sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » » भूकम्प पिडितका लागि तीन लाख राहत संकलन

बैसाख–२०, भूकम्प पिडितको सहयोगार्थ खोटाङमा तीन लाख राहत रकम संकलन गरिएको छ । भूकम्पका कारण घर भत्किएपछि अलपत्र बनेका पिडितको सहयोगार्थ जिल्लाका राजनैतिक दल, नेपाल रेडक्रस सोसाईटी, खोटाङ उद्योग बाणिज्य संघ, गैर–सरकारी संस्था महासंघ, खोटाङ यातायात व्यवसायी संघ लगायतका संघ–संस्थाको पहलमा ३ लाख ९ हजार ५७३ रुपैयाँ राहत रकम संकलन गरिएको हो ।

दल तथा गैर–सरकारी संघसंस्थाहरुले सामुहिकरुपमा संकलन गरेको राहत रकम रेडक्रस सोसाइटीमार्फत जिल्लाका भूकम्प पिडितलाई प्रदान गरिने खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द लयालुले बताउनुभयो । संकलन भएको राहत रकमबाट भूकम्प पिडितलाई टनेल खेतीमा प्रयोग गरिने ‘सिलपोलिस’ नामक प्लाष्टिकको थान खरिद गरेर प्रदान गरिने गैर–सरकारी संस्था महासंघका अध्यक्ष दिपनारायण रिजालले जानकारी दिनुभयो । बिपदका समयमा छानाकारुपमा प्रयोग गर्ने र पुःर्नस्थापित भएपछि प्लाष्टिक खेतीमा प्रयोग गर्नेगरी भूकम्प पिडितलाई ‘सिलपोलिस’ प्लाष्टिक प्रदान गर्ने तयारी गरिएको जनाइएको छ । 

जिल्ला दैबीक प्रकोप उद्धार समितिको आईतबारसम्मको तथ्यांक अनुशार एक नगरपालिका र ७२ गाबिस रहेको खोटाङमा १ हजार ५ सय ८० घर भत्किदा १० हजार २ सय २४ जना बिस्थापित भएका छन् । भूकम्पले पु¥याएको क्षतीको बिबरण अझै आउनेक्रम जारी छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post