sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » » भूकम्प पिडितलाई दश लाखको त्रिपाल

जेठ–५, खोटाङका भूकम्प पिडितलाई दश लाख बढिको त्रिपाल प्राप्त भएको छ । जिल्लाका भूकम्प पिडितलाई लाक्पा फुटी शेर्पा ट्रष्ट र जनबोली न्यूज नेटवर्कको संयुक्त पहलमा दश लाख बराबरको ६५० थान त्रिपाल प्राप्त भएको हो । 
राहत हस्तान्तरण गर्दै लाक्पा फुटी शेर्पा ट्रष्ट र जनबोली न्यूज नेटवर्कका प्रतिनिधि
ट्रष्टका प्रमुख लाक्पा फुटी शेर्पा र नेटवर्कका प्रमुख ईन्द्र आचार्यले मंगलबार खोटाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटामार्फत रेडक्रसलाई त्रिपाल हस्तान्तरण गरेका छन । भुकम्पले घर भत्किएर बिस्थापित बनेका पिडितको सहयोगार्थ बीरगञ्जबाट त्रिपाल खरिद गरेर पिडितको नाममा हस्तान्तरण गरिएको ट्रष्टकी प्रमुख शेर्पाले बताउनु भयो । जनबोली न्यूज नेटवर्क र लाक्पा फुटी शेर्पा ट्रष्टले सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, सोलुखुम्बु लगायतका ठाउँका भूकम्प पिडितलाई समेत राहत प्रदान गरेको जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post