sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » भूकम्प पीडितलाई सात हजार बढि त्रिपाल (अपडेट)

जेठ–१७, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले जिल्लाका भूकम्पपीडितलाई सात हजारभन्दा बढि त्रिपाल वितरण गरेको छ । गत बैसाख–१२ गतेको महाभूकम्पले घर भत्किएर र चर्किएर विस्थापित बनेका जिल्लाका भूकम्पपीडितलाई रेडक्रसले सरकारी निकाय, आफ्नै क्षेत्रीय र केन्द्रीय कार्यालय तथा विभिन्न संघसंस्थाबाट जुटाइएको सात हजार पाँच सय ७६ थान त्रिपाल वितरण गरेको हो ।

रेडक्रसले आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी ७२ गाविस र एक नगरपालिका रहेको जिल्लाका सबै ठाउँमा ‘एकसरो’ राहत पुर्‍याइएको रेडक्रस सभापति कुमारसिं बस्नेतले बताउनुभयो । भूकम्प गए लगत्तै रेडक्रसको क्षेत्रीय र केन्द्रीय कार्यालय, प्रशासन, उद्योग वाणिज्य संघ, शुभद्रा मदन फाउण्डेसन, स्वीस विकास नियोग, जि–फाउण्डेसन, लाक्पा फुटी शेर्पा ट्रष्ट र जनबोली न्यूज नेटवर्क, अम्बे सहकारी संस्था इटहरी, रोजन राई लगायतबाट जुटाइएको त्रिपाल भूकम्प पीडितलाई वितरण गरिएको बस्नेतले जानकारी दिनुभयाे । 

भूकम्पपीडितका लागि शाखामा हालसम्म १२ हजार दुई सय ९० थान त्रिपाल जुटेको रेडक्रसले जनाएको छ । प्राप्त भएकामध्ये चार हजार सात सय १४ थान त्रिपाल वितरणका लागि तयारी अवस्थामा राखिएको रेडक्रसले जनाएको छ । 

रेडक्रसले हालसम्म १८ टन चामल, नौं हजार चार सय ९५ थान कम्बल, एक सय थान प्लाष्टिकको गुन्द्री, पाँच सय थान जेरी क्यान, तीन सय ४० थान मेट्रेस, सात हजार छ सय ६० पिस डिटोल साबुन, पाँच हजार एक सय ७५ मिटर कपडा, एक हजार सात सय २५ वटा पियूस, तीन सय केजी चिउरा र दश काटन चाउ–चाउ वितरण गरिसकेको जनाएको छ । 

शाखामा अझै चार हजार तीन सय ८४ थान कम्बल, दश थान सिल्पोलिन पाल, चार सय थान मेट्रेस, एक हजार थान ड्राइपर, हजार थान सेनीटरी प्याड, हजार–हजार जोर माक्स र ग्लोभ्स, दश काटन चाउचाउ, छ हजार एक सय ४० पिस डिटोल साबुन र पाँच सय प्याकेट जीवनजल वितरणका लागि तयारी हालतमा राखिएको सभापति बस्नेतले जानकारी दिए । भूकम्पपीडितको नाममा रेडक्रसको खातामा जम्मा भएको दश लाख ६० हजार दुई २३ मध्ये राहत सामग्री खरिदमा दुई लाख र ढुवानीमा पाँच लाख ८५ हजार तीन सय रुपैयाँ खर्च गरिसकिएको रेडक्रसले जनाएको छ । 

जिल्ला दैवीक प्रकोप उद्धार समितिका अनुसार ४२ हजार घर रहेको जिल्लामा दुई हजार दुई १४ घरपरिवारका १२ हजार नौं सय ५३ जना विस्थापित छन् । पत्रकार सम्मेलनको अवसरमा रेडक्रस शाखाले जिल्ला अस्पताललाई एक थान जेनेरेटर हस्तान्तरण गरेको छ । शाखाले कतार सरकारबाट रेडक्रस केन्द्रीय कार्यालयमार्फत प्राप्त भएको ६.५ केभी क्षमताको जेनेरेटर हस्तान्तरण गरेको हो । 

भूकम्प पिडितलाई तीन हजार थान पाल बितरण


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post