sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » भूकम्पपीडितका लागि जिशिकाद्धारा साँढे ६० लाख सहयोग

बैशाख–२८, भूकम्पपीडितको सहयोगार्थ जिल्ला शिक्षा कार्यालय खोटाङले साँढे ६० लाखबढि राहत रकम जम्मा गरेको छ । भूकम्पका कारण पीडित भएका जिल्लाबासीलाई सहयोगार्थ कार्यालयले ६० लाख ६२ हजार  राहत रकम प्रधानमन्त्री दैविप्रकोप उद्दार कोषको खातामा जम्मा गरेको हो । 

गत बैशाख १२ गतेको बिनाशकारी महाभूकम्पबाट पीडित बनेका जिल्लाबासीलाई सहयोगका लागि जिल्लाका सबै कर्मचारी तथा शिक्षकको तलब कट्टा गरेर राहत रकम जम्मा गरिएको जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद भट्टराईले बताउनुभयो । राहत रकमका लागि जिल्ला शिक्षा अधिकारी तथा माविका प्रथम श्रेणी र द्धितीय श्रेणीका शिक्षकहरुको  दश÷दश दिनको तलब कट्टा गरिएको छ ।

मावि तृतीय श्रेणीका शिक्षकको पाँच÷पाँच दिनको तलब जम्मा गरिएको छ भने, निमाविका प्रथम श्रेणी र द्धितीय श्रेणीका शिक्षकको दश÷दश दिनको तलब कटाइएको छ । निमाविका  तृतीय श्रेणीका शिक्षक तथा प्राविका सबै शिक्षकको  पाँच÷पाँच दिन बराबरको तलब तथा अन्य सबै शिक्षक तथा कर्मचारीबाट पाँच÷पाँच दिन बराबरको तलब भट्टराईले जानकारी दिनुभयो । 

भट्टराईका अनुसार जिल्लाका शिक्षक तथा कर्मचारीको तर्फबाट राहत रकम जम्मा गरिसकिएको छ भने, श्रोत व्यक्तिहरुबाट करिब एक लाख २५ हजार रकम जम्मा हुन बाँकी रहेको छ । उनीहरुको तलब पनि कट्टा गरेर हप्ता दिनभित्रमा जम्मा गरिने जनाइएको । 

भूकम्प पीडितको सहयोगार्थ जिल्लाबाट राज्यलाई सबैभन्दा बढि रकम सहयोग भएको भट्टराईको भनाइ छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post