sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » हावाहुरी कारण पाँच दिनदेखि विद्युत अवरुद्ध

जेठ–१३, हावाहुरीका कारण जिल्लामा पाँच दिनदेखि विद्युत अवरुद्ध भएको छ ।  शनिबार साँझ पानीसँगै चलेको हावाहुरीका कारण विभिन्न ठाउँमा गाडिएका विद्युत पोल ढलेपछि विद्युत अवरुद्ध भएको हो ।

दिक्तेल–गाईघाट ११ केभी र ३३ केभी विद्युत प्रशारण लाईनको ३३ वटा पोल ढलेपछि जिल्लामा विद्युत अवरुद्ध भएको विद्युत प्राधिकरण शाखा खोटाङले जनाएको छ । विद्यूत अवरुद्ध भएसँगै जिल्ला अस्तव्यस्त बनेको छ । यसको प्रत्येक्ष प्रभाव सञ्चार माध्यम, उद्योगी तथा व्यापारी, सर्वसाधारण लगायतमा परेको छ । 

सरकारी कामकाजका लागि गाउँगाउँबाट सदरमुकाम दिक्तेल आएका सर्वसाधारण चर्को मूल्य तिरेर फोटो खिचाउनुका साथै फोटोकपी गर्न बाध्य भएका छन् भने, जिल्लामा सञ्चालित मोवाईल सेवा पूर्णरुपमा अवरुद्ध भएको छ । मोवाईल सेवा पूर्णरुपमा अवरुद्ध भएपछि जिल्ला सञ्चार बिहिन भएको छ । 

केहीले घण्टाको २० रुपैयाँ तिरेर मोवाईल चार्ज गराउने गरेका छन् । विद्यूत सेवा अवरुद्ध भएपछि चर्को मुल्य तिरेर फोटो खिचाउने गरेका छन् । यसको सबैभन्दा ठूलो मार सर्वसाधारणमा परेको छ । 

जिल्लामा विस्तार गरिएको विद्यूत लाईन लामो दूरीको भएका कारण पनि तत्काल सञ्चालनमा ल्याउन नसकिएको विद्युत प्राधिकरण खोटाङका प्रमुख पुरुषोतम रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “केन्द्रीय प्रशारण लाईन अन्तरगत ढलेका पोलहरु फेर्ने काम सकिन लागेको छ, सम्भवतः चाँडै नै विद्युत सञ्चालनमा ल्याउने तयारीमा छौं ।”

हावाहुरीका कारण जिल्लामा भौतिक क्षति अत्याधिक मात्रामा भएपनि मानवीय क्षति भने, नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हावाहुरीले जिल्लाको दक्षिणी गाविस काहुले र चिसापानीको सिमानामा पर्ने होङ्मापोखरीमा रहेको स्काई तथा नमस्ते मोवाईलको टावर समेत ढलेको छ । 

टावर ढलेपछि दक्षिणी क्षेत्रमा पर्ने २२ भन्दा बढि गाविसका सर्वसाधारण टेलीफोन सेवाबाट वञ्चित भएका छन् । शनिबार करिब आठ बजेतिर चलेको हावाहुरीका कारण दिप्लुङ–५ का कपिलराज राईको घर जलेको छ । 

हावाहुरीले पु¥याएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरलले बताउनुभयो । उहाँले भन्नुभयो, “हावाहुरीका कारण जिल्लामा विद्युत र टेलिफोन अवरुद्ध भएकाले क्षतिको विवरण आउन सकिरहेको छैन, असिनाले पनि अन्नबालीमा ठूलो क्षति पु¥याएको छ भन्ने आएको छ ।”

हावाहुरीले जिल्लाका सयौं घर तथा गोठमा क्षति पुगेको छ । पानीसँगै परेको असिनाले मकै, आलु, फलफूल लगायतमा ठूलो क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post