sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » बिस्थापित परिवारको घरघरमा राहत बितरण टोली

बैशाख–२०, भूकम्पले विस्थापित बनेका जिल्लाका सर्वसाधारणको उद्दारका लागि दैवीप्रकोप उद्दार समितिको टोली घरघरमा पुगेका छन् । शनिबारको महाभूकम्पले बिस्थापित बनेकाको उद्दारका लागि १३ समूह बनाएर राहत सामाग्रीसहित उद्दार टोली घरघरमा पुगेका हुन् । 

एक नगरपालिका र ७२ गाविस रहेको खोटाङ जिल्लामा एक हजार पाँच सय ८० घरपरिवारको दश हजार दुई सय २४ व्यक्ति बिस्थापित भएका छन् । उनीहरुको घरघरमा पुगेर राहत सामाग्री बितरण गर्न टोली परिचालन गरिएको दैवीप्रकोप उद्दार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले जानकारी दिनुभयो । सापकोटाले भन्नुभयो, “टोलीले बिस्थापित बनेकालाई दुई समूहमा बिभाजन गरेर राहत बितरण गरिरहेका छन् । पूर्णरुपमा क्षति भएकालाई समूह (क) र आंशिक क्षति भएकालाई समूह (ख) मा राखेर नगद, पाल, कम्बल, म्याट र बाल्टी बितरण गरिरहेका छन् ।”

संयोजक सापकोटाका अनुसार समूह (क) मा पर्नेलाई नगद पाँच हजार, पाल, कम्बल, म्याट र बाल्टी पठाइएको छ भने, समूह (ख) पर्नेलाई नगद तीन हजार पाल, कम्बल, म्याट र बाल्टी पठाइएको छ । यसका लागि हालसम्म केन्द्रबाट ६० लाख रुपैयाँ रकम आएको छ भने, जिल्लामा रहेको चार लाख रुपैयाँ रकम निकासा गरिएको सापकोटाको भनाइ छ ।

शनिबारको महाभूकम्पले जिल्लाका एक हजार छ सय १५ घर आंशिकरुपमा क्षति पुगेको छ भने, १७ वटा सरकारी कार्यालय पूर्णरुपमा ध्वस्त भएको जनाइएको छ । समितिका अनुसार ५२ वटा सरकारी कार्यालयमा आंशिक क्षति भएको छ भने, एकवटा मन्दिर पूर्णरुपमा र एकवटामा आंशिक क्षति भएको छ ।

टोलीले नुनथला, खार्पा, कुभिण्डे, लामीडाँडा, सुङ्देल, सल्ले, मंगलटार, अर्खौले, धितुङ, बुइपा, विजयखर्क, राजापानी, चिसापानी, खोटाङबजार लगायतका गाविसमा बितरण गरिसकेका छन् । बाँकी गाविसमा पनि टोली पुगिसकेकाले केही दिनमै सबै बिस्थापितलाई राहत बितरण गरिने जनाइएको छ ।

बिस्थापित परिवार स्थानीयकामा, नजिकैको गोठ तथा सार्वजनिकस्थल बसिरहेका गाविस सचिवहरुले बताएका छन् । उनीहरु जिल्लाबाट आउने राहत सामाग्रीको पर्खाइमा रहेको सचिवहरुको भनाइ छ । 

दैवीप्रकोप उद्दार समितिका अनुसार जिल्लामा राहत सामाग्रीको अपुग भएको जनाइएको छ । केन्द्रबाट हालसम्म साँढे चार सय जनालाई बितरण गर्न पुग्ने मात्र राहत सामाग्री आएको सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “यसले एकछेउ पनि नपुग्ने भो, गाउँगाउँमा पुगेका टोलीलाई केन्द्रबाट सामाग्री नआउँदा अप्ठ्यारो भएको छ ।”

राहत बितरण टोलीमा जिल्लास्थित सरकारी कार्यालय, सुरक्षा निकाय, रेडक्रस र उद्योग वाणिज्य संघका प्रमुख तथा प्रतिनिधि सम्मिलित छन् । उनीहरुले सम्बन्धित गाविस सचिव, स्थानीय राजनीतिक दल र वडा नागरिक मञ्चको समन्वयमा राहत बितरण गरिरहेको जनाइएको छ ।

भूकम्पले जिल्लामा मानवीय क्षति नभएपनि भौतिक संरचनामा भने ठूलो क्षति भएको छ । उक्त क्षतिको बिबरण आउनेक्रम जारी रहेको समितिले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post