sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » सूचनाको हक र खोज पत्रकारिता तालिम सुरु(फोटो फिचर)

जेठ–११, जिल्लामा सूचनाको हक र खोज पत्रकारिता सम्बन्धी पाँच दिने तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघको आयोजना तथा युनेस्को र युरोपियन युनियनको आर्थिक सहयोगमा सोमबारबाट पाँच दिने तालिम सुरु भएको हो । 

सदरमुकाम दिक्तेलस्थित थ्री ब्रदर्श होटलमा सुरु भएको तालिममा खोटाङ, ओखलढुङ्गा र भोजपुरका २५ जना पत्रकारहरुको सहभागिता रहेको छ । जेठ–१५ गतेसम्म सञ्चालन हुने तालिममा संविधान विद् तथा उच्च प्रशासनिक सुधार अनुगमन आयोगका अध्यक्ष काँशीराज दाहाल, पत्रकार महासंघका केन्द्रीय सदस्य तथा नयाँ पत्रिका दैनिकका पत्रकार गणेश लम्साल, आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय सचिव तथा गोरखापत्र दैनिकका पत्रकार राजेश चाम्लिङ, एन.पी.आई.का यज्ञराज शर्माले सहजीकरण गरिरहनुभएको छ । 

सोमबार अबेर सुरु भएको तामिलममा सूचनाको हक, सूचनाको महत्व र सूचना माग्ने विधिका बारेमा प्रमुख प्रशिक्षक दाहालले जानकारी दिनुभएको छ । प्रशिक्षण दिँदै उहाँले भन्नुभयो, “सूचनाको हक आम नागरिकको नैसर्गीक अधिकार हो, त्यसलाई जनस्तरसम्म पु¥याउने माध्यम पत्रकारहरु भएकाले सत्यतथ्य सूचना दिनुपर्छ ।”

खोज पत्रकारिताका लागि सूचनाको हक अनिवार्य भएकाले जिल्लामा पहिलो पटक केन्द्रसँगको समन्वयमा तालिमको आयोजना गरिएको जिल्ला शाखा खोटाङका अध्यक्ष दमन राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी सबैलाई सूचना हक सम्बन्धी जानकारी नहुन सक्छ, यसैले पत्रकारिता पेशालाई प्रभावकारी र व्यवसायिक बनाउन सूचनाको हक सम्बन्धी तालिमको आयोजना गरिएको हो ।”

सूचनाको हक र खोज पत्रकारिता सम्बन्धी खोटाङमा आयोजना गरिएको तालिम उद्घाटन कार्यक्रमका केही झलक ।








यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post