sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » भूकम्पका कारण पुःन त्रास फैलियो

बैसाख–२९, मंगलबार गएको भूकम्पका कारण जिल्ला कारागार शाखा खोटाङको दुई वटा कोठा पूर्णरुपमा क्षतीग्रस्त बनेको छ । भूकम्पको धक्काका कारण कारागारका दुई वटा कोठा काम नलाग्ने अवस्थामा पुगेको हो । कोठा ध्वस्त बनेपछि कैदीबन्दीलाई राख्न समस्या भएको कारागार शाखाले जनाएको छ । भूकम्पका कारण जिल्ला अस्पताल दिक्तेलको अधिकांश भवनमा क्षति पु¥याएको छ । यस्तै जिल्ला बिकास समितिको भवन समेत चर्किएको छ । 

गत बैशाख–१२ गतेको भुकम्पले चर्किएका अधिकांश घर तथा भवनहरु मंगलबारको भूकम्पले ढलेका छन् । यसअघिको भूकम्पले नचर्किएका भवन तथा घरहरु मंगलबार चर्किएका छन् । हालसम्म जिल्लामा मानवीय क्षतीको जानकारी नआएको जिल्ला दैबिक प्रकोप उद्धार समितिले जनाएको छ । भुकम्पपछि टेलिफोनमा समस्या आएका कारण क्षतीको यकिन विबरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

भूकम्पले जिल्लामा पु¥याएको क्षतीको बिबरण संकलनका लागि प्राकृतिक प्रकोप उद्धार समितिले डेक्सको ब्यवस्था गरेको छ । भूकम्पको धक्कापछि स्थानीय त्रसित बनेका छन् । सरकारी कार्यालय समय अगावै बन्द भए । बजार तथा पसलहरु दिउँसैबाट बन्द छन् । भूकम्पको त्रासले स्थानीय घर छाडेर बाहिरै बसिरहेका छन् । भूकम्पको धक्का आइरहेका कारण स्थानीय खुल्ला चौंरमा पाल टाँगेर बस्ने तयारीमा लागेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post