sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » भूकम्प पिडितलाई स्वीस सरकारबाट पाल

जेठ–८, खोटाङका भूकम्प पिडितकालागि स्वीस सरकारबाट झण्डै चार हजार सेट पाल प्राप्त भएको छ । बैसाख–१२ गतेको महाभूकम्पपछि जिल्ला दैबीक प्रकोप उद्धार समितिको आग्रहमा स्वीस सरकार बिकास सहयोगबाट ३ हजार ९ सय ७५ सेट पाल प्राप्त भएको हो । 

भूकम्पबाट घर भत्किएर अलपत्र बनेका पिडितको सहयोगार्थ स्वीस सरकारबाट प्रतिपरिवार दुई÷दुई थान कम्बल, तीन÷तीन मिटर कपडा, एक÷एक सेट पियूष सहित एक÷एक थान पाल प्राप्त भएको हो । बैसाख–१२ गतेको भूकम्पपछि पहिलो चरणमा प्राप्त भएको एक हजार ७ सय २५ सेट पाल वितरण भइसकेको जिल्ला दैबीक प्रकोप उद्धार समितिले जनाएको छ । 
फाईल तस्बिर

यस्तै, बैसाख–२९ गतेको भूकम्पको मारमा परेका पिडितको सहयोगार्थ दोश्रो चरणमा प्राप्त भएको २ हजार २ सय ५० सेट पाल जिल्ला भित्र्याइएको स्वीस सरकार बिकास सहयोगका सम्पर्क अधिकृत शुशिल श्रेष्ठले बताउनुभयो । दोश्रो चरणमा आएको पाल वितरणकालागि नेपाली सेनाको व्यरेक र अर्खौलेमा तयारी अवस्थामा राखिएको जनाइएको छ । 

बैसाख–२९ गतेको भूकम्पले पु¥याएको क्षतीको लगत संकलन नसकिएका कारण दोश्रो चरणमा प्राप्त राहत वितरण हुन नसेको जनाइएको छ । ‘दैबीक प्रकोप उद्धार समितिले स्वीस सरकारसँग सात हजारजती पाल माग गरेको थियो,’ सम्पर्क अधिकृत श्रेष्ठले भन्नुभयो, ‘माग अनुशारको बाँकी पाल पनि क्रमशः आउने छ ।’ 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post