जेठ–३, बिनासकारी भूकम्पमा खोटाङका १२ जनाले ज्यान गुमाएका छन् । शिक्षा तथा रोजगारका सिलसिलामा राजधानी काठ्माण्डौं सिन्धुपाल्चोक लगायतका ठाउँमा पुगेका १२ जनाको मृत्यु भएको खोटाङ सेवा समाज काठ्माण्डौंको तथ्यांक छ । 

१० जनाको काठ्माण्डौंको बिभिन्न ठाउँमा र दुई जनाको सिन्धुपाल्चोकमा मृत्यु भएको समाजका अध्यक्ष राकेश राईले जानकारी दिनुभयो । भूकम्पका कारण ढलेको साततलेको चर्चमा किचिएर दोर्पाचिउरीडाँडा–१ का देउकुमारी राई, उनका जेठो छोरा रमेश, माइली बुहारी तारा, माइलो छोरातर्फका नातिनी रेजिना र सेरिना राईको ज्यान गएको छ । उनीहरुसँगै सोही चर्चमा पुरिएर बाक्सिला घर भइ हाल हात्तीगौंडा बस्दैआएका बेलायती पुर्वलाहुरे रत्नबहादुर राई र श्रीमती मीना राईको ज्यान गएको समाजले जनाएको छ । 

यस्तै, हाल जोरपाटी बस्दैआएकी सल्ले–४ की अर्चना पौडेल र हाइड्रोपावरको काम गर्दैआएका च्यास्मीटार–५ का सेतीबहादुर राईको सिन्धुपाल्चोकमा पहिरोमा पुरिएर मृत्यु भएको समाजका अध्यक्ष राईले जानकारी दिनुभयो । हाल सिनामंगल बस्दैआएका खार्पा–४ का कृष्ण पोखरेल र शान्तिनगरमै बस्दैआएकी पाथेकाकी निशा राई भनिने फुलमायाँको शान्तिनगर गेटले किचेर ज्यान गएको छ । भूकम्पका कारण जिल्लामा भने मानवीय क्षती नभएको दैबी प्रकोप उद्धार समितिले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post